फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने मुख्यमन्त्री पाण्डेको भनाई

-


     पोखरा क्लिक     
     मंसिर २१ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २१, मंसिर

पोखरा उद्योग बाणिज्य संघको आयोजनामा आज (विहिबार) देखि पोखरामा राष्ट्रिय औधोगिक व्यपार मेला सुरु भएको छ । पोखरा प्रर्दशनी केन्द्रमा यही पुष १ गतेसम्म संचालन हुने उक्त मेलाको विहिबार उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्योग व्यपारको प्रबद्र्धन गर्न कानूनि अप्ठ्यारा भएको अबस्थामा त्यसको सहजीकरण गर्न प्रदेश सरकारले रहेको बताउनुभयो ।

सरकारले दोश्रो पन्चबर्षीय योजना बनाउन लागेकोले कुनै उद्योगी व्यवसायी तथा आम प्रदेश बासीको कुनै सुझावहरु भए समयमै दिन हुन उहाँले आग्रह समेत गर्नु भयो । मुख्यमन्त्री पाण्डेले फेवाताल संरक्षण गर्ने बिषयमा अदालतले दिएको आदेश कार्यान्वयन गर्न आफुहरु कटिवद्ध भएको बताउनु भएको हो । यसमा सबैको साथ सहयोग आवश्यक भएको बताउदै उहाँले आदेशमा स्तानिय, प्रदेश र संघ सरकारको समेत साथ सहयोग र समन्वय भूमिका आवश्यक भएको जनाउनु भयो । फेवातालको ६५ मिटर भित्र रहेका अवैध संरचना हटाउने र वैध संरचनाको क्षतिपुर्ति दिने गरी त्यसको बिषयमा आफुहरुले चरणवद्ध रुपमा छलफल गर्नसुरु गरेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो ।

फेवाताललाई जति संरक्षण गर्न सकिन्छ त्यती नै यहाँको पर्यटन प्रबद्र्धन हुने मुख्यममन्त्री पाण्डेले दाबी गनर््ु भयो । अदालतले दिएको निर्णय पालना गर्न आफुहरु कटिवद्ध भएको उहाँले बताउनु भयो । पोखरालाई पर्यटकीय राजधानिको रुपमा घोषणा गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । पोखरा पर्यटनको राजधानिको रुपमा घोषणा हुदा तत्काल केही पाउनु भन्दा पनि पर्यटकहरुलाई यसले केन्द्र बनाउन सकिने उहाँको भनाई थियो ।

गाजा र घरेलु मदिरालाई प्रदेश सरकारले कानूनि रुपमै मान्यता दिने तयारी गरेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो “गाजा केवल लागु पदार्थ मात्र होइन यो औषधीजन्य गुण भएको बस्तु हो, यसको उद्योगधन्दाबाट बस्तुहरु उत्पादन हुन सक्छन त्यसैलाई टेकेर प्रदेश सरकारले कानून निर्माण गर्न लागेका छौं, यसमा एउटै चिन्ता छ यसको दुरुपयोग नहोस । “ यस बिषयमा मस्यौदा समेत तयार भएको बताउदै मुख्यमन्त्री पाण्डेले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने र गाँजा उत्पादनको लागि कानूनि रुपमा मान्यता दिने गरी अघि बढ्न लागेको बताउनु भयो । आगामी करिब डेढ महिनामा बस्ने संसद बैठकमा यी दुई बिषयको सदनमा छलफल हुने उहाँले बताउनु भयो ।

प्रदेशका उद्योग पर्यटन पन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले प्रदेशको राजधानि पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा सरकार तयार रहेको बताउदै पर्यटक आकषर्णका केन्द्रहरुको संरक्षण र प्रचार प्रसार गर्न आग्ह गर्नु भयो । प्रदेशका सांसद बिन्दुकुमार थापाले देशको अहिलेको यो अबस्थामा उद्योगी व्यावसायीहरुलाई राज्यले केही सहुलियतका कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो। पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतीको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो। उक्त मेलामा करिब २ सय ५० वटा स्टलहरु रहेको बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले एटुजेडलाई बताउनु भयो ।