बिमा र दुर्घटनाको जोखिम व्यबस्थापन गर्दा पृथ्वी राजमार्ग बस संचालक कम्पनीलाई यस बर्ष ९२ लाखको आर्थिक भार
दीननाथ बराल पोखरा १७, मंसिर पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.ले यस आर्थिक बर्ष २०७९÷२०८० बाट बिमा र दुर्घटना जोखिम व्यबस्थापनमा सहजीकरण गर्दा करिब ९२ लाखको आर्थिक भार परेको छ । गत बर्ष सामान्य ढंगले संचालन भएको प्रा.लि.ले यस बर्ष देखि सवारी दुर्घटनाको बिमा देखि दुर्घटना व्यबस्थापनमा सहजीकरण गर्दा यस बर्ष ९२ लाख ७३ हजार ६६ रुपैया आर्थिक भर पर्न गएको प्रा.लि.का अध्यक्ष योगेन्द्र बहादुर के.सी.ले बताउनु भयो । उक्त आर्थिक भारलाई संस्थाले अघिल्लो बर्षको केही बचत रकम सहित आन्तरिक…
पुरा पढौ
बेगनासतालमा मोटरबोट बन्द गर्न महानगरको निर्देशन
दीननाथ बराल पोखरा १७, मंसिर विगत ६ महिना देखि बेगनासतालमा संचालनमा रहेको मोटरबोट बन्द गर्न निर्देशन दिइएको छ । बेगनासताल डुंगा व्यवसायी समितिलाई एक पत्र लेखेर पोखरा महानगरपालिकाले मोटरबोट बन्द गर्न निर्देशन दिएको हो । मोटरबोट सञ्चालन गर्दा अन्य डुंगा व्यवसायमा असर पु¥याएको, माछा लगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको जनगुनासो आएका कारण महानगरले तत्काल मोटरबोट बन्द गर्न आदेश दिएको आदेश जारी गरेको पत्रमा उल्लेख गरिएको छ । मोटरवोट सञ्चालन गर्दा अनुमति नलिएको भनि बेगनासताल मत्स्य व्यवसायी समिति…
पुरा पढौ
१६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभाले उचाल्यो
पोखरा १७, मंसिर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीको आयोजनामा आइतबार सम्पन्न १६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभा माविले उचालेको छ । पोखरा रंगशालामा सम्पन्न स्पोर्टस मिटमा सर्वाधिक २२ अंक बटुल्दै प्रतिभाले उपाधि उचालेको हो । गत सस्करणको समेत उपाधि विजेता रहेको प्रतिभाले छात्र–छात्र बास्केटबलमा प्रथम, टेवुल टेनिसमा ७ पदक तथा व्याडमिन्टनमा एक पदकका साथ कूल २२ अंक बनाउँदै रनिङ शिल्ड आफै संग राख्न सफल भएको हो । सम्पन्न स्पोर्टस मिटमा करुणानिधी मावि कुल १६…
पुरा पढौ
व्यापार मेलामा जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई प्रवेश निःशुल्क
पोखरा,१७ मंसिर पोखराको नयाँबजारमा मंसिर २१ गतेबाट सुरु हुने ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिक तथा अपाङ्ता भएकाहरुलाई प्रवेश निःशुल्क हुने भएको छ । मेला प्रवेशको लागि सर्वसाधारणको लागि एक सय रुपैयाँ र विद्यार्थीको हकमा ६० रुपैयाँ टिकट कायम गरिए पनि जेष्ठ नागरिक र अपाङ्ता भएकाहरुको सम्मानका निम्ति निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक संस्था पोखरा उद्योग वािणज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । ‘हामीले आयोजना गर्ने मेला उद्यमशीलता विकासको पुनित कार्यमा समर्पित छ,हामी मेलामा बढीभन्दा बढी…
पुरा पढौ
पोखरेली टेनिस खेलाडीहरु टेनिस टुर गर्दै चितवनमा
पोखरा १७, मंसिर टेनिस टुरका लागि चितवन आइपुगेका पोखरेली टेनिस खेलाडीको एउटा समुले चितवनमा मैत्रीपूर्ण टेनिस खेलेका छन् । उनीहरु चितवनस्थित प्रिमियर टेनिस एकेडेमीमा सिंगल्स तथा डबल्सका प्रतिस्पर्धाका लागि कोर्टमा उत्रिए । नौं सदस्यि टेनिस टोलीमा खेलाडीहरु गोपीबहादुर भट्टराई, सूर्यबहादुर भुजेल, धरम बहादुर लामिछाने, राज गुरुङ्ग, भिष्मराज पौडेल, विश्वराज पौडेल, बिरेन्द्र लामा, लक्ष्मण लामा, विनय थापा, देव श्रेष्ठ रहेका छन् । चितवनको भरतपुरस्थित उक्त टेनिस एकेडेमी खैरहनी नगरपालिका–१३, गवइक कुमार जंग क्षेत्रीले सञ्चालन गरेका हुन् । साढे दश कठ्ठा जग्गा…
पुरा पढौ
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न
पोखरा १७, मंसिर सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारी ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागिा रेडियो सराङ्गकोट, सङ्गै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ । साधारण सभाको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई स्ंस्थालाई दिर्घकालिन रुपमा अगाडी बढाउन , जगेडाकोष बृद्दि सङ्गै सदस्यहरुले मेरो सहकारी भन्ने भावनाको विकास गराउनुपर्ने बताए समाजको विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै टोकरीमा…
पुरा पढौ
पवित्र साकोसको विद्यार्थी सम्मान
१७ मंसिर पोखरा पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शैक्षिक सत्र २०८० सम्ममा १०+२ देखि विद्यावारिधि तह पूरा गरेका शेयर सदस्य र सदस्यका छोराछोरी गरी २२ जनालाई सम्मानित गरेको हो । विद्यार्थीलाई संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाट र अध्यक्ष बुद्धिबहादुर रानाभाटलगायतले सम्मान अर्पण गरेका थिए । संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाटले विद्यार्थी भाइबहिनीलाई सही बाटोमा डो¥याउन स–साना सम्मान र प्रोत्साहनले पनि ठूलो प्रेरणा मिल्ने धारणा राखे । रानाभाट÷भाट समाज नेपालका कास्की…
पुरा पढौ
मयूर बहुउद्देश्यीय सहकारीको दोस्रो साधारण सभा सम्पन्न
पोखरा, १७ मंसिर पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा अवस्थित मयूर बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षको लेखा परिक्षण तथा बार्षिक प्रतिवेदन र भावि नीति तथा कार्यक्रमलाई पारित गर्दै शनिबार सहकारीको दोस्रो साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा पोखरा महानगरपालिका सहकारी समितिका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले सहकारीमा सुशासन नभएका कारण अस्थिरता पैदा भएको बताए । पछिल्लो समय सहकारीलाई हेर्ने दृष्टिकोणमा नकरात्मकता सिर्जना भएपनि यसको समाधान हुने उनको भनाई थियो…
पुरा पढौ
हिसान कास्की स्पोर्टस मिट स् तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी
पोखरा १७, मंसिर १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा तेश्रो दिन ब्याडमिन्टनका सम्पूर्ण प्रतिस्पर्धाहरु सम्पन्न भएका छन् भने अन्य खेलहरु जारी रहेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीको पोखरा रंगशालामा जारी प्रतियोगितामा तेश्रो दिन व्याडमिन्टनका सम्पूर्ण प्रतिस्पर्धा सम्पन्न भएको व्याडमिन्टन प्रतियोगिता उपसमितिका संयोजक पुरन कुंवरले जानकारी दिएका हुन् । छात्र व्याडन्टिन प्लस टु सिंगल्समा बाल प्रभात माविका सुन्दर विकले सगरमाथाका सुजन पौडेललाई पराजित गर्दै प्रथम भएका छन् । त्यस्तै तेश्रो स्थान सगरमाथाका सत्यजित…
पुरा पढौ
पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो
पोखरा १७, मंसिर संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा सम्पन्न पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जितेको छ । पोखरा रंगशाला सम्पन्न भएको उक्त खेलकुद महोत्सवमा सहभागि १८ विद्यालयलाई पछि पार्दै कुल १३३ अंकका साथ वेलननले उपाधि जितेको हो । हरेक दुई–दुई वर्षमा आयोजना हुने खेलकुद महोत्सवमा वेलननले यस अघि रनिङ शिल्डमा एक पटक कव्जा जमाइसकेको छ । वेलनन ले यो संगै लगातार चौथोपटक उपाधि जितेको छ । यसै गरि खेलकुद महोत्सवमा ११० अंकका साथ कलिका…
पुरा पढौ



