कास्कीमा नयाँ दर्ता हुने सवारी साधनलाई अब इम्बोस्ड नम्बर अनिवार्य

-


     पोखरा क्लिक     
     मंसिर १७ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १७, मंसिर

केही समय अनिवार्य गरिएको इम्बोस्ड नम्बर कास्कीमा नयाँ दर्ता हुने सवारी साधनबाट पुनः इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी, कास्कीमा नयाँ दर्ता हुने सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न अनिवार्य गरिएको हो ।

यातायात व्यवस्था कार्यालय सवारी कास्कीले २०८० मंसिर १० गतेबाट अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न सूचना जारी गरेको थियो । पहिलो चरणमा नयाँ दर्ता गरेकाहरुको लागि अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न आव्हान गरिएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका कार्यालय प्रमुख डिल्लीराज रिजाले बताउनु भयो । नामसारी देखि नविकरण गर्नेहरुको समेत अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्दै लैजाने योजना भएको प्रमुख रिजालले जनाउनु भयो ।

हालसम्म गण्डकीमा २ हजार ६ सय वटा सवारी साधनको इम्बोस्ड नम्बर जडान भएको प्रमुख रिजालले बताउनु भयो ।
कार्यालयले दैनिक हाल ६० देखि ७० वटासम्म इम्बोस्ड नम्बर जडान गर्ने क्षमता रहेको उहाँले जनाउनु भयो । विभागले यदि सर्भरको क्षमता बढाइदिएको खण्डमा अहिलेको दोब्बर बढीलाई इम्बोस्ड नम्बर जडान गर्न सकिने प्रमुख रिजालले बताउनु भयो । उहाँका अनुसार कास्कीमा ३ लाख सानो तथा ठुला गरी सवारी साधनहरु दर्ता भएका छन् । जसमध्य २ लाख २५ हजार जसो मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन्। उक्त इम्बोस्ड नम्बर जडान गर्दा २ हजार ५ सय रुपैया शुल्क लाग्ने गर्दछ ।

केही समय अघि बसैलाई अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्न आव्हान गरे पनि कार्यालयको इम्बोस्ड नम्बर जडान गर्ने क्षमता कम भएकोले त्यसलाई स्थगित गरिएको थियो ।