केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा बागमतीको विजयी सुरुवात

-


     पोखरा क्लिक     
     मंसिर ७ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा ७, मंसिर

बागमती प्रदेशले पोखरा रंगशालामा विहिबार देखि सुरु भएको केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा बागमती प्रदेशले आयोजक मदन भडारी स्पोट्र्स एकेडेमी (रातो) टिम माथि सान्दार जित हासिल गरेको हो ।

बागमतीले १ सय ९ रनको बिशाल अन्तरले एकेडेमीलाई पराजित गरेको हो । पहिला टस हारेर पनि व्याटिङ्गको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय ८४ रन जोड्न सफल भएको थियो । १ सय ८५ रनको लक्ष्य पाएको एकेडेमीले १४ ओभर २ बलमा अलआउट हुदै ७५ मात्र रन बनाएको थियो ।

राष्ट्रिय टिमका चर्चीत खेलाडी सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उर्तिएको बागमतीका रित गौतमले ७४ रनको योगदान दिए । एकेडेमीका कप्तान अमर मिश्र र विजय प्रजापतीले समान १३÷१३ रन जोडे । बागमतीका सन्दीपले भने ४ विकेट लिन सफल भए । उक्त प्रतियोगिताको उद्घाटन एकेडेमीका परिकल्पनाकार, संरक्षक तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले व्याटिङ्ख र पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष बिष्णु पौडेलले वलिङ्ख गरी गरेका हुन् । कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले जवसम्म खेलाडीहरु व्यवसायीक बन्न सक्दैनन तथ सम्म खेलकुदको विकास नहुने बताए । पूर्ण रुपमा जबसम्म व्यवसायिक रुपमा खेलाडीहरु हुन सक्दैनन तवसम्म राज्यले मात्र चाहेर खेलकुदको विकास नहुने उनको भनाई थियो । आर्थिक परिवेश, उनको जीवन, परिवार सबै कुरा सम्बन्धित हुने बताउदै पूर्व प्रधानमन्त्री ओलीले त्यसको समन्वय गराउने काम सरकारको भएको दाबी गरे । पोखरा रंगशालाको क्रिकेट मैदानको स्तरउन्नतीको लागि आफुहरुले समेत पहल गर्ने उनले बताए ।

खेलकुदको विकासको लागि कुनै काम गर्न सरकारले बाँकी नराख्ने गरी काम गर्न पूर्व प्रधानमन्त्री ओलीले आग्रह गरे । खेलाडीहरुलाई प्रोत्साहन गर्ने, खेलकुदको लागि अनकुलको वातावरा मिलाउने, खेललाई गौरवको बिषय र क्षमताको बिषय पनि बनाउन उनले आग्रह गरे । शारीरिक मानसिक क्षमताको संयुक्त खेलमा प्रर्दशन गरी राष्ट्रको पहिचान खेलकुदले गराउन सक्ने उनकोे दाबी थियो । नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री ओलीले एकेडेमीले सुरु गरेको उक्त प्रतियोगितालाई अझ भव्य रुपमा सम्पन्न गर्न आग्रह गरे । कार्यक्रममा पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष बिष्णु पौडेलले एमालेका पालामा धेरै खेलकुदका रंगशालाहरु निर्माण भएको दाबी गर्दै खेलकुद बुझेको सरकार नहुदा खेलकुद पछि परेको आरोप लगाए ।

उक्त प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागिय टोली नेपाल पुलिस क्लव, त्रिभुवन आमी क्लव, शसस्त्र प्रहरीको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोसर्ट एकेडेमीको २ टिम सहित १२ टिम सहभागि सहभागि भएको एकेडेमीका गण्डकी इन्चार्ज राजेश कुमार गुरुङले बताए । प्रतियोगितामा उपाधि विजेता टिमले नगद ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाए । त्यसै गरी दोश्रो हुने टिमले २ लाख पचास हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । उक्त खेल आईसीसीको नियम अनुसार खेलाइने टि–ट्वान्टी उक्त प्रतियोगिताको म्यान म्यान अफ द सिरिजले नगद ३० हजार रूपैयां, बेस्ट व्यटार र बलरले जनही नगद २०÷२० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ प्राप्त गर्ने भएका छन् । यही मंसिर १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ७७ लाख खर्च लाग्ने एकेडेमीले जनाएको छ ।