सुर्य नेपाल सेन्ट्रल ओपन सम्पन्न, एमरच्योर सदभावलाई करियरको दोस्रो उपाधि

-


     पोखरा क्लिक     
     मंसिर ७ गते २०८० मा प्रकाशित


काठमाडौ मंसिर

युवा एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन। सदभाव प्रोफेसनल खेलाडी दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै करियरको दोस्रो उपाधि जित्न सफल भएका हुन। यसअघि उनले गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए।

अन्तिम दिन आज ३(अन्डर ६९ स्कोर गर्दा सदभावले समग्रमा १७(अन्डर २ सय ७१ को उत्कृष्ट नतिजामा सहभागी ३३ प्रोफेसनल गल्फरलाई माथ दिदै प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितेका हुन। इभन(पार ७२ खेल्दै समग्रमा १०(अन्डर २ सय ७८ सहित दिनेश प्रजापति दोस्रो भए। प्रोफेसनलतर्फ पहिलो हुँदा उनले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गरे।

समग्रमा ७(अन्डर २ सय ८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए। उनले आज इभन(पार ७२ मा खेल सकाए। प्रोफेसनलतर्फ दोस्रो हुँदा उनले नगद ९४ हजार नगद पुरस्कार हात पारे। आज २(ओभर ७४ स्कोर गरेका सञ्जय लामाले समग्रमा इभन(पार २ सय ८८ प्रदर्शनमा चौथो भए। प्रोफेसनलतर्फ तेस्रो भएका उनलाई ७० हजार प्रदान गरियो। समग्रमा २(ओभर २ सय ९० को स्कोरमा निरज तामाङ पाँचौ भए। उनले अन्तिम १८ होलको खेल इभन(पार ७२ मा सकाए र ५८ हजार नगद पुरस्कार आफ्नो नाममा लेखाए।

पहिलो दिनका लिडर टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए। आज ३(ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३(ओभर २ सय ९१ को नतिजामा प्रतियोगिता सकाए। समग्रमा उनी छैटौं भए।

समग्रमा ४(ओभर २ सय ९२ सहित रबि खड्का सातौं भए। उनले आज इभन(पार ७२ मा खेल सकाए। उनले ५० हजार प्राप्त गरे। आज ७(ओभर ७९ सहित समग्रमा ५(ओभर २ सय ९३ मा खेल सकाउँदै जयराम श्रेष्ठ आठौं भए। उनले ४२ हजार ५ सय पुरस्कार राशी हात पारे। समग्रमा ६(ओभर २ सय ९४ सहित धन बहादुर थापा र तोरण विक्रम शाही संयुक्तरुपमा नवौं भए। धनले आज ६(ओभर ७८ र तोरणले ३(अन्डर ६९ स्कोर गरे। दुवैले ३७ हजार २ सय ५० हजार नगद पुरस्कार प्राप्त गरे।

अन्तिम १८ होलको सुरूवात गर्दा आज सदभावसँग ४ स्ट्रोकको अग्रता थियो। सदभावले पहिलो र दोस्रो होलमा लगातार दुई बोगी प्रहार गरे भने तेस्रो होलमा बर्डी प्रहार गरे। दिनेशले भने पहिलो दुई होलमा पार बचाउँदा ५(पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गर्दा सदभावको अग्रता मात्र १ स्ट्रोकमा झरिसकेको थियो। तर यसपछि सदभावले तेस्रो, चौथो र छैटौं होलमा बर्डी प्रहार गरे र फ्रन्ट नाइनको खेल सकिदा ७ स्ट्रोकको अग्रता बनाइसकेका थिए। दिनेशले भने तेस्रो होलमा इगल प्रहार गरेपनि चौथो, छैटौं, आठौं र नवौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन २(ओभर ३८ मा सकाए।

यसपछि ब्याक नाइनमा सदभावले दशौं देखि तेर्हौं होलमा लगातार बर्डी प्रहार गर्दा उपाधि जित्ने संभावनालाई लगभग सुनिश्चित गरे। अन्य गल्फरले चुनौती समेत दिन सकेनन। यसपछि १४औं र १६औं होलमा बोगी खेपे पनि ब्याक नाइन २(अन्डर ३४ मा पुरा गर्दै करियरको दोस्रो प्रोफेसनल उपाधिको हकदार बने। दिनेशले १४औं होलमा एक सट खेर फाले भने १०औं, ११औं र १७औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २(अण्डर ३४मा सकाए।

भुवनले इभन(पार ७२ मा खेल सकाउने क्रममा फ्रन्ट नाइन १(ओभर ३७ मा सकाए। दोस्रो होलमा बोगी प्रहार गर्दा तेस्रो र सातौं होलमा एक(एक सट बचाए। छैटौं होलमा भने डबल बोगीको सामना गरे। यसपछि १५औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी हान्दै १(अन्डर ३५ मा ब्याक नाइन सकाए।

सञ्जयले दोस्रो, सातौं र आठौं होलमा बोगी खेप्दा फ्रन्ट नाइन ३(ओभर ३९ मा सकाए। १८औ होलको बर्डीले ब्याक नाइन १(अन्डर ३५ मा पुरा गरे।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष ९मार्केटिङ० दीप्रा लाहीरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे। ७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको थियो। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे।