नेकपा एमाले समृद्धिका लागि सङ्कल्प यात्राको अभियान कास्कीमा हुने, टोलीलाई ९ स्थानमा भव्य स्वागत गर्ने
दीननाथ बराल पोखरा १९, मंसिर नेकपा एमाले समृद्धिका लागि सङ्कल्प यात्राको अभियान अन्र्तगत मंसिर २१ पर्सि (बिहिबार) र शुक्रबार कास्कीमा हुने भएको छ । “बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्पयात्रा”को एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरी सुरु भएको उक्त अभियान मंसिर २१ र २२ गते दुई दीन पोखरामा हुने तयारी गरिएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । नेकपा एमाले कास्कीले पोखरा सहित कास्कीका विभिन्न ९ वटा स्थानमा अध्यक्ष ओली सहितको उक्त अभियानमा रहेका…
पुरा पढौ
२५ औं भदौरे पञ्चासे महोत्सव पुष ५ गतेदेखि हुने
पोखरा, १९ मंसिर कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ५ देखि ९ गते सम्म ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा रजत जयन्ती, तमु ल्होसार, कोदोको परिकारको प्रवद्र्धन तथा फुटबल र नृत्य प्रतियोगिताका साथमा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको महोत्सव संयोजक विश्वदल गुरुङले जानकारी दिए । आन्तरिक तथा…
पुरा पढौ
निःशुल्क स्वास्थ्य शिविरबाट पोखरा १५ मा २ सय जना लाभान्वित
पोखरा १९, मंसिर पोखरा महानगरपालिका वडा नं। १५ कार्यालय तथा शहरी स्वास्थ्य केन्द्र पोखरा १५ को आयोजनामा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित भएका छन् । राइट फर चिल्ड्रेन सहयोगी संस्था रहेको शिविरमा वडा नं। १५ का विभिन्न उमेरसमूहका महिलाहरुको उल्लेख्य उपस्थिति रह्यो । २ सय २० जना महिलाले स्वास्थ्य जाँच गराएको वडाध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए । वडाले गत साउन ३० गते पनि पाठेघरको मुखको क्यान्सर र आङ खस्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरेको…
पुरा पढौ
राहत रकम सहित कास्की काँग्रेस टोली जाजरकोट प्रस्थान
पोखरा, १९ मंसीर नेपाली काँग्रेस कास्कीको एक टोली भुकुम्प प्रभावित क्षेत्र तर्फ मंगलबार प्रस्थान गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त वरालको नेतृत्वमा पार्टी सचिव देवेन्द्र रानाभाट सहसचिव नविन सिग्देल र जिल्ला सदस्य वावुराम गिरीको टोली नगद रकम र लत्ताकपडा सहित जाजरकोट प्रस्थान गरेको हो । कास्की काँग्रेसका कार्यकर्ता र शुभेच्छेकहरुबाट संकलितल ८ लाख दुई हजार ८ सय ८२ रुपैया नगद र ५७ हजारको वरावरको लत्तकपाडा लिएर त्यस तर्फ प्रस्थान गरेका हुन् ।उक्त रकम जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष…
पुरा पढौ
स्वास्थ्य विकास र समृद्धिको सुचकः उपप्रमुख गुरुङ
पोखरा, मंसिर १८ गते पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले स्वास्थ्य विकास र समृद्धिको सुचक भएको बताउदै स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको स्त्रीरोग परीक्षण सम्वन्धि निशुल्क स्वास्थ्य शिविरको उदघाटन गदै उहाँले,“ जुन देशका नागरिक स्वस्थ हुन्छ, त्यो देश समृद्धिको दिशामा अगाडी बढछ, त्यसैले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।” उहाँले स्वास्थ्य सबैभन्दा ठुलो सम्पत्ति भएको बताउनुभयो । एउटा नागरिक स्वस्थ भए परिवार, समाज र देशनै समृद्धिको बाटोमा अगाडी बढछ भन्दै, समयसमयमा स्वास्थ्य जाँच…
पुरा पढौ
इतिहास बनाएको पोखरामा, यस बर्ष सुरु हुदै मेला महोत्सव
दीननाथ बराल पोखरा १८ मंसिर, क्षेत्रफलका हिसावले देशकै ठुलो पोखरा महानगरपालिका क्षेत्रमा यस बर्षका मेला र महोत्सव सुरु हुदै छन्। गण्डकी प्रदेशको राजधानी पोखरामा उद्योग वाणिज्य संघ देखि विभिन्न क्लब, रेवान पोखरा सहितका विभिन्न संघ संस्थाले आयोजना गर्दै आएका मेला महोत्सवको रौनक यही मसिंर २१ गते देखि सुरु हुने भएको हो । महोत्सवको इतिहास हेर्दा पोखराबाटै यसको सुरुवात भएको पाइन्छ । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका पूर्व अध्यक्ष सञ्जीव कोइरालाले २०५२ मा पहिलो पटक पोखरामा महोत्सव भएको दाबी गर्नु…
पुरा पढौ
लेखनाथ महोसवमा कृषि सहित स्थानिय उत्पादनलाई प्रथामिकता दिने, ९ करोडको कारोवारको अपेक्षा
सागर सुनार पोखरा १८, मंसिर लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस पहिलो साता देखि सुरु हुने १९ औं संस्करणको लेखनाथ महोत्सव २०८० मा यस बर्ष कृषि देखि स्थानिय उत्पादनलाई बढी प्रथामिकता दिने भएको छ । पुष ५ देखि १६ गतेसम्म तालचोकमा हुने उक्त महोत्सवमा यस बर्ष कृषि देखि स्थासिनय उत्पादन भएका बस्तुहरुलाई प्रथामिकता दिने भएको लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । महोत्सवको पनि महोत्सव’ भन्ने पहिचान बनाउन सफल लेखनाथ महोत्सवको तयारीलाई तीव्र पारिएको संघका अध्यक्ष बिनोद श्रेष्ठले…
पुरा पढौ
पुष १४ देखि पोखरा कप अन्तर क्लव स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता हुने
दीननाथ बराल पोखरा १८, मंसिर आउदो पुष १४ गते देखि पोखरा कप अन्तर क्लव स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । आउदो पुषको १४ देखि १६ गतेसम्म पोखरा ६ लेकसाइडमा रहेको बसुन्धरा पार्कमा उक्त प्रतियोगिता हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । रेवान पोखराको २५ औं सडक महोत्सवको अवसरमा उक्त प्रतियोगिता हुने भएको पोखरा महानगरपालिका भलिबल संघका अध्यक्ष राम बहादुर लामिछानेले बताउनु भयो । प्रतियोगितामा करिब १२ टिमको सहभागिता हुने आफुहरुले अपेक्षा…
पुरा पढौ
युनाइटेड क्लबद्धारा रुकुम पश्चिका भुकम्प प्रभावितलाइ न्यानो कपडा वितरण
पोखरा १८, मंसिर युनाइटेड क्लब पोखराले आफ्नो सामाजिक कार्यक्रम अन्तर्गत भुकम्प प्रभावित क्षेत्रमा पुगी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकलाई सिरक र विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । देउसीभैलो कार्यक्रम गरी बचत भएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत युनाइटेड क्लबले कार्तिक १७ गते जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाइ गएको भुकम्पबाट प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० बिसौनीचौरका बासिन्दालाई मध्यनगर गरी सोही स्थानमा रहेको ऐश्वर्य आधारभुत आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र उनका अभिभावकहरुलाई सिरक वितरण गरिएको हो ।…
पुरा पढौ
कास्कीमा नयाँ दर्ता हुने सवारी साधनलाई अब इम्बोस्ड नम्बर अनिवार्य
दीननाथ बराल पोखरा १७, मंसिर केही समय अनिवार्य गरिएको इम्बोस्ड नम्बर कास्कीमा नयाँ दर्ता हुने सवारी साधनबाट पुनः इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी, कास्कीमा नयाँ दर्ता हुने सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न अनिवार्य गरिएको हो । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले २०८० मंसिर १० गतेबाट अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न सूचना जारी गरेको थियो । पहिलो चरणमा नयाँ दर्ता गरेकाहरुको लागि अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न आव्हान गरिएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका कार्यालय…
पुरा पढौ



