कर्मचारी मिलन केन्द्रका कास्कीमा नयाँ कार्यसमिति सर्वसम्मत
पोखरा, ९ मङ्सिर कर्मचारी मिलन केन्द्र कास्कीको तेस्रो अधिवेशन एवम् पाँचौं साधारणसभाले केन्द्रको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । पोखरा महानगरपालिका वडा नं ११ कार्कीडाँडामा आयोजित अधिवेशनले जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । जिल्लास्थित सरकारी, सार्वजनिक संस्थान लगायत क्षेत्र समेटेर निर्मित समितिको उपाध्यक्षमा नवराज गौतम, सचिवमा सन्तोष ढुुङ्गाना, सह सचिवमा सागर भण्डारी, कोषाध्यक्षमा मञ्जु अधिकारी र सह कोषाध्यक्षमा डा.प्रकाश अधिकारी रहनुुभएको छ । समितिका सदस्यहरूमा मुकुन्दराज पौडेल, बद्री आचार्य,…
पुरा पढौ
रक्तदान कार्यक्रमबाट १८८ युनिट रगत संकलन
पोखरा, मंसिर ९ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा १८८ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १५७ जना पुरुष र ३१ जना महिलाले रक्तदान गरेका हुन् । ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ आयोजित एफएमको रक्तदान कार्यक्रममा ३१ जनाले पहिलो पटक रक्तदान गरेका छन् । रक्तदानमा सशस्त्र…
पुरा पढौ
पोखरामा पाँचौ युनिप्स खेल महोत्सव मंसिर ११ गतेबाट सुरु हुने
पोखरा ९, मंसिर पोखरामा पाँचौ युनिप्स खेल महोत्सव यहि मंसिर ११ गतेबाट पोखरा रंगशालामा सुरु हुने भएको छ । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था ९युनिप्स नेपाल०को आयोजनामा हुने पोखरा रंगशालामा सञ्चालन हुने उक्त खेल महोत्सव मंसिर १६ गते सम्म सञ्चालन हुनेछ । महोत्सव अन्तर्गत छात्ररछात्रा भलिबल, छात्र फुटबल, छात्रारछात्रा खोखो, कवड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने युनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत मावी स्तरिय ९कक्षा ९–१००,छात्र फुटबल छात्ररछात्रा मावी स्तरिय भलिबल, मावीस्तरिय छात्रा खोखो,…
पुरा पढौ
संघीय शिक्षा ऐनले शिक्षक कर्मचारीका सबै माग सम्बोधन गर्नेछः वर्षमान पुन
काठमाडौं ९, मंसिर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले शिक्षक कर्मचारीका सबै माग सम्बोधन हुनेगरी संघीय शिक्षा ऐन संसदबाट पारित हुने दाबी गरेका छन् । संघीय शिक्षा विधेयकमा शिक्षकका छुटेका माग समेटिने गरी पार्टीका तर्फबाट सांसदहरुले संशोधन होलेकोसमेत पुनले स्पष्ट पारे । एकीकृत अखिल नेपाल शिक्ष संगठन(युएण्टो)को कागमती प्रदेश समितिले आयोजना गरेको विशेष प्रशिक्षण एवं विस्तारित बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले इसिडि शिक्षक, विद्यालय कर्मचारी, राहत, उमावि शिक्षकलगायत सबैको मागको संसदबाट पारित हुने संघीय शिक्षा ऐनले न्यायोचित सम्बोधन गर्ने…
पुरा पढौ
भारतबाट आएका सात वटा मुर्रा राँगा पोखरामा
दीननाथ बराल पोखरा ९, मंसिर भारतबाट आएका सात वटा मुर्रा राँगा पोखरामा आईपुगेको छ । छिमेकी मुलुक भारतले नेपाललाई उपहारको रुपमा उपलब्ध गराएको उन्नत जातका मुर्रा राँगा मध्ये सातवटा शुक्रबार राति पोखरामा ल्याईएको हो । भारतले नेपाललाई दिएको १५ वटा उन्नत जातका मुर्रा राँगा मध्ये सातवटा पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा.जगदीश पाण्डेले बताउनु भयो । कृषि तथा पशुपन्क्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप भारतले दिएका मध्ये सात वटा राँगाबाट अब यस क्षेत्रको भैली पालनमा कोषेढुंगा सािवत…
पुरा पढौ
केपी ओली कप टि २० क्रिकेट प्रतियोगिता अन्र्तगत शनिबारको खेलमा कर्णाली र एपिएफ विजयी
पोखरा ९, मंसिर पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफक्लवका अरुण ऐरीले लुम्विनीका ५ जनालाई पेभिलियन फर्काएपछि एपिएफ ८४ रनले विजयी भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रनमै समेटिएको हो । लुम्बिनीलाई समेट्न ४ ओभर बलिङ गरेका ऐरीले ७ रन दिंदै ५ विकेट हात पारे । लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन जोड्दा रोशन गुप्ताले अविजित १३…
पुरा पढौ
अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सम्पन्न, पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगुलाई
पोखरा, ०९ मंसिर । ११ देशका खेलाडीको सहभागिता रहेको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सम्पन्न भएको छ । जसमा पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले हात पारेका छन् । उनले ५ स्टेज (ट्रयाक)को ११.९२० किमीको दुरी ९ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे । विभिन्न ७ विधामध्ये इलिट पुरुष तर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद रु ५० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यसैगरि सोही बिधामा युकेका क्रिस्टोफर किलिङले दोस्रो र…
पुरा पढौ
पोखरामा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड सुरु (फिचरफोटो)
दीननाथ बराल पोखरा ९, मंसिर पोखरामा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्त दौड आज बिहान देखि सुरु भएको हो। उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र बहादुर थापा, नेपालका लागि चिनियाँ राजदूत छनसङ्, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संयुक्तरुपमा गर्नु भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले चिनियाँ दूतावासको सहयोगमा…
पुरा पढौ
माछापुच्छ्रे बैंकको अध्यक्षमा केशी नियुक्त
पाृेखरा ८, मंसिर माछापुच्छ्रे बैंक लिमिटेड (एमबीएल) को अध्यक्षमा युवा व्यवसायी रोशन केसी नियुक्त हुनु भएको छ । डा. उपेन्द्र महतोले राजीनामा दिएपछि बैंकको अध्यक्षमा केसी नियुक्त हुनु भएको हो । बैंकले उहाँलाई स्वागत समेत गरेको छ । रोशनका बाबु स्वर्गीय उद्योगपति सुर्यबहादुर केसीको पहलमा उक्त बैंक स्थापना भएको हो । बैंकमा स्ट्यान्डर्ड फाइनान्स गाभिएपछि महतो समूह बलियो हुदै आए पनि महतो समूहले बैंकको सेयर क्रमिक रुपमा बिक्री गर्दै आएको समेत बताइन्छ । केही समयदेखि बैंकको सञ्चालकमा केसी लगातार निर्वाचित…
पुरा पढौ
विश्व शान्ति पूजाको भोलि अन्तिम दिन विशेष वाङ अभिषेक
रजनि तामाङ कास्की, ८ मंसिर, खोज मिडिया । पेमा धेछेनलिङ गुम्बामा धर्म गुरु ङिमा साङपो आठौं ज्याल्सा रेन्पोर्छेद्वारा सातौं दिनको वाङ अभिषेक सम्पन्न भएको छ । बैदाम तामाङ सेवा लमाजले आयोजना गरिएको आठ दिने विश्व शान्ति पूजाको आज सातौं दिनमा रेन्पोर्छे द्वारा च्याङ्ग्रेसीको वाङ अभिषेक गरियो । वाङ अभिषेकका लागि सम्पुर्ण लामा गुरुहरु र उपस्थित भक्तजनहरुलाई रेन्पोर्छे स्वंयम आफैं प्रस्थान भई भक्तजनहरुको यथास्थानमा पुगि वाङ प्रदान गर्नुभयो। वाङ दिउंसो ३ बजेबाट सुरु भई बेलुकी ५ बजे समाप्त भएको हो ।…
पुरा पढौ



