समाज

अन्नपूर्णमा रङ्गोली उत्सव सम्पन्न

पोखरा, ७ मङ्सिर अन्नपूर्ण गाउँपालिका ९ तिखेढुङ्गामा तेस्रो अन्तरविद्यालय स्तरीय रङ्गोली प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उल्लेरी आधारभूत विद्यालय प्रथम, भगवती माध्यमिक विद्यालय दोस्रो र झिलिबराङ आधारभूत विद्यालय मोदी पर्वत तेस्रो भए । उत्कृष्ट रङ्गोली बनाउने विद्यार्थी समूहलाई दक्षिण कोरियाका कला शिक्षक कु ह्युम किमले जनही १५ हजार, १३ हजार, ११ हजार र सहभागी समूहलाई उत्सवको रङ व्यवस्थापनका लागि २ हजार नगद पुरस्कार र प्रमाणपत्र दिएका थिए । तिहारमा लक्ष्मीपूजाको दिन लक्ष्मीलाई घर भित्र्याउन बनाइने रङ्गोली नेपालीहरूको मौलिक मण्डेला… पुरा पढौ

गण्डकीमा रेसिङ स्पोर्टस संघ गठन, सदस्य सचिव शर्माले गरे फिसटेल रेस ट्रयाकको उद्घाटन

पोखरा ७, मंसिर गण्डकी प्रदेशमा मोटर स्पोर्टस खेलको विकास एवं प्रवर्द्धनका लागि नेपाल रेसिङ स्पोर्टस एसोसियसन ९एन।आर।एस।ए० गठन भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीमा विधिवत दर्ता भएको उक्त संस्थाको अध्यक्षमा माइकल थापा रहेका छन् । उक्त संस्थाले भिआर ४६ संगको सहकार्यमा पोखरामा यहि मंसिर ८ र ९ गते पोखरामा फिसटेल रेसको समेत आयोजना गर्ने भएको छ । संस्थाले जल, थल र आकाशका सबै प्रकारका मोटर स्पोर्टस सम्वन्धि खेलको विकास गर्ने हेतुले संस्था गठन गरि अघि बढेको अध्यक्ष थापाले बताए… पुरा पढौ

सुर्य नेपाल सेन्ट्रल ओपन सम्पन्न, एमरच्योर सदभावलाई करियरको दोस्रो उपाधि

काठमाडौ मंसिर युवा एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन। सदभाव प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल भएका हुन। यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए। अन्तिम दिन आज ३(अन्डर ६९ स्कोर गर्दा सदभावले समग्रमा १७(अन्डर २ सय ७१ को उत्कृष्ट नतिजामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई माथ दिदै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितेका हुन। इभन(पार ७२… पुरा पढौ

कर सप्ताह सम्पन्न, पोखराका विभिन्न करदाता सम्मानित

दीननाथ बराल पोखरा, ७ मंसिर “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नारा सहित बिहिबार एक कार्यक्रमका बिच राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम पोखरामा पनि सम्पन्न भएको छ । उक्त अवसरमा पोखरामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, माछापुच्छ्रे मेटल एण्ड मेशीनरी वक्र्स प्रा.लि. र कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.लि. सम्मानीत भएका छन्। आन्तरिक राजस्व कार्यालय पोखरामा आयकर तर्फ धेरै कर तिर्ने करदाताहरू मध्य बैंक तथा वित्तिय सेवा तर्फ जाल्पा सामुदायिक लघुवित्त,… पुरा पढौ

केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा बागमतीको विजयी सुरुवात

दीननाथ बराल पोखरा ७, मंसिर बागमती प्रदेशले पोखरा रंगशालामा विहिबार देखि सुरु भएको केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा बागमती प्रदेशले आयोजक मदन भडारी स्पोट्र्स एकेडेमी (रातो) टिम माथि सान्दार जित हासिल गरेको हो । बागमतीले १ सय ९ रनको बिशाल अन्तरले एकेडेमीलाई पराजित गरेको हो । पहिला टस हारेर पनि व्याटिङ्गको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय ८४ रन जोड्न सफल भएको थियो । १… पुरा पढौ

पोखरामा आजदेखि शुरु भयो एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस

पोखरा, ०७ मंसिर एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस आज (बिहीबार) देखि शुरु भएको छ । रेसको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ९ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडा (महाप्रभु धाम)मा प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखराका मेयर आचार्यले खेल क्षेत्रको विकासको लागि महानगर सदैव तयार रहेको बताए । पोखरालाई खेल पर्यटनको हब बनाउनका लागि प्रशस्त सम्भाव्यता रहेका कारण अन्तर्राष्ट्रिय स्तरका खेल पोखरामा… पुरा पढौ

प्रदेशले स्थानीय तहलाई दिने अधिकारमाथि शाशन गर्दैन ः मुख्यमन्त्री पाण्डे

पोखरा ६, मंसिर गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा भएको बैठकले १३ बुदेँ निर्णय गरेको छ । बैठकमा सदस्यहरुले स्थानीय तह, प्रदेश र संघको सहकार्य बिना संघियता मजवुत नहुने भन्दै संविधानको मर्म अनुसार सहकार्य, सह अस्तित्व र समन्वय हुनुपर्ने बताए । प्रदेश, स्थानीय तह र संघले संचालन गर्ने योजना, बजेट, योजना बैंक, कानुनहरु निर्माण, स्थानीय तहमा देखा परेका समस्याका बारेमा छलफल केन्द्रित भएको थियो । बैठकमा… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुदकै भरमा चाट्र्ड फ्लाईट

दीननाथ बराल पोखरा ६, मंसिर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा फाट्य फुट्य खेलकुदकै भरमा चाटर्ड फ्लाईट मात्र हुने गरेको छ । चाइनाको ऋणमा करिब २२ अर्बको लागतमा गत पुष १७ गते देखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आए पनि हालसम्म पोखरामा नियमति रुपमा अन्तर्राष्ट्रिय हवाई उडान हुन नसके पनि खेलकुदकै भरमा चाटर्ड फ्लाईट मात्र बढी भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनामा चाइनाबाट खेलकुदको माध्यमबाट एउटा चाटर्ड फ्लाईट भए पनि हाल उक्त विमानस्थल संचालनको करिब ११ महिनामा अर्को खेलको माध्यमले… पुरा पढौ

१२ औं पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ

पोखरा ६ मंसिर युनाइटेड क्लबको आयोजनामा हुने १२ औं संस्करणको पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने भएको छ । आगामी पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने १२ औं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने भएको हो । बुधवार एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल र गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ बीच १२ औं पोखरा महोत्सवमा आयोजना हुने विद्यालय… पुरा पढौ

सूर्य नेपाल सेन्ट्रल ओपन, तेस्रो दिन पनि एमेच्योर गल्फर सदभाव शीर्षस्थानमा कायमै

काठमाडौ,मंसीर ६: सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन राष्ट्रिय टिमका एमेच्योर गल्फर सदभाव आचार्य ४ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन। गोकर्ण गल्फ क्लबमा सदभावले आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १४-अन्डर २ सय २ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ४ स्ट्रोकले पछि पारे। चार स्ट्रोकको अग्रतामा सदभावले उपाधि जित्ने संभावना बलियो बनाएका छन। दिनेशले ३-अन्डर ६९ अंक जोडदा समग्रमा १०-अन्डर २ सय ६ सहित दोस्रो स्थानमा कायमै… पुरा पढौ

This will close in 20 seconds