पोखरा , २१ मंसिर
पोखराको नागढुंगामा रहेको अत्याधुनिक सुविधासम्पन्न चरक हस्पिटल प्रालिले विविधिकार्यक्रमकाबीचआफ्नो ११ औंवार्षिकोत्सवमनाएको छ । हस्पिटलले स्वास्थ्य क्षेत्रसँगै सम्बन्धित रक्तदानकार्यक्रम गरेको हो । कार्यक्रममा ५५ जनाले रक्तदान गरे । उत्साहजनक तबरले रक्तदाताहरु कार्यक्रममा सहभागीभए ।
लायन्स क्लबअन्तर्राष्ट्रिय ३२५ एमका ब्लड डोनेशनचिफ ठाकुरप्रसादअधिकारीले पहिलो रक्तदातालायन्स क्लबअफपोखरा माछापुच्छ्रेकाअध्यक्ष ई. अमिर भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमशुभारम्भ गरेकाथिए । रक्त सञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोग, लायन्स क्लबअफपोखरा माछापुच्छ्रे र लायन्स क्लबअफपोखरा नर्सेसको सहकार्यमाकार्यक्रमभएको पिआरओ सोबित सुवेदीले जानकारी दिए ।
लायन्स क्लबअन्तर्राष्ट्रिय ३२५ एमका एफडब्लूसी डिस्ट्रिक्ट कोओर्डिनेटर अर्जुन थापाले सञ्चालन गरेको कार्यक्रममालायन्स क्लबअफपोखरा नर्सेसकाअध्यक्ष हेमा गुरुङले स्वागतमन्तव्य राखिन् । दृष्टिविहीनलाई ६० हजार बराबरको सामाग्रीप्रदान
यसैबीच, वार्षिकोत्सवकै अवसरमाअर्को पूण्यको कामपनि चरक हस्पिटलले गरेको छ । हस्पिटलले पोखरा महानगरपालिका वडा नं. २९, घोतघोतेमा रहेको दृष्टिविहीन निवासमातिहारमाभएको भएको आगलागीबाट पीडितलाई सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।
हस्पिटल परिसरमै आयोजितकार्यक्रममा हस्पिटल प्रालिकाअध्यक्ष रामचन्द्र रेग्मी, प्रवन्धनिर्देशककपिलपोखरेलले अपांग मैत्री समाज, दृष्टिविहिन आश्रमका ईञ्चार्ज शुशिलगोदारलाई ६० हजार बराबरको सहयोग सामाग्री हस्तान्तरण गरेकाहुन् ।
दृष्टिविहीनले विक्रीगर्ने सामानहरु अगरबत्ती, कपुर, कलम, डायरी लगायतका सामानहरु हस्पिटलले सहयोग गरेको हो ।
गतकार्तिक २९ गते दृष्टिविहीन समूह देउसीभैलो खेल्न निस्कँदा राति ९ बजेतिर आश्रममाआगलागीभएको थियो । नगद ८ लाखसहितकरिब ३० लाखजतिको विक्री सामान र ५ कोठे एक तले घर जलेर नष्ट भएको थियो । आश्रममा रहेका ३० जनाअहिले पोखरा २६ स्थित नेत्रहीनकास्कीको कार्यालयमा बस्न बाध्यभएको गोदारले बताए । उनले हस्पिटलले सहयोग गरेकोमाखुशीव्यक्त गरे ।
व्यापार मेलामा टिकट काट्नेमध्ये २ जनालाई निःशुल्कफूल बडी चेकअप, अन्यलाई १० प्रतिशत छुट ।
यस्तै, पोखरामाआजदेखि सुरु भएको राष्ट्रिय औद्योगिकव्यापार मेलामा हस्पिटलले स्टल समेत राखेको छ । हरेक दिन टिकट काट्नेमध्ये गोलाप्रथाद्वारा २ जना छनौट गरी फूल बडी चेकअपनिःशुल्कगरिदिने कार्यालय प्रशासकप्रदीपशर्माले जानकारी दिए ।
यसैगरी, स्टल भिजिट गरी पर्चा लिएर हस्पिटल पुग्नेलाई माघ मसान्तसम्ममा १० प्रतिशत छुट दिने पनि हस्पिटलले जनाएको छ ।