राष्ट्रियसभा निर्वाचनका लागि तीन सिटमा ८ जनाको उम्मेदवारी

-


     पोखरा क्लिक     
     पौष २३ गते २०८० मा प्रकाशित



पोखरा २३, पुष

राष्ट्रियसभा सदस्य निर्वाचन—२०८० का लागि गण्डकी प्रदेशमा तीन सिटका लागि आठ जनाको उम्मेदवारीको मनोनयन दर्ता गर्नु भएको छ । गण्डकीमा सत्तागठबन्धनमा रहेका नेपाली काँग्रस तथा नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

सत्तागठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा) महिलातर्फ नेकपा(माओवादी केन्द्र)का मनरुपा शर्मा(पर्वत) र अपांगता÷अल्पसंख्यक क्लस्टरमा नेपाली काँग्रेसका पदमबहादुर परियार(तनहुँ)ले मनोनयन दर्ता गराउनु भएको छ । त्यसै गरी नेकपा(एमाले)का तर्फबाट अन्य समूहमा चक्रबहादुर पराजुली(स्याङ्जा), अपांगता÷अल्पसंख्यकमा हेमन्त शेरचन(मुस्ताङ) र महिलामा सम्झना देवकोटा(गोरखा)ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि दुई पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । अन्य समूहमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठले राप्रपाबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकीमा अन्य, महिला र अपाङ्गता÷अल्पसंख्यक समूहबाट एक÷एक जना निर्वाचित हुनुहुनेछ । उम्मेदवारी दर्ता गराउन जादा पार्टीका नेता तथा कार्यकर्ताले उम्मेदवारलाई निर्वाचनमा सफलताको कामना गर्दै फुलमाला खादाले अग्रिम शुभकामना दिनु भएको थियो ।



This will close in 20 seconds