दीननाथ बराल
पोखरा २३, मंसिर
पोखराको नयाँ पर्यटकीय गन्तव्य बनेको पुम्दीकोटमा पर्यटकहरुलाई थप आकषर्ण गर्न अर्को गन्तव्य बनेको छ । हिजोआज दैनिक जसो २ हजार २५ सय जसुो पर्यटकहरु आउने गरेको उक्त क्षेत्रमा सुमेरु पर्वत स्थापना गरिएको हो ।
पुम्दीको बिशाल महादेव मुर्ति परिसरमै क्षेत्रमै अर्को पर्यटकीय गन्तव्य सुमेरु पर्वत निर्माण गरिएको हो । पुम्दीकोट कोट विकास समितिले कुमार पार्वती मुर्ति सहित अन्य भौतिक संरचना निर्माण गरी सुमेरु पर्वतको रुपमा स्थापना गरिएको समितिका अध्यक्ष समाजसेवी एवं उद्योगपती चन्द्रकान्त बरालले बताउनु भयो ।
सुमेरु पर्वत निर्माणका लागी करिब दुई करोड खर्च भैसकेको बताउदै उहाँले उक्त परियोजनामा बाँकी ३ करोड लगानी थप आवश्यक भएको बताउनु भयो । उक्त परियोजनामा लाईटिङ्गको लागी थप दुई करोड ५४ लाख र रुङगटा वैकुन्ठ हलको ईको साउण्ड कन्ट्रोलका लागी करिब ४२ लाख गरि ५ करोड लाग्ने प्राविधिक ईष्टमेट रहेको अध्यक्ष बरालले दाबी गर्नु भयो । यस्को ठुलो हिस्सामा पनि बिशाल महादेव मुर्ति परियोजना जस्तै गरी मुख्यदानविर उद्योगीपति, समाजवेसी विरगन्ज निवासी ८६ बर्षीय मुरलीधर रुङगटा परिवारसंग सहयोगका लागी अपेक्षा गरिएको समितिले जनाएको छ ।
पोखरामा आउने पर्यटकहरुलाई साँझमा लेजर लाइट मार्फत महादेवको मुर्तिलाई पर्दा बनाई शिव दाण्डव नृत्य, महादेवको शिव लिला समेत प्रर्दशनी गरिने परिकल्पना गरिएको अध्यक्ष बरालको भनाई छ । परियोजनाका परिमार्जित गुरुयोजनामा सुमेरु पर्बत नामकरण गरी भूमेश्वर महादेव देखि सुमेरु पर्बतसम्म पंहुचका लागि विधुतीय चियर कार, ग्रिनेरी पार्क, ब्यबस्थित पार्किंग स्थल निर्माण गर्ने बिषयहरु समेटिएको उहाँले बताउनु भयो ।
पुम्दीकोट क्षेत्रको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वलाई थप उजागर गरी समग्र क्षेत्रको बिकास तथा प्रबर्दन गर्ने उदेश्यले पर्यटन प्रबर्धनका लागि पुम्दीकोट, बिशाल महादेव मूर्ति निर्माण गर्ने हाम्रो अठोट भन्ने नारा सहित कोट बिकासको अभियान शुरु गरी २०७३ साल र २०७९ सालमा गरी दुई पटक शिव महापुराण ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सब समेत आयोजना भएको समितिले जनाएको छ । उक्त महायज्ञबाछ २० रोपनी जग्गा र करिब ९ करोड ३० लाख रुपैया संकलन भएको अध्यक्ष बरालले बताउनु भयो । संघिय, प्रदेश र स्थानीय सरकार तथा विभिन्न संघ संस्था एवं व्यक्तिहरुबाट प्राप्त भएको समितिले जनाएको छ ।
समितिले हालसम्म ५१ फिट अग्लो महादेवको बिशाल मूर्ति, ३१ फिट अग्लो बिशाल डमरु, बिशाल महादेवको बिशाल क्षेत्र कुण्ड (गङ्गा पोखरी) १०८ धारा जडित तेस्रो आँखा २१६ शिवलिङग, १०८ स्वर्गद्वारी सिंढी, शिव ताण्डब नृत्य तथा अन्तराष्ट्रिय ध्यान केन्द्र, मोनोरेलद्वारा भगवान श्री गणेश परिक्रमा, सुमेरु पर्वतमा कुमार पार्वतीको मृति, शौचालय सहित सुबिधा सम्पन्न प्रशासनिक भबन, फूलमाला बिक्रिका लागि ४१ वटा व्यवसायीक शटर, कम्पाउडवाल, २०० मिटर पक्की पहुँचमार्ग लगायतका भौतिक संरचना निर्माण भएको अध्यक्ष बरालले बताउनु भयो ।
प्रारम्भमा २० करोड लागत अनुमान गरिएको उक्त परियोजना काम गर्दै जादा हाल दोब्बर लगानीको परियोजना बनाउने लक्ष्यका साथ अघि बढेको उहाँले बताउनु भयो । योजनामा बिज्ञको राय र दानवीरको उर्जा ध्यानमा राखी बृहत आयोजना तयार गरिएको र सो आयोजनाको लागत ४० करोड हुन पुगेको समितिले जनाएको छ । हालसम्म झण्डै २७ करोड लगानी भैसकेको र करिब १ करोड ऋणको व्ययभार समेत भएको अध्यक्ष बरालले उल्लेखगर्नु भयो ।
गण्डकी प्रदेशका पूर्व अर्थ मन्त्रि रामजी प्रसाद बराल जीवनले कसैले पनि इतिहासलाई विर्सन नहुने बताउदै उक्त बिशाल महालदेवका मुर्ति निर्माणमा पहिला भुम्दीकोट टावरबाटै यसको सुरुवात भएको बताउनु भयो । बिषेश गरी आफ्नो पहलमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट उक्त टावर निर्माणमा सहयोग प्राप्त भएको उहाँकोे भनाई छ । हाल उक्त टावरलाई डम्बरुको आकारमा परिमार्जन गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, समाजसेवी एवं उद्योगपति हरि पाण्डे, स्वामि गुरुहरु सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।