पोखरा , २४ मङ्सिरः
उर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय क्षेत्रहरुमा जति सक्दो छिटो बिद्युतको पहुच पुर्याउने बताउनु भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका सहित यहाँका पर्यटकीय क्षेत्रमा विजुली विस्तार गर्न माग सहित आएको पर्यटनव्यवसायी लगायतको टोलीसँग शनिबार बेलुकासम्मको छलफल तथा भेटघाट कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । पर्यटकीय क्षेत्रमा केन्द्रीय प्रसारणको विजुली पु¥याउन सरकार प्रतिवद्ध रहेको उहाँले दाबी गर्नु भयो ।
सरकार दुई वर्षभित्रमा देशका सबै भूभागमा विजुली पु¥याउने गरी काम गरिरहेकाले पर्यटकीय क्षेत्र सरकारको झन् प्राथमिकतामा रहेको बताउनुभयो । माछापुच्छ«े गाउँपालिकामा अवस्थित कहलिएको मर्दी हिमाल तथा खुमै पर्यटकीय क्षेत्रमा अझै पनि विद्युत प्राधिकरणको विजुली पुग्न सकेको छैन । यहाँका अन्य स्थानमा समेत लघुजलविद्युत आयोजनाबाट उत्पादित विजुलीमा भर पर्नुपर्ने अवस्था छ ।
मर्दी पदयात्रामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन अझै पुग्न नसक्दा बत्ती बाल्नदेखि लिएर मोबाइल चार्ज गर्न समेत पर्यटकलाई समस्या भएपछि पर्यटन व्यवसायीले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका हुन् । सो अवसरमा उर्जामन्त्री बस्नेतले सरकारले देशका सबै स्थानमा विजुली पु¥याउने गरी काम गरिरहेको बताउनुभयो । उहाँले पर्यटकीयस्थलमा विजुली लैजान सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
उर्जामन्त्री बस्नेतले भन्नुभयो,“सबै क्षेत्रको विकासका लागि विद्युत सबैभन्दा महत्वपूर्ण हुन्छ । वर्तमान सरकारले विद्युत र सिँचाइको व्यवस्था हरेक नागरिकसम्म पुगोस् भनेर काम गरिरहेको छ ।” मर्दीको कालीमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत् सेवा पुगेको छ भने प्राधिकरणले यसै वर्ष विद्युत विस्तारको काम अघि बढाएको छ । मर्दीको माथिल्लो क्षेत्रसम्मै बिजुली पुर्याउनका लागि नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले ठेक्का आह्वान गरेर काम अघि बढाएको छ ।
मर्दी पर्यटन व्यवस्थापन समितिका संस्थापक सचिव शिवप्रसाद भण्डारीले माछापुच्छ«े गाउँपालिकालाई पूर्ण विद्युतीकरण गर्न उर्जामन्त्रीसँग माग गरिएको बताउनुभयो । उहाँका अनुसार मर्दी पदयात्रामा केही समयदेखी काम सुरु भएपनि अर्को पर्यटकीय गन्तव्य खुमै डाँडामा अझै विजुली पुग्न सकेको छैन । विद्युत् नहुँदा पदयात्रामा आउने पर्यटकलाई मोबाइल र क्यामेरा चार्जदेखि इन्टरनेट सुविधा उपलब्ध गराउनसमेत कठिन उहाँले भण्डारीले बताउनुभयो ।
मर्दीको केही क्षेत्रमा सोलारबाट बत्ती बाल्ने र इन्टरनेट सुविधा रहे पनि मौसम प्रतिकूल हुँदा समस्या पर्ने गरेको थियो ।
भण्डारीले भन्नुभयो,“विजुली नपुगेको ठाउँहरुमा प्रसारण लाइन विस्तार गर्न र लघुजलविद्युत भएका ठाउँमा पावर थप गर्न ध्यानाकर्षण गराएका छौँ । विद्युत पावर कम हुँदा होटल तथा कृषि फार्महरुमा अहिले समस्या भएको छ । सिँगल फेजको ठाउँमा त्रिफेज लाइन विस्तार गर्न माग गरेका छौँ ।”
कृष्ण दवाडी,पोखरा