पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एक मत
पोखरा २२, मंसिर आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे । उनले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले प्रत्यक्ष असर भोगिरहेको बताए । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगलादेशसम्म फैलने निश्चित रहेको दाबी गरे । ‘जुनखालको जलावायु परिवर्तनको असर हाम्रा हिमालमा देखिन थालेको छ । त्यसको प्रभाव यहाँको जनजीवनमा मात्रै परेको छैन, समथर भुभाग भारत बंगलादेशसम्म पुग्ने निश्चित छ’,…
पुरा पढौ
अन्तरविद्यालय हाजिर जवाफ प्रतियोगिता सम्पन्न ः शुक्रराज मा.वि. प्रथम
जीवन बराल पोखरा २२ मंसिर । पोखरा महानगरपालिका वडा नम्बर २२ मा रहेको परिवर्तन युवा क्लब द्दारा आयोजित अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । विद्यार्थीहरु बिच प्रतिस्पर्धाको भावना ,सकारात्मक परिवर्तनको चाहना भन्ने नारा सहित राखिएको उक्त कार्यक्रम पोखरा २२ का ८ विद्यालय सहभागी भएका थिए । उक्त कार्यक्रममा शुक्रराज मा.वि. ले ७१ अंकका साथ प्रथम स्थान हासिल गर्यो भने ६९ अंकका साथ ओख्लेडाडा भुम्दिकोट मा.वि. ले द्वितीय स्थान हासिल गर्यो त्यसैगरी ५९ अंक सहित लिला आधारभूत विद्यालयले…
पुरा पढौ
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता हुने तयारी
पोखरा, २२ मंसिर पोखराको सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा हरेक बर्ष आयोजना हुने आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता यस बर्ष आगामी माघ दोस्रो साता हुने भएको छ । यसपालि हुने २३ औं संस्करणको उक्त प्रतियोगिता माघ दोश्रो साता हुने भएको क्लवले जनाएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यद्वारा अभिप्रेरित हुँदै सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग…
पुरा पढौ
राजा महाराजालाई झै पोखरामा एमाले पार्टी अध्यक्ष ओलीलाई ठाँउ ठाँउमा घण्टौ लाइनमा बसेर स्वागत
दीननाथ बराल पोखरा २२, मंसिर राजा महाराजालाई झै पोखरामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ठाँउ ठाँउमा घण्टौं लाइनमा बसेर स्वागत गरिएको छ । एमाले नेता तथा कार्यकर्ताहरुले पार्टी अध्यक्ष ओलीलाई विहिबार देखि शुक्रबारसम्म पोखराका करिब ९ स्थानमा भव्य रुपमा पहिलाका राजा महाराजा जसरी फुलमाला, खादाले भव्य स्वागत गरेका हुन्। आज बिहान ७ः३० बजेबाट स्वागत गर्ने कार्यक्रम केही दिन अघि पत्रकार सम्मेलन नै गरी सार्वजनिक गरे पनि करिब २ घण्टा ढिलो सुरु भएको कार्यक्रमले गर्दा पोखराको अमरसिंहचोक, तालचोकमा घण्टौं लाइनमा…
पुरा पढौ
चीनको सिआनबाट भरतपुर भ्रमण वर्ष २०२४ लाई आयो उपकरण
चितवन २१, मंसिर भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गर्दै साईडबोट उपकरण उपलब्ध भएकोे छ । मित्र राष्ट्र चीनको सिआन सिटीका प्रतिनिधिले बिहिबार महानगरपालिका आई पर्यटकीय पूर्वाधार साईडबोट उपलब्ध गराएको हो । साईडबोट भनेको एआई प्रविधि जडित तस्वीर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा हो । यो उपकरणलाई चीनको सिआनबाट आएको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेको थियो । यो उपकरणले १० किलोमिटर टाढाका दृश्यहरुलाई सजिलै कैद गर्न सक्छ । एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै…
पुरा पढौ
महको पकेट क्षेत्रका कृषकलाई मौरी घार वितरण
गण्डकी, २१ मंसीर मौरी पकेट क्षेत्रकारुपमा विस्तार हुँदै गएको पोखरा महानगरपालिका १६ का कृषकलाई घार वितरण गरिएको छ । वडास्तरीय कृषि सञ्जालद्धारा आज लामाचौरमा आयोजित एक कार्यक्रम बीच चार लाख मुल्य बरावरका एक सय आधुनिक घार कृषकलाई वितरण गरिएको हो । उत्तीसको काठ र टुनीका फ्रेम रहेको चार हजार मुल्य रहेको उक्त प्रति घारमा पोखरा महानगरपालिकाको ५० प्रतिशत अनुदान र बाँकी स्वयंम कृषकले व्यहोर्ने व्यवस्था मिलाईएको छ । गत आर्थिक बर्षमा वितरण गरिएका कूल २३ लाख ४६ हजार ७७० मुल्य…
पुरा पढौ
शुक्रबारदेखि पोखरामा आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव
पोखरा २१, मंसिर नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा बर्सेनि मनाउँदै आएको पर्वतीय महोत्सव शुक्रबारबाट सुरु हुँदैछ । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ५ दिनसम्म चल्ने महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस पनि हुने भएको छ । महोत्सवको उद्घाटन अर्थमन्त्री डा प्रकाशशरण महतले गर्नेछन् । आयोजक नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारका अनुसार महोत्सवको पहिलो दिन शुक्रबार नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइनेछ । ‘गिद्धको महत्व र उपयोगिता देखाइनेबारे बालबालिकाले…
पुरा पढौ
लेखनाथ महोत्सवमा चित्रकला प्रतियोगिता हुने
लेखनाथ, २१ मंसिर लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औ संस्करणको लेखनाथ महोत्सवमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । पुस १ गते चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले जानकारी दिए । प्रतियोगितामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार प्रदान गरिनेछ भने सहभागीहरु सबैलाई समेत प्रोत्साहनको व्यवस्था गरिएको छ । ‘‘प्रतियोगितामा…
पुरा पढौ
बैदेशीक रोजगारले स्वदेशमा रोजगारी सिर्जनामा चुनौती छः मुख्यमन्त्री
पोखरा, २१ मंसिर पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेला पुस १ गतेसम्म चल्नेछ । मेलाको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको व्यवसाय बिस्तारको संभावनाको खोजी एवं गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यले मेला आयोजना गरिएको…
पुरा पढौ
फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने मुख्यमन्त्री पाण्डेको भनाई
दीननाथ बराल पोखरा २१, मंसिर पोखरा उद्योग बाणिज्य संघको आयोजनामा आज (विहिबार) देखि पोखरामा राष्ट्रिय औधोगिक व्यपार मेला सुरु भएको छ । पोखरा प्रर्दशनी केन्द्रमा यही पुष १ गतेसम्म संचालन हुने उक्त मेलाको विहिबार उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्योग व्यपारको प्रबद्र्धन गर्न कानूनि अप्ठ्यारा भएको अबस्थामा त्यसको सहजीकरण गर्न प्रदेश सरकारले रहेको बताउनुभयो । सरकारले दोश्रो पन्चबर्षीय योजना बनाउन लागेकोले कुनै उद्योगी व्यवसायी तथा आम प्रदेश बासीको कुनै सुझावहरु भए समयमै दिन हुन उहाँले आग्रह समेत गर्नु…
पुरा पढौ



