दीननाथ बराल
पोखरा १७, मंसिर
पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.ले यस आर्थिक बर्ष २०७९÷२०८० बाट बिमा र दुर्घटना जोखिम व्यबस्थापनमा सहजीकरण गर्दा करिब ९२ लाखको आर्थिक भार परेको छ । गत बर्ष सामान्य ढंगले संचालन भएको प्रा.लि.ले यस बर्ष देखि सवारी दुर्घटनाको बिमा देखि दुर्घटना व्यबस्थापनमा सहजीकरण गर्दा यस बर्ष ९२ लाख ७३ हजार ६६ रुपैया आर्थिक भर पर्न गएको प्रा.लि.का अध्यक्ष योगेन्द्र बहादुर के.सी.ले बताउनु भयो । उक्त आर्थिक भारलाई संस्थाले अघिल्लो बर्षको केही बचत रकम सहित आन्तरिक रुपमा व्यबस्थापन गर्ने भएको छ ।
प्रा.लि.ले आर्थिक बर्ष २०७९÷२०८० मा २१ करोड ५४ लाख २९ हजार १ सय ४८ रुपैया बिमा व्यबस्थापन, भलाईकोष, दुर्घटना पछिको व्यबस्थापन सहित विभिन्न शिर्षकमा उक्त रकम खर्च गरेको अध्यक्ष केसीले उल्लेख गर्नु भयो । प्रा.लि.ले यस बर्ष २० करोड ६१ लाख रुपैया विभिन्न शिर्षमा आम्दानी गरेको प्रा.लि.ले जनाएको छ । प्रा.लि.ले बिमा व्यबस्थापन, दुर्घटनाको जोमिख व्यबस्थापन लगायतका विभिन्न शिर्षकमा आफ्नो शेयर सदस्यहरुबाट एक बर्षमा उक्त रकम संकलन गरेको हो ।
संस्थाले यस बर्ष बिमा देखि दुर्घटनाको जोखिम केही हदसम्म व्यबस्थापनको जिम्मा लिएसंगै यस बर्ष संस्थाको खर्च बढी भएको अध्यक्ष केसीले जनाउनु भयो । गत बर्ष संस्थाले १५ करोड ४७ लाख ८२ हजार ६ सय १२ रुपैया आम्दानी गरी विभिन्न शिर्षकमा १२ करोड ८७ लाख ५२ हजार ५ सय ८८ रुपैया खर्च गरेको थियो । संस्थाले गत बर्ष २ करोड ६० लाख ३० हजार २४ रुपैया बचत गर्न सफल भएको थियो । संस्थाले उपचार तथा क्षतिपूर्ति (भलाईकोष) मा यस बर्ष ५ करोड ११ लाख ८१ हजार ६ सय ८२ रुपैया आम्दानी गर्न सफल भएको थियो भने उक्त शिर्षकको खर्च तर्फ २ करोड १७ लाख १९ हजार ५ सय ३० रुपैया रहेको छ । संस्थाले अर्को शिर्षक प्रथम पक्ष दुर्घटना तथा क्षतिपुर्ति फिर्ता तर्फ ६४ लाख ३६ हजार ३ सय ६७ रुपैया आम्दानी गरेको थियो भने प्रथम पक्ष दुर्घटनामा ३ करोड १२ लाख ३ हजार ९ सय २३ रुपैया खर्च गरेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस बर्ष देखि १० लाखको सामुहिक दुर्घटना बिमा, दुर्घ रोगीहरुको एक लाखको औषधी उपचार, सामान्य बिरामी भएको अबस्थामा ५० हजारसम्मको जोखिम बहन गर्ने भएको अध्यक्ष केसीले उल्लेख गर्नु भयो । गत बर्ष सामान्य ढंगले संचालन भए पनि यस बर्ष देखि बिमा देखि कुनै सवारी साधन दुर्घटना हुदा त्यसलाई उचित ढंगले व्यबस्थापन गर्ने गरी शुल्क समेत बृद्धि गरिएको कम्पनीले जनाएको छ ।
संस्थामा आबद्ध साना ठुला तथा मिनी बार सहितको स्तरिय भिआईपि सुपर एसी बस, पर्यटक स्तरीय बस र सामान्य बस सहित गरी १ हजार २ सय ५५ वटा सवारी साधन रहेको प्रालिका अध्यक्ष केसीले बताउनु भयो । १ हजार ३ सय २० मध्ये संचालनमा रहेका मध्य हाल ७२ गाडी स्थगित भएको उहाँले जनाउनु भयो ।
लामो तथा छोटो दुरीका रुटहरुमा दैनिक ४ सय २३ रुटहरुमा दैनिक ४ सय ५० भन्दा बढी सवारी साधनहरु नियमित रुपमा सेवा संचालन भईरहेको प्रा.लि.ले दाबी गरेको छ । यस बर्ष ३ सय १५ वटा सवारी दुर्घटना भएका छन भने जसबाट ७ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनाबाट यात्रु, मजदुर र तेश्रोपक्ष घाइते भएकाहरुको औषधी उपचार तथा क्षतीपूर्ति खर्च शिर्षकमा २ करोड १७ लाख १९ हजार ५ सय ३० रुपैया खर्च भएको संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।