पोखरा २०, मंसिर
पोखराको जोजिजु म्युजिक स्कुल रानीपौवाको मंचमा नारायण गोपाल कालजयीका गीतहरु गुन्जिएका छन् । पोखरेली कलाकारहरुले स्वर सम्राट नारायण गोपाल स्मृतिमा आयोजित ३३ औ नारायण गोपाल स्मृति दिबस –२०८० मा नारायण गोपालका गीत गाएर सङ्गीत धुन बजाएर सम्झिएको स्कुलका संचालक बिनित जोजिजुले बताउनु भयो ।
कार्यक्रमलाइ सफल बनाउन जोजिजु म्युजिक सेन्टर समयोजन सप्तरङ्गी सास्कृतिक प्रतिस्ठान पोखरा नेपालको आयोजना तथा पोखरा प्रज्ञा प्रतिस्ठान सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अथिति पोखरा प्रज्ञा प्रतिस्ठानका कुलपति पदम राज ढकालले नेपाली संगितको क्षेत्रमा नारायण गोपालले धेरै योगदान पुराएको दाबी गर्नु भयो ।
कार्यक्रम सप्तरङ्गी सास्कृतिक प्रतिस्ठान का अध्यक्ष नबराज बरालको अध्यक्षता भएको कार्यक्रमलाइ प्रतिस्ठानका सचिब एबम जोजिजु म्युजिकका ब्यबस्थापक सानु जोजिजुले कार्यक्रम संचालन गर्नु भएको थिए । कार्यक्रममा नबराज बराल ÷ सबिना सुनाम, पिङ्गला भट्टले तिमि देउ या नदेउ र सिरिमा सिरी, बिनित जोजिजुले बिर्सेर फेरी मलाई नहेर, लक्ष्मी गिरीले मेरो आखालाइ राख्ने, बिनोद राइले झरेको पात झै, प्रदिप सारु मगरले मेरो गीत मेरो प्रतिबिम्ब, एम डि काफ्लेले तिम्रो जस्तो मुटु वोलको गित प्रस्तुत गर्नु भएको सप्तरङ्गी सास्कृतिक प्रतिस्ठानका उपाध्यक्ष अभिमन्यु बिक्रम राणाले बताउनु भयो ।
त्यसै गरी जय चापागाईंले केही मिठो बात गर, सबिना सुनामले अल्झेछ क्यारे पछ्यौरी, अर्जुन नकर्मीले तिम्रो जस्तो मुटु, नबिन छन्त्यालले यति चोखो यति मिठो, नबिन थापाले केहि मिठो बात गर, रोशन गुरुङले सानै हुरीमा प्रस्तुती राख्नु भएको थियो ।
त्यस्तै गौरव थापाले मलाई नसोध, महिमा श्रेष्ठले कार्यक्रम संचालन को साथै यति धेरै माया दिइ उत्प्रेम जोजिजुले मलाई नसोध कहाँ दुख्छ घाउ विशेष प्रस्तुति बाध्यबादन मार्फत सानु जोजिजुले भोइलिन बाट यति धेरै माया दिइ गीत को धुन प्रस्तुति दिएको नारायण गोपाल स्मृति दिबस –२०८० मा बाध्यबादक हार्मोनियममा नबराज बराल पप्पु थापा मगर, तबलामा मिलन गिरी, गितारमा उत्प्रेम जोजिजु, बेस गितारमा अनुपम, क्याजोनमा जय चापागाईंले साथ दिनु भएको थियो ।