विश्व शान्ति पूजाको भोलि अन्तिम दिन विशेष वाङ अभिषेक

-


     पोखरा क्लिक     
     मंसिर ८ गते २०८० मा प्रकाशित


रजनि तामाङ

कास्की, ८ मंसिर, खोज मिडिया । पेमा धेछेनलिङ गुम्बामा धर्म गुरु ङिमा साङपो आठौं ज्याल्सा रेन्पोर्छेद्वारा सातौं दिनको वाङ अभिषेक सम्पन्न भएको छ ।

बैदाम तामाङ सेवा लमाजले आयोजना गरिएको आठ दिने विश्व शान्ति पूजाको आज सातौं दिनमा रेन्पोर्छे द्वारा च्याङ्ग्रेसीको वाङ अभिषेक गरियो । वाङ अभिषेकका लागि सम्पुर्ण लामा गुरुहरु र उपस्थित भक्तजनहरुलाई रेन्पोर्छे स्वंयम आफैं प्रस्थान भई भक्तजनहरुको यथास्थानमा पुगि वाङ प्रदान गर्नुभयो।

वाङ दिउंसो ३ बजेबाट सुरु भई बेलुकी ५ बजे समाप्त भएको हो । त्यसैगरि भेलि बिहान ६ बजेबाट दैनिकि पूजापाठ कार्य हुनेछ , भने दिउंसो १ बजेबाट पुनः वाङ अभिषेक गराईने छ ।

भोलि मंसिर ९ गते विश्व शान्ति पूजाको अन्तिम दिन रहेको छ । भोलि बिहान ६ बजेबाट ७ बजे सम्म(रिवसाङ) पूजा हुनेछ । ८ बजेबाट ११ बजे सम्म धर्म गुरु ङिमा साङ्पो आठौं ज्याल्सा द्वारा कोन्छ्योक चिदुईको वाङ अभिषेकको लागि ध्यान साधना हुनेछ ।

विश्व शान्ति पूजाको अन्तिम दिन विशेष पूजापाठ हुनेछ। त्यसैगरी प्रवचन सहित गुरु रेन्पोर्छे द्वारा दिर्घायुको लागि (छेवामे) को वाङ अभिषेक साथै शुद्ध जल पञ्चामृत नैवेद ग्रहण रहेकोछ, भने किल्खोर टासी(बिदाई) मंगल पाठ वाचन सहित आठ दिने विश्व शान्ति बृहद पवित्र पूजा समाप्त हुनेछ ।

उक्त गुम्बाको विश्व शान्ति पूजामा पुनर्जन्म लिनुभएका ६ वर्षिय टुल्कुको पनि आगमन रहेको छ । भोलि अन्तिम दिनमा सम्पुर्ण भक्तजनहरु उपस्थित भएमा पुनर्जन्म टुल्कुको पनि दर्शन पाउनेछ । त्यसैले पोखरामा पहिलो पटक भएको विश्व शान्ति पूजाको भोलि अन्तिम दिन सम्पुर्ण महानुभावहरुलाई आयोजक द्वारा उपस्थितिको लागि आह्वान गरिएको छ ।



This will close in 20 seconds