गजल

-


     पोखरा क्लिक     
     मंसिर २१ गते २०८० मा प्रकाशित


जबसम्म कमाउन सक्ने दम हुनेरैछ।
तबसम्म मात्र जीवन रमझम हुनेरैछ।

लौटाउन नसकिने बालापनका खुसी
सबैभन्दा जिम्बेवारी घरजम हुनेरैछ।।

शरिरमा तागत घटे पछी पो बुझियो
जीवन सुख दुःखको कलम हुनेरैछ।।

बुढेसकालको जीवन अरुको भरमा
दिएपछी खुस नदिए गम हुनेरैछ।।

ठाकुर प्रसाद बराल, पोखरा



This will close in 20 seconds