पाृेखरा ८, मंसिर
माछापुच्छ्रे बैंक लिमिटेड (एमबीएल) को अध्यक्षमा युवा व्यवसायी रोशन केसी नियुक्त हुनु भएको छ । डा. उपेन्द्र महतोले राजीनामा दिएपछि बैंकको अध्यक्षमा केसी नियुक्त हुनु भएको हो । बैंकले उहाँलाई स्वागत समेत गरेको छ । 
रोशनका बाबु स्वर्गीय उद्योगपति सुर्यबहादुर केसीको पहलमा उक्त बैंक स्थापना भएको हो । बैंकमा स्ट्यान्डर्ड फाइनान्स गाभिएपछि महतो समूह बलियो हुदै आए पनि महतो समूहले बैंकको सेयर क्रमिक रुपमा बिक्री गर्दै आएको समेत बताइन्छ । 
केही समयदेखि बैंकको सञ्चालकमा केसी लगातार निर्वाचित हुदै आउनु भएको छ ।



