प्रकास दाहालको स्मृतीमा राष्ट्रिय ब्याडमिन्टन हुने

-


     पोखरा क्लिक     
     मंसिर २४ गते २०८० मा प्रकाशित


पोखरा २४, मंसिर

नेकपा माओवादीका नेता स्व। प्रकास दाहालको स्मृतीमा प्रथम प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हव नेपाल प्रा।ली।को आयोजनामा पौष २५ गते देखि हुने ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल ९ब्याडमिन्टन संघको उच्च २० बरियता बाहेक०, स्थानिय स्तर, मास्टर्स युगल ३५ बर्ष माथि र ४५ बर्ष माथि गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी गराए ।

करिव २५ लाखको लागत रहेको प्रतियोगितामा बिजेता, उपबिजेता एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ४५ हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्टस् हवका संचालक अश्मेल ९अखिल० शाहीले जानकारी गराए ।

राजनैतिक नेताका साथै खेलकुदलाई अतिनै माया गर्ने ब्यक्तित्व प्रकास दाहाल आफ्नो अत्यन्तै निकट रहेकाले उनकै नाममा प्रतियोगिता आयोजना गर्न लागिएको संचालक अखिल शाहीले बताए । आयोकको आफ्नै कोर्टा हुने प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न हवका संचालकहरु लाक्पा शेर्पा, सन बहादुर साम्वा समेत रहेको प्रतियोगिता समिति गठन गरिएको आयोजकले जनाएका छन् ।
बरियता सहितको राष्ट्रिय प्रतियोगिता रहेकाले विगतमा जस्तै करिव ४ सयको हाराहारीमा खेलाडीहरुको उपस्थिती रहने आयोजकले जनाएका छन् । हामीले विगतमा पनि प्रतियोगिताहरु आयोजना गर्दै आईरहेका थियौ जसमा खेलाडीहरुको अत्यन्तै चाप रहेको छ । यस पटक नेपाल ब्याडमिन्टन संघको बरियता समेत हुने भएका कारण खेलाडीहरुको चाप अझै बढ्न सक्ने देखेका छौं प्रतियोगिता संयोजक शेर्पाले बताए ।

अम्पायर देउजा दुवइ प्रस्थान
बिश्व ब्याडमिन्टन महासंघको आयोजनामा हुने पाचौं फजा दुवइ पारा ब्याडमिन्टन इन्टरनेशनल २०२३ मा निर्णायकको भूमिका निर्वाह गर्न नेपाली निर्णायक राजु देउजा संयुक्त अरव इमिरेटको दुवई प्रस्थान गरेका छन् ।
डिसेम्बर ११ देखि १७ सम्म आयोजना हुने बिश्व ब्याडमिन्टन महासंघ ९बिडब्लुएफ० पारा ब्याडमिन्टन इन्टरनेशनल लेभल २ प्रतियोगितामा अम्पायर देउजाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
देउजाले यस अघि पनि विभिन्न अन्तराष्ट्रिय प्रतियोगितमा निर्णायकको भूमिका निर्वा गरिसकेका छन् ।