समाज

तेक्वान्दोको ‘हाइपर्फमेन्स’ प्रशिक्षण पोखरामा सम्पन्न

पोखरा, मंसिर २१ गते तेक्वान्दोको पाँच दिने हाइपर्फमेन्स प्रशिक्षण पोखरामा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दोको समन्वयमा प्रशिक्षण सम्पन्न भएको हो । पाँच दिने प्रशिक्षणको समापन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले यस प्रकारका प्रशिक्षणले यूवा खेलाडीहरुलाई नयाँ विषय बस्तुमा आधारित रहेर प्रशिक्षण गर्न पाउनु महत्वपूर्ण रहेको बताउनुभयो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा कार्यभार सम्हाल्न आजबाट आउनुभएका सचिव पौडेल पहिलो दिन नै पोखरा रंगशालामा आयोजित तेक्वान्दोको हाइपर्फमेन्स प्रशिक्षणको… पुरा पढौ

छोरेपाटन मावि भुपु विद्यार्थी मञ्चलाई सक्रिय वनाउन भेला

पोखरा २१, मंसिर पोखरा–१७, छोरेपाटनमा रहेको छोरेपाटन माविमा स्थापना भएको भुपु विद्यार्थी मञ्चको पुर्नगठन गर्ने उद्धेश्यले विहिबार भेला आयोजना गरियो । भेलाले कृष्ण रानाभाटको संयोजकत्वमा ९ सदस्यीय मञ्च अध्ययन तथा पुर्नगठन कार्यदल सर्वसम्मत चयन गरेको छ । सदस्यमा हिमलाल उपाध्याय, गणेश घर्ति क्षेत्री, गुरुप्रसाद ढकाल, विनम गुरुङ, कृष्ण प्रसाद पोखरेल, शालिकराम भण्डारी, ज्योति हमाल र शिव न्यौपाने चयन भएका छन् । समितिले शुक्रबारसम्म मञ्चको कानुनी स्थिति खोज गरी विधिवत संचालनको लागि गर्नुपर्ने कार्यहरु गर्ने संयोजक कृष्ण रानाभाटले वताए । विद्यालयको… पुरा पढौ

चरक हस्पिटलको ११ औं वार्षिकोत्सवः रक्तदान, दृष्टिविहीनलाई सहयोग र स्वास्थ्यजाँचमा छुट

पोखरा , २१ मंसिर पोखराको नागढुंगामा रहेको अत्याधुनिक सुविधासम्पन्न चरक हस्पिटल प्रालिले विविधिकार्यक्रमकाबीचआफ्नो ११ औंवार्षिकोत्सवमनाएको छ । हस्पिटलले स्वास्थ्य क्षेत्रसँगै सम्बन्धित रक्तदानकार्यक्रम गरेको हो । कार्यक्रममा ५५ जनाले रक्तदान गरे । उत्साहजनक तबरले रक्तदाताहरु कार्यक्रममा सहभागीभए । लायन्स क्लबअन्तर्राष्ट्रिय ३२५ एमका ब्लड डोनेशनचिफ ठाकुरप्रसादअधिकारीले पहिलो रक्तदातालायन्स क्लबअफपोखरा माछापुच्छ्रेकाअध्यक्ष ई. अमिर भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमशुभारम्भ गरेकाथिए । रक्त सञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोग, लायन्स क्लबअफपोखरा माछापुच्छ्रे र लायन्स क्लबअफपोखरा नर्सेसको सहकार्यमाकार्यक्रमभएको पिआरओ सोबित सुवेदीले जानकारी दिए । लायन्स क्लबअन्तर्राष्ट्रिय… पुरा पढौ

इण्डो नेपाली फिल्म ‘हिटम्यान’ टोली पोखरामा

पोखरा २१, मंसिर नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टोलीले पोखरा आएर पत्रकारसँग साक्षत्कार गरेको छ । बुधबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारसँग हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले साक्षत्कार गरेका हुन् । अधिकारीले हिटम्यान १६ भाषामा रिलिज हुने जानकारी गराए । उनले पहिलो पटक इण्डो नेपाली फिल्म ओटिटी प्लेटफर्म अमेजनमा प्रदर्शन हुने समेत उल्लेख गरे । आउँदो फेबु्रअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने फिल्मको पोस्टर र टिजर भने सार्वजनिक गरिएको छ । काठमाडौं… पुरा पढौ

गजल

जबसम्म कमाउन सक्ने दम हुनेरैछ। तबसम्म मात्र जीवन रमझम हुनेरैछ। लौटाउन नसकिने बालापनका खुसी सबैभन्दा जिम्बेवारी घरजम हुनेरैछ।। शरिरमा तागत घटे पछी पो बुझियो जीवन सुख दुःखको कलम हुनेरैछ।। बुढेसकालको जीवन अरुको भरमा दिएपछी खुस नदिए गम हुनेरैछ।। ठाकुर प्रसाद बराल, पोखरा पुरा पढौ

पोखराको राष्ट्रिय मा.वि.को हीरक जयन्तीको भव्य उद्घाटन , नयाँ शिक्षा ऐन नहुदा शिक्षामा समस्याः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल पोखरा २०, मंसिर पोखराको ऐतिहासिक तथा पुरानो बिद्यालय राष्ट्रिय माध्यमिक विद्यालयको स्थापनाको ७५ औं बर्ष गाँठ (हिरक महोत्सव) को बुधबार एक भव्य समारोहका बिच उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त हिरक जयन्तीको बुधबार उद्घाटन गर्दै नयाँ शिक्षा ऐन आउन ढिलाई हुदा प्रदेश सरकारले चाहेर पनि शिक्षामा धेरै सुधार गर्न नसकेको बताउनु भयो । संघिय सरकारले समयमै शिक्षा ऐन बनायर नपठाउदा प्रदेश सरकारले संघको कानूनसंज बाझिने त्रासले शिक्षामा केही सुधार गर्न चाहे पनि हाल नसकेको… पुरा पढौ

पोखरामा गुन्जिए नारायण गोपाल कालजयी गीतहरु ः–

पोखरा २०, मंसिर पोखराको जोजिजु म्युजिक स्कुल रानीपौवाको मंचमा नारायण गोपाल कालजयीका गीतहरु गुन्जिएका छन् । पोखरेली कलाकारहरुले स्वर सम्राट नारायण गोपाल स्मृतिमा आयोजित ३३ औ नारायण गोपाल स्मृति दिबस –२०८० मा नारायण गोपालका गीत गाएर सङ्गीत धुन बजाएर सम्झिएको स्कुलका संचालक बिनित जोजिजुले बताउनु भयो । कार्यक्रमलाइ सफल बनाउन जोजिजु म्युजिक सेन्टर समयोजन सप्तरङ्गी सास्कृतिक प्रतिस्ठान पोखरा नेपालको आयोजना तथा पोखरा प्रज्ञा प्रतिस्ठान सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अथिति पोखरा प्रज्ञा प्रतिस्ठानका कुलपति पदम राज ढकालले नेपाली… पुरा पढौ

आयोजकको लापरवाहीले प्याराग्लाइडिङ खेलाडी निसिम थापाको दुर्घटनामा परी मृत्यु भएको फाउण्डेसनको आरोप, दोषी उपर कारवाही गर्न अध्यक्ष थापाको माग

दीननाथ बराल पोखरा २०, मंसिर आयोजकको लापरवाहीले पदाकधारी खेलाडी निसिम थापाको दुर्घटनामा परी मुत्यु भएको निसिम थापा फाउण्डेसनका अध्यक्ष प्रकाश थापा एवं उहाँको परिवारले दाबी गर्नु भएको छ । गत बर्ष असोज ३० गते नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री विधाको प्याराग्लाइडिङ प्रतिस्पर्धाका क्रममा आयोजक संस्था राखेप सहितका अन्य संस्थाको त्रुटिका कारण दुर्घटनामा परी पदकधारी खेलाडी थापाको मृत्यु भएको फाउण्डेसनका अध्यक्ष प्रकाश तथा उहाँको परिवारले बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भएको हो । प्याराग्लाईडिङ उडानको अनुमती विना… पुरा पढौ

पोखरामा विहिबार देखि राष्ट्रिय औद्योगिक व्यापार मेला, मेलामा बंगलादेश र पाकिस्तानबाट समेत स्टल

दीननाथ बराल पोखरा, २० मंसिर पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भोलि (विहिबार) देखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुने भएको छ । पोखराको प्रर्दशनी केन्द्रमा आउदो पुस १ गतेसम्म संचालन हुने उक्त मेलाको अन्तिम तयारी पूरा भएको संघका अध्यक्ष पवनकुमार प्रजापतीले बताउनु भयो । मेलामा बंगलादेश र पाकिस्तानबाट समेत व्यवसायीक स्टल राखिने भएको अध्यक्ष प्रजापतीले जनाउनु भयो । उक्त मेलामा बंगलादेश र पाकिस्तानबाट समेत करिब ७ वटा स्टल रहने भएको उहाँले बताउनु भयो । नेपाल उद्योग बाणिज्य संघको समन्वयमा… पुरा पढौ

तामाङको उपचारका लागि तमु धिं नेपालले १ लाख सहयोग

पोखरा, २० मंसिर तमु धिं नेपालले बोन म्यारोको उपचारत २५ वर्षिय इसाक तामाङलाई १ लाख रुपैया सहयोग गरेको छ । धादिङबाट पोखरा आई पोखरा महानगरपालिका वडा नं.१ कसेरीमा बस्दै आउनुभएका तामाङ एक वर्ष अघिदेखि बोन म्यारोको उपचारको क्रममा आर्थिक अभावले उपचारमा समस्याका कारण तमु धिं नेपालका स्थापित “मे.जयबहादुर गुरुङ, उदय चन्द्र, रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोष”को व्याजबाट उपचारका लागि सहयोग गरिएको हो। पोखरा महानगरपालिका वडा नं.१ कसेरीमा आयोजित कार्यक्रममा कोषका संस्थापक समाजसेवी रुपकुमारी गुरुङ, लक्ष्मी गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर… पुरा पढौ

This will close in 20 seconds