दीननाथ बराल
पोखरा ६, मंसिर
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा फाट्य फुट्य खेलकुदकै भरमा चाटर्ड फ्लाईट मात्र हुने गरेको छ । चाइनाको ऋणमा करिब २२ अर्बको लागतमा गत पुष १७ गते देखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आए पनि हालसम्म पोखरामा नियमति रुपमा अन्तर्राष्ट्रिय हवाई उडान हुन नसके पनि खेलकुदकै भरमा चाटर्ड फ्लाईट मात्र बढी भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनामा चाइनाबाट खेलकुदको माध्यमबाट एउटा चाटर्ड फ्लाईट भए पनि हाल उक्त विमानस्थल संचालनको करिब ११ महिनामा अर्को खेलको माध्यमले चिनबाटै चाट्र्ड फ्लाईट हुने भएको हो । नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट फेस्टिभलका लागि गत असार ६ गते ७२ जना चिनियाँ पर्यटक तथा खेलाहरुलाई चार्टर उडानबाट पोखरा ल्याइएको थियो । उक्त विमानमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित अन्य नेपाली र चिनिया गरी ९४ जना सवार भएका थिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ११ महिना वितिसक्दासम्म पनि व्यवसायीक रुपमा अझै अन्तर्राष्ट्रिय सिधा हवाई उडान हुन सकेको अबस्थामा हाल सम्म चाइनाबाट दोश्रो र भुटानबाट एउटा गरी तीन वटा मात्र चाटर्ड फ्लाइट भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खेलको माध्यमबाट सूरु भएको चाटर्ड तेश्रो पटक समेत खेलका लागि पुनः चाटर्ड फ्लाइट हुने भएको हो । भोलि विहिबार दिउसो हिमालयन एयरबाट ७४ जना खेलाडी सहितको १ सय ४ जनाको टिम चाइनाको कुनमिङ शहरबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको नेपाल चिन मैत्रि संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए । यही मंसिर ९ गते पोखरामा हुने अन्तर्राष्ट्रिय क्रस कन्ट्रि प्रतियोगितामा ११ जना बिशिष्ठ पाहुना (भिआईपि), १९ जना प्राविधिक सहित खेलाडीहरु चाटर्ड मार्फत पोखरा आउने भएको उनले जनाए ।
विहिबार दिउसो ३ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चाटर्ड फ्लाईट मार्फत चाइनाबाट हिमालयन एयरलेको विमान पोखरामा अवतरण गर्ने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता एशोदा सुवेदीले बताइन् । खेलाडी सहितको टिम लियर आउने उक्त विमान पोखराबाट काठमाडौं अवतरण गर्ने भएको उनले जनाइन् ।
त्यस्तै भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ यात्रु लिएर टुक एयरले गत भदौ २३ गते पोखरामा दोस्रो चाटर्ड उडान गरेको हो । उक्त विमानले पोखराबाट ४२ जना विदेशी पर्यटकलाई लियर भुटानको थिप्पु प्रस्थान गरेको थियो । त्यसै गरी जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएकाहरुको लागि चिनले नेपाललाई दिएको राहत लिएर चिनियाँ सेनाका २ कार्गो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत कात्तिक २२ गते एकै दिन दुई विमानले चाटर्ड फ्लाईट गरेका हुन्। चिनले नेपाललाई करिब २८ करोड भन्दा बढीको राहत प्रदान गरेको थियो । पोखरामा चाटर्ड भन्दा नियमित रुपमा अन्तराष्ट्रि हवाई उडान गर्न पोखराका पर्यटन व्यवसायीहरुले माग गरेका छन्। पोखरामा चाटर्ड भन्दा अब नियमित रुपमा सिधा हवाई उडान गर्न पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनायण श्रेष्ठले बताए ।