राजा महाराजालाई झै पोखरामा एमाले पार्टी अध्यक्ष ओलीलाई ठाँउ ठाँउमा घण्टौ लाइनमा बसेर स्वागत

-


     पोखरा क्लिक     
     मंसिर २२ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २२, मंसिर

राजा महाराजालाई झै पोखरामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ठाँउ ठाँउमा घण्टौं लाइनमा बसेर स्वागत गरिएको छ । एमाले नेता तथा कार्यकर्ताहरुले पार्टी अध्यक्ष ओलीलाई विहिबार देखि शुक्रबारसम्म पोखराका करिब ९ स्थानमा भव्य रुपमा पहिलाका राजा महाराजा जसरी फुलमाला, खादाले भव्य स्वागत गरेका हुन्।

आज बिहान ७ः३० बजेबाट स्वागत गर्ने कार्यक्रम केही दिन अघि पत्रकार सम्मेलन नै गरी सार्वजनिक गरे पनि करिब २ घण्टा ढिलो सुरु भएको कार्यक्रमले गर्दा पोखराको अमरसिंहचोक, तालचोकमा घण्टौं लाइनमा बसेर पार्टी अध्यक्षतालाई स्वागत गरेका हुन्।
नेकपा एमाले समृद्धिका लागि सङ्कल्प यात्राको अभियान अन्र्तगत अध्यक्ष ओली सहितको टोलीलाई पोखरामा हिजो र आज भव्य स्वागत गरिएको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए ।
आज (शुक्रबार) पुष्पलाल पार्क, जिरो किमी, अमरसिंहचोक र तालचोकमा पार्टी अध्यक्ष ओली सहितका उक्त टोलीमा रहेकाहरुलाई फुलमाला, खादा, फेटा, भाङग्रा समेत लगाउदै स्वागत गरिएको अध्यक्ष गुरुङले जनाए ।
पोखराको अमरसिंह चोकमा बिहानै ८ बजे देखि ठुलो संख्यामा एमाले नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अध्यक्ष ओलीसंग सेल्फी लिन बृद्धबृद्धा देखि युवाहरुको उत्तिकै क्रेज देखिन्थ्यो । स्याङजामा उत्पादन भएको सुन्तला उपहार दिदै केही सहभागीलाई सुन्तला वितरण समेत गरिएको संजय बास्तोलाले बताए ।