निर्धक्क भएर महोत्सवको अवलोकन गर्न आउनुस, सुरक्षा व्यवस्था मजबुद बनाईनेछ ः संयोजक बस्ताकोटी
लेखनाथ, २४ मंसिर लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको पनि महोत्सवको रुपमा चर्चा कमाएको लेखनाथ महोत्सवको १९ औं संस्करणमा पनि सुरक्षा व्यवस्था मजबुद बनाईने भएकाले ढुक्क भएर महोत्सवको अवलोकन गर्न आउन महोत्सवका सुरक्षा व्यवस्थापन उप–समितिका संयोजक हरि बस्ताकोटीले आग्रह गरेका छन । ‘‘धेरै मानिसहरुको आवतजावत एवं उपस्थीती हुने भएकाले त्यसलाई मध्यनजर गरेर हामीले सुरक्षा व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेका छौं । सँगै स्टलमा रहने सामानहरुको पनि सुरक्षा अति जरुरी छ…
पुरा पढौ
प्रा.डा. बुद्धिलाई अवार्ड, दीपेन्द्रलाई पुरस्कार प्रदान
पोखरा, २४ मङ्सिर नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । युआरएल फाउन्डेसनले शनिबार बेलुका आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्री, गुणस्तर विज्ञ सुशील थापा, राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति संयोजक बद्रिविनोद प्रतीक, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थ लगायतले उनलाई सम्मान गरेका हुन् । सोही कार्यक्रममा पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गरेकोमा दीपेन्द्र श्रेष्ठलाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको…
पुरा पढौ
पर्यटकीय क्षेत्रहरुमा छिट्टै बिद्युत पहुच पु¥याउँछौ ः उर्जामन्त्री बस्नेत
पोखरा , २४ मङ्सिरः उर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय क्षेत्रहरुमा जति सक्दो छिटो बिद्युतको पहुच पुर्याउने बताउनु भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका सहित यहाँका पर्यटकीय क्षेत्रमा विजुली विस्तार गर्न माग सहित आएको पर्यटनव्यवसायी लगायतको टोलीसँग शनिबार बेलुकासम्मको छलफल तथा भेटघाट कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । पर्यटकीय क्षेत्रमा केन्द्रीय प्रसारणको विजुली पु¥याउन सरकार प्रतिवद्ध रहेको उहाँले दाबी गर्नु भयो । सरकार दुई वर्षभित्रमा देशका सबै भूभागमा विजुली पु¥याउने गरी काम गरिरहेकाले पर्यटकीय क्षेत्र सरकारको झन्…
पुरा पढौ
प्रकास दाहालको स्मृतीमा राष्ट्रिय ब्याडमिन्टन हुने
पोखरा २४, मंसिर नेकपा माओवादीका नेता स्व। प्रकास दाहालको स्मृतीमा प्रथम प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हव नेपाल प्रा।ली।को आयोजनामा पौष २५ गते देखि हुने ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल ९ब्याडमिन्टन संघको उच्च २० बरियता बाहेक०, स्थानिय स्तर, मास्टर्स युगल ३५ बर्ष माथि र ४५ बर्ष माथि गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी गराए…
पुरा पढौ
नगर प्रहरी माथि हातपात गर्ने घिमिरे पक्राउ
पोखरा, २४ मङ्सिर ड्युटीमा रहेको नगर प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरी माथि आक्रमण गर्ने रेनुका स्टोरका सञ्चालक गोविन्द प्रसाद घिमिरेलाई घटना लगत्तै कास्की प्रहरीले पक्राउ गरेको हो । घिमिरेलाई आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिनुभयो । फुटपाथमा सामान राखेर व्यापार गर्दै आएका घिमिरेलाई पटक पटक त्यसो नगर्न आग्रह गर्दा समेत…
पुरा पढौ
घार्मीको ओमकारेश्वरमा बाला चतुर्दशी पर्व मनाइने
पोखरा २४, मंसिर पोखराको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल घार्मीमा बाला चतुर्दशी पर्व मनाइने भएको छ । घार्मी स्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा यस वर्ष पनि यही मंसिर २५ गते सोमबारका दिन बाला चतुर्दशी पर्व मनाउने र सद्वविज छर्ने तयारी अन्तीम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिनुभयो। पर्वलाई लक्षित गरि मन्दिरमा रंग रोगन गर्ने तथा परिसर सरसफाई गर्ने कार्य सम्पन्न गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले बताउनु भयो। स्थानीय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक…
पुरा पढौ
व्यवसायीलाई बचाउन सरकार लाग्नु पर्छः अध्यक्ष नेपाल
दीननाथ बराल पोखरा २३,मंसिर पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले उद्योगी व्यवसायीलाई सहुलियतका कार्यक्रम ल्याउन आग्रह गर्नु भएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपालको अर्थतन्त्रमा केही समस्य भएको दाबी गर्दै त्यसबाट पार लगाउने गरी सरकारले उद्योगी व्यवसायीलाई सहुलियतका कार्यक्रम ल्याउन आग्रह गर्नु भएको हो । देशको अर्थतन्त्र समस्या भएका कारण धेरै व्यवसाय समस्याग्रस्त भएको दाबी गर्दै उहाँले व्याजदर घटाउने, ऋण चुक्ता गर्ने…
पुरा पढौ
पुम्दीकोटमा २ करोडमा निर्माण भयो सुमेरु पर्वत,पोखरा आउने पर्यटकलाई एक दिनको बसाई लम्बाउने अध्यक्ष बरालको विश्वास
दीननाथ बराल पोखरा २३, मंसिर पोखराको नयाँ पर्यटकीय गन्तव्य बनेको पुम्दीकोटमा पर्यटकहरुलाई थप आकषर्ण गर्न अर्को गन्तव्य बनेको छ । हिजोआज दैनिक जसो २ हजार २५ सय जसुो पर्यटकहरु आउने गरेको उक्त क्षेत्रमा सुमेरु पर्वत स्थापना गरिएको हो । पुम्दीको बिशाल महादेव मुर्ति परिसरमै क्षेत्रमै अर्को पर्यटकीय गन्तव्य सुमेरु पर्वत निर्माण गरिएको हो । पुम्दीकोट कोट विकास समितिले कुमार पार्वती मुर्ति सहित अन्य भौतिक संरचना निर्माण गरी सुमेरु पर्वतको रुपमा स्थापना गरिएको समितिका अध्यक्ष समाजसेवी एवं उद्योगपती चन्द्रकान्त बरालले बताउनु…
पुरा पढौ
लिटल फ्लावरमा अन्तरक्रिया
पोखरा २३, मंसिर पोखरा महानगरपालिका वडा नं २७, रिठेपानीमा अवस्थित विद्यालय लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुका अभिभावकसँग विभिन्न चरणमा शिक्षक अभिभावक अन्तरक्रिया गर्दै आयोजित समापन कार्यक्रममा प्रमुख बक्ता एवम् पोखरा क्षेत्रकै अनुभवी शैक्षिक व्यक्तित्व प्रध्यापक डा त्रिभुवन शर्माले विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको अभिवृद्धि गर्न बालमैत्री वातावरणमा जोड दिए । उनले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति निर्माणमा अझै अगाडि बढ्न प्रेरित गरे । विद्यालयका…
पुरा पढौ
निप्स पोखरा च्याप्टरमा पौडेल
पोखरा२३, मंसिर नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी पोखरा च्याप्टरको ११ औ बार्षिक साधारण सभा एवं पाँचौ अधिवेशनले बद्रीनाथ पौडेलको अध्यक्षतामा एघार सदस्यीय कार्यसमितिको चयन गरेको छ । बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको संस्था निप्सको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुर्यबहादुर के.सी, सचिवमा छविलाल पौडेल, कोषाध्यक्षमा शिव सुवेदी रहेका छन् । यसैगरी सदस्यहरुमा मनोज भारती, उमाकान्त बराल, टंकप्रसाद दाहाल, गणेश धमला, सुरेश रेग्मी रामजी प्रसाद बराल र विश्वराज पौडेल रहेका छन् । अध्यक्षमा निर्वाचित पौडेल एशियन लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख हुन । यसअघि साधारण…
पुरा पढौ



