पोखरामा पृथ्वीनारयण शाहको जन्मजयन्ती मनाउने

-


     पोखरा क्लिक     
     पौष २६ गते २०८० मा प्रकाशित



पोखरा, २६ पुस
पृथ्वीनारायण शाहको पुष २७ मा ३०२ औं जन्मजयन्ती पोखरामा बहसमूलक कार्यक्रम सहित गतिविधि कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । पृथ्वीचोकमा सालिक राखिनुपर्छ भनेर आवाज उठाउँदै आएको राष्ट्र गौरव अभियानले शुक्रबार विभिन्न समुदायको झाँकीसहितको ¥याली, पृथ्वीनारायण शाहको विषयमा केन्द्रीत रहेर बहस गर्न लागेको छ ।

पृथ्वीचोकमा हुने बहसमा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ र लेखक तथा इतिहासविद् हरिप्रसाद सोडारी सहभागी हुने अभियान संयोजक सिरोजविजय कोइरालाले जानकारी दिए । यो बहस बुधबार दिउँसो एक बजे सुरू हुनेछ । यो कार्यक्रम सुरू हुनुअघि चिप्लेढुंगादेखि न्यूरोड हुँदै पृथ्वीचोकसम्म ¥याली निकालिने कोइरालाले बताए ।

ठकुरी समाज महासंघ, क्षेत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, स्वतन्त्र नागरिक समाज नेपाल, विश्वकर्मा समाज नेपाल, विश्व हिन्दु युवा संघ नेपाल, विश्व हिन्दु महासंघ कास्की, दशनामी समाज कास्की, पतञ्जली सेवा समिति कास्की, इस्लामिक कल्याणकारी समाज कास्की, जलारी समाज कास्की कार्यक्रमको सहआयोजक छन् । ऋभियान सहित राप्रपाले पनि पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा पोखरामा ¥याली निकाल्दै छ । अमरसिंहचोकबाट पृथ्वीचोकसम्म ¥याली गर्ने तयारी भइरहेको राप्रपा कास्कीले जनाएको छ ।



This will close in 20 seconds