पोखराको राष्ट्रिय मा.वि.को हीरक जयन्तीको भव्य उद्घाटन , नयाँ शिक्षा ऐन नहुदा शिक्षामा समस्याः मुख्यमन्त्री पाण्डे

-


     पोखरा क्लिक     
     मंसिर २१ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २०, मंसिर

पोखराको ऐतिहासिक तथा पुरानो बिद्यालय राष्ट्रिय माध्यमिक विद्यालयको स्थापनाको ७५ औं बर्ष गाँठ (हिरक महोत्सव) को बुधबार एक भव्य समारोहका बिच उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त हिरक जयन्तीको बुधबार उद्घाटन गर्दै नयाँ शिक्षा ऐन आउन ढिलाई हुदा प्रदेश सरकारले चाहेर पनि शिक्षामा धेरै सुधार गर्न नसकेको बताउनु भयो ।

संघिय सरकारले समयमै शिक्षा ऐन बनायर नपठाउदा प्रदेश सरकारले संघको कानूनसंज बाझिने त्रासले शिक्षामा केही सुधार गर्न चाहे पनि हाल नसकेको उहाँले बताउनु भयो । मुख्यमन्त्री पाण्डेले हाल हजारौं जना विदेश जाने नेपाली युवा शक्तियलाई यही रोक्ने गरी कृषि, पर्यटन, स्वरोजगार, उद्यमशिलता तर्फ आकषर्ण गर्नुपर्नेमा जोड दिनु भयो । नेपालको पुरानो शिक्षा नीति तथा पाठ्यक्रम पनि धेरै पुरानो भएको उहाँको भनाई थियो।
पोखरा १ पुरानो टुँडिखेलमा रहेको बिद्यालयको हिरक महोत्सव उद्घाटनको अवसरमा उल्लेखनिय सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम विद्यालय स्थापना भएको पोखरा ३ नदिपुर स्थित नारायण स्थान मन्दिरबाट सुरु भएको प्रभातफेरी कार्यक्रमका संयोजक महेन्द्र श्रेष्ठले बताउनु भयो । नदिपुरबाट सुरु हुने प्रभाफेरीमा पञ्चे बाजा सगै सरस्वतीको झाँकी सगै विद्यार्थीहरु विभिन्न भेष भुषामा रहनु भएको उहाँले जनाउनु भयो । उक्त र्यालीको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गर्नु भएको थियो ।

बिद्यालयमा हाल १ हजार ४ सय ३२ जना बिद्यार्थीहरु रहेको बिद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटाले बताउनु भयो । उक्त बिद्यालयसंग हाल करिब ७२ रोपनी जमिन भएकोले बर्षिक रुपमा राम्रो आम्दानी गर्ने गरेको छ । बिद्यालयले एक देखि दश कक्षासम्म अग्रेंजी माध्यमबाट निःशुल्क रुपमा पठन पाठन गराउदै आएको जनाएको छ ।

विद्यालयका जग्गदाता रत्नाखर पराजुली र पराजुली परिवार र विद्यालय स्थापना हुदा रहेका संचालक समितिका व्यक्तीहरुको फोटो समेत राखेको थियो । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष राम बिक्रम राणाको अध्यक्षतामा उक्त कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको सुचना अधिकारी शिवभक्त देवकोटाले बताउनु भयो ।







This will close in 20 seconds