पोखरा ८ मंसिर ।
गए राति सवा १० बजे पोखराको मालेपाटन कालिका फिउल स्टेशन नजिक ग १४ प ९३३२ नम्बको बाइको ठक्करबाट एक पदैलयात्रीको ज्यान गएको छ । पस्र्याङ बाट जिरो किमि तर्फ जादै गरेको बाईकले ठक्कर दिदा खोटाङ जिल्ला घर भई हाल पोखरा ५ पस्र्याङ बस्ने बर्ष ५० का टङबाहदुर समाल मगरको ज्यान गएको जिल्ला ट्राफिक कार्यलय कास्कीले जनाएको छ ।
ठक्करबाट घाइते भएका उनको टाउकोमा गहिरो चोट लागेको र उनको अस्पताल पुर्याउदै गर्दा मृत्यु भएको हो । घटनामा बाइक चालक तनहुँ घर भई हाल पोखराको शान्तिनगर बस्ने थरबत थापाको अहिले पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।