दीननाथ बराल
पोखरा ७, पुष
रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराको २५ औं सडक महोत्सव २०८० को पूर्व अवसरमा शनिबार पोखरामा साइकल र्याली प्रर्दशन गरेको छ । उक्त महोत्सवको प्रचार प्रसार समेत गर्ने र स्थानिय उत्पादनका बस्तु तथा सेवाको सहज पहुच पुर्याउने उद्धेश्यले यस बर्ष साइकल र्याली आयोजना गरिएको रेवान पोखराका अध्यक्ष नरेस भट्टराईले एटुजेडलाई बताउनु भयो । साइकल सिटि पोखरा, पोखरा माउण्टेन वाइकको सहकार्यमा, रेवान पोखरामा आबद्ध प्रतिनिधि, संचारकर्मी सहित अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको र्यालीमा सहभागिता रहेको थियो । पोखरा लेकसाइडको बुह््रयाङ रेष्टुरेण्ट देखि हल्लनचोक, सेतीबगर, खपौदी, पामे, घाँटी छिना, मार्की हुदै लेकसाइडसम्मको ३० किलोमिटर साइकल र्याली आयोजना गरिएको अध्यक्ष भट्टराईले बताउनु भयो ।
सडक महोत्सवमा स्थानिय उत्पादन भएका कृषिजन्य देखि हस्तकलाका सामाग्रिहरुको समेत आफुहरुले निशुल्क स्टल उपलब्ध गराई उहाँहरुको उत्पादन र बस्तुको बिक्रि तिवरणको लागि सहज पहुच पुर्याउने भएको उहाँले एटुजेडलाई बताउनु भयो । सडक महोत्सवमा यस बर्ष स्थानिय उत्पादनका बस्तु तथा सेवालाई उच्च प्रथामिकता दिएको रेवान पोखराले जनाएको छ । महोत्सवको अवसरमा हरेक बर्ष रेवान पोखराले कहिले हाइकिङ, कहिले साइक्लिङ गर्दै आएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा यही पुष १२ गते देखि १६ गतेसम्म उक्त महोत्सव हुने भएको संस्थाका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले बताउनु भयो ।
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नारा सहित उक्त महोत्सव लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सञ्चानल हुने भएको छ ।