छोरेपाटन मावि भुपु विद्यार्थी मञ्चलाई सक्रिय वनाउन भेला

-


     पोखरा क्लिक     
     मंसिर २१ गते २०८० मा प्रकाशित


पोखरा २१, मंसिर

पोखरा–१७, छोरेपाटनमा रहेको छोरेपाटन माविमा स्थापना भएको भुपु विद्यार्थी मञ्चको पुर्नगठन गर्ने उद्धेश्यले विहिबार भेला आयोजना गरियो ।

भेलाले कृष्ण रानाभाटको संयोजकत्वमा ९ सदस्यीय मञ्च अध्ययन तथा पुर्नगठन कार्यदल सर्वसम्मत चयन गरेको छ । सदस्यमा हिमलाल उपाध्याय, गणेश घर्ति क्षेत्री, गुरुप्रसाद ढकाल, विनम गुरुङ, कृष्ण प्रसाद पोखरेल, शालिकराम भण्डारी, ज्योति हमाल र शिव न्यौपाने चयन भएका छन् ।

समितिले शुक्रबारसम्म मञ्चको कानुनी स्थिति खोज गरी विधिवत संचालनको लागि गर्नुपर्ने कार्यहरु गर्ने संयोजक कृष्ण रानाभाटले वताए ।

विद्यालयको सभाहलमा आयोजित भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लिराम शर्मा भुसाल, शिक्षक उपेन्द्र राज पोख्रेल, छविलाल पनेरु, राजेन्द्र गुरुङ, देवराज आचार्य, विजयराज आचार्य, जयश्वर पौडेल, एकराज वराल, नवराज वराल लगायतले मञ्चलाई सक्रिय वनाउनु पर्ने धारणा राखेका थिए ।

विद्यालयका सहप्रधानाध्यापक तथा पुर्व विद्यार्थी खेमराज वराल ९ध्रुव०को अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुर्व विद्यार्थी पत्रकार कृष्ण रानाभाटले गरेका थिए ।



This will close in 20 seconds