मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुको सहकार्य
पोखरा ८, मंसिर पोखरामा हुने मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पुस ८ र ९ गते सञ्चालन हुने प्रतियोगितालाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका हुन् । मार्शल आर्ट खेलको विशिष्ट रुपमा परिभाषित मुवाथाई खेल पछिल्लो क्रममा नेपालमा समेत यसको व्यवासयिकरणको अभ्यास सुरु भएको हो । सोही अभ्यासलाई अभियानको रुपमा अघि बढाउन पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले बताए । “हामीले…
पुरा पढौ
पोखरामा भोली अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड, ६ सय खेलाडी सहभागी हुने
पोखरा ८ मंसिर । पोखरामा भोली सञ्चालन हुने नेपाल—चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् । ‘साझा समृद्धिका लागि दौड’ को नाराका साथ आयोजना गरिएको प्रतियोगिताका लागि हिमालयन एयरलाइन्सको विमानमार्फत चिनियाँ खेलाडी बिहीबार राति पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट खेलाडी र अफिसियल गरी ९५ जना चार्टड विमानमार्फत आएका हुन् । प्रतियोगिताका लागि नेपालका लागि चिनिया राजदूत चेन सोङ, मित्रराष्ट्र चीनको युनान विदेश मामिला कार्यालयका दक्षिण एसिया निर्देशक…
पुरा पढौ
आइटीएफ वल्र्ड टेनिस टुर जे–३० टेनिसमा १२ देशका १ सय बढी खेलाडी पोखरामा
मंसिर ८,पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि आइटीएफ वल्र्ड टेनिस टुर जे–३० पोखरा हुने भएको छ । दुई साता सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मेन ड्र गरि ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । त्यसैगरि महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता रहने आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चाइनाबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले भाग लिनेछन् । महिलातर्फ…
पुरा पढौ
सहाराको देउसी भैलोबाट संकलित रकम मध्य ५५ हजार भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने
दीननाथ बराल पोखरा ८, मंसिर पोखराको सहारा क्लवले देउसी भैलो कार्यक्रमबाट संकलित रकम मध्य केही रकम भूकम्प प्रभावितहरुको लागि सहयोग गर्ने भएको छ । गत कार्तिक २६ देखि ३० गतेसम्म क्लवले संचालन गरेको उक्त कार्यक्रमबाट संकलित रकम मध्य ५५ हजार ५ सय ५५ रुपैया जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको लागि नेपाल सरकारको राहात कोषमा उक्त रकम जम्मा गर्ने भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले एटुजेडलाई बताउनु भयो । क्लवले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत भूकम्पबाट प्रभावित भएकाहरुको लागि क्लवले सानो रकम…
पुरा पढौ
केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट एपिएफ विरुद्ध गण्डकीको रोमाञ्चक जित
प्रथम केपी ओली कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा गण्डकीले एपिइफ विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगितामा गण्डकी विभागिय टोली शसस्त्र प्रहरीबलको एपिएफ क्लवलाई ४ विकेटले जितेको हो । गण्डकीले अन्तिम २ बल बाँकी हुँदै १०२ रनको लक्ष्य भेट्टाएको थियो । गण्डकीले १९।४ ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनायो । टस हारेर व्याटिङको निम्तो पाएको एपिएफले १८।४ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।…
पुरा पढौ
पोखरा २४ का वडाध्यक्ष अधिकारीलाई साँढे चार महिनाको कैद र ७५ हजारको जरिवाना
पोखरा ८, मंसिर पोखरा महानगरपालिका वडा नमबर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र रु ७५ हजार जरिवानाको फैसला गरेको छ । आफ्नै गाँउले माझ जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुरमा अधिकारीलाई बिहीबार अदालतले सो बमोजिमको आदेश जारी गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । जिल्ला न्यायधीश अवनी मैनाली भट्टराईको एकल इजालसले वडाध्यक्ष अधिकारीलाई सो आदेश गरेको हो । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८…
पुरा पढौ
क्रिकेट भित्राउने ब्राइनको स्मृतिमा गण्डकी बोर्डिङमा क्रिकेट टुर्नामेन्ट
पोखरा, ८ मंसिर गण्डकी बोर्डिङमा शुक्रबारदेखि ब्राइनउड मेमोरियल क्रिकेट टुर्नामेन्ट तथा एभरेष्ट बास्केटबल टुर्नामेन्ट सुरु भएको छ । विद्यालयको संयोजनमा कक्षा १२ का विद्यार्थीले आयोजना गरेको सो प्रतियोगिता मंसिर ३० सम्म चल्नेछ । प्रतियोगिताको कास्की जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष देवेन्सन प्रजु, कास्की जिल्ला बास्केटबल संघ अध्यक्ष कृष्ण गुरुङ र विद्यालय प्रिन्पिसल वीरेन्द्र खड्काले संयुक्तरुपमा उद्घाटन गरे । छात्रतर्फ क्रिकेटको छैटौं तथा छात्रातर्फ बास्केटबलको चौंथो संस्करण हो । दुवैतर्फ ६ टिमले भाग लिएका थिए । क्रिकेटमा कक्षा ८ देखि १२…
पुरा पढौ
पोखराको मालेपाटनमा बाइको ठक्करबाट पदैलयात्रीको मृत्यु
पोखरा ८ मंसिर । गए राति सवा १० बजे पोखराको मालेपाटन कालिका फिउल स्टेशन नजिक ग १४ प ९३३२ नम्बको बाइको ठक्करबाट एक पदैलयात्रीको ज्यान गएको छ । पस्र्याङ बाट जिरो किमि तर्फ जादै गरेको बाईकले ठक्कर दिदा खोटाङ जिल्ला घर भई हाल पोखरा ५ पस्र्याङ बस्ने बर्ष ५० का टङबाहदुर समाल मगरको ज्यान गएको जिल्ला ट्राफिक कार्यलय कास्कीले जनाएको छ । ठक्करबाट घाइते भएका उनको टाउकोमा गहिरो चोट लागेको र उनको अस्पताल पुर्याउदै गर्दा मृत्यु भएको हो । घटनामा…
पुरा पढौ
हरिबोधनी एकादशीमा पोखराको तुल्सीघाटमा लागेको हार्ट बजारका केही झलकहरु
पोखरा ७, मंसिर हरि बोधनी एकादशी(ठुलीएकादशी) पर्व पोखरामा पनि मनाइएको छ । हरेक बर्षको कार्तिक शुक्ल एकादशीका दिन आज भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको आज पूजा गर्ने गरिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा पूजा गरिएको तुलसीलाई फूल मालाले सजाएर विवाह समेत गर्ने प्रचलन रहेको छ। आज पोखराको तुल्सीघाट क्षेत्र तथा रामघाट क्षेत्रमा भगवान बिष्णुका भक्तहरुले दर्शन गरेका छन्। उक्त अवसरमा पोखराको तल्सीघाटमा लागेको हार्ट बजारको केही झलकहरु । तष्विर दीननाथ बराल
पुरा पढौ
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
पोखरा, ७ मंसीर अधिवक्ता गोविन्द बास्तोलाको लय शब्द रहेको सत्तरी काटेको बोलको गीत सार्वजनिक भएको छ । झण्डै एक दशक देखि कानुन व्यवसाय गर्दै आएका अधिवक्ता बाँस्तोलाको आफ्नै अफिसिएल युटुब च्यानल एव वि द जेन्टल मार्फत सत्तरी काटेको बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो । सधैँ जसो कालो कोटमा अदालत परिसरमा देखिने बाँस्तोला यस म्युजिक भिडियोमा भने सेतो धोती लगाई नदीतिरमा ध्यान मग्न अवस्थामा रहेको देख्न सकिन्छ । यस गीतको शब्द तथा लय बाँस्तोलाको नै हो भने स्वरमा सुन्जिता…
पुरा पढौ



