समाज

सेन्ट्रल गार्डनको कौसी खेती तथा बिउ बिज सहयोग

पोखरा, २२ असोज लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले पार्वती टोल पोखरा बसपार्कमा एकदिने कौसी खेती तालिम तथा बिउ बिज सहयोग कार्यक्रम सम्पन्न गरेको छ । तालिमको क्लबका संस्थापक अध्यक्ष हरि भाटले उद्घाटन गर्दै क्लबले यो वर्ष महिला दिदीबहिनी लक्षित कार्यक्रमलाई अगाडि बढाएकोमा सोही अनुरूप महिला लक्षित कार्यक्रम आयोजना गरिएको बताए । कृषि विज्ञ सञ्जिपबहादुर बरालले सहजीकरण गर्दै बजारको महंगीबाट परेको असरलाई थोरै भए पनि न्यूनीकरण गर्न कौसी खेती एउटा सहयोगी माध्यम भएको बताए । उनले कौसीखेतीका नाममा घरको कौसी… पुरा पढौ

पोखरामा असोजको अन्तिम साता दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल हुने

पोखरा २२,असोज पोखरामा ३५ वर्ष माथिका पुरुष विच दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल प्रतियोगिता हुने भएको छ । पोखरा १६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा बडादशैंको अवसर पारी यही असोज २६ गते देखि २८ गतेसम्म स्थानिय बाटुलेचौर खेल मैदानमा भलिवल प्रतियोगिताको साथै विविध कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष मिन वहादुर गुरुङले जानकारी दिनुभयो । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पोखराका १६, १९,२० र १ नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी टिमले सहभागिता जनाउन सक्ने र २४ गतेभित्र… पुरा पढौ

अरुणको शतकसंगै साँग्रिला फाइनलमा ः अर्को सेमिमा आर.के. र कास्की क्लव भिड्ने

असोज २२,पोखरा अरुण अधिकारीको शतकिय पारीमा जित निकाल्दै साँग्रिला क्रिकेट क्लव पोखरामा जारी महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको सेमिफाइनलमा साँग्रिलाले अरण्यज्योती क्रिकेट क्लवमाथि ६९ रनको जित निकालेको हो । पहिला व्याटिङ गरेको साँग्रिलाले १ सय ९२ रनको ठूलो योगफल तयार पार्दा अरुणले ६९ बलमा १०० रन बनाए । विपिन खत्रीले १४ बलमा ३३ हाने । अरण्यज्योतीका सन्तोष सर्माले २ तथा मुकेश गुप्ता र दिवस गिरीले १÷१ विकेट लिए ।… पुरा पढौ

असोज २३ गते राष्ट्रिय शोकको घोषणा

पोखरा २२, असोज इजरायलमा प्यालेष्टाइनको हमलामा परी निधन भएका नेपालीहरुप्रति नेपाल सरकारले उच्च सम्मान व्यक्त गर्दै मंगलबार असोज २३ गते राष्ट्रिय शोकको घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त घोषणा सहित केही निर्णयहरु समेत गरेको छ । अन्य निर्णयहरु निम्न बमोजिम रहेका छन्। १। मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० ९दश० जना नेपालीको दुःखद् निधन भएकोमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठकमा खेलकुदको संस्थागत विकासका लागि जोड

पोखरा, असोज २२ प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठक सोमबार परिषदको कार्यालयमा सम्पन्न भएको छ । परिषदको बोर्ड बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिने विषयलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णयहरु गरि सम्पन्न भएको हो । परिषदकी अध्यक्ष एवं सामाजिक विकास तथा स्थास्थ्य मन्त्री शुसिला सिंम्खडाको अध्यक्षतामा भएको बैठकमा दुई वटा कार्यविधि संगै खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धि मापदण्ड २०८० पारित गरेको छ । बैठकले पारित गरेका दुई वटा महत्वपूर्ण कार्यविधिमा गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा संचालन कार्यविधि २०८०… पुरा पढौ

पुम्दी भुम्दीमा असोज २६ देखि २८ गते सम्म ३ दिने निःशुल्क स्वास्थ्य शिविर हुने

दीननाथ बराल पोखरा २२, असोज पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालको आयोजनामा यही असोज २६ देखि २८ गतेसम्म पोखरा २२ (पुम्दी—भुम्दी) मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २२ को कार्यालय र स्वास्थ्य चौकीको समन्वयमा तीन दीनसम्म वडा कार्यालयमै निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको नेलम्बो नेपालका अध्यक्ष एकदेब देबकोटाले बताउनु भयो । उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग, हाडजोर्नी, छाला, नाक, कान, घाँटी, सामान्य जाँच, दन्त रोग लगायतको उपचार गरिने भएको उहाँले बताउनु भयो ।… पुरा पढौ

साङ्गीतिक व्याण्ड ‘एक्सिस’ एक दशक पछि किङस लाउन्ज पोखरामा

दीननाथ बराल पोखरा २२, असोज साङ्गीतिक व्याण्ड ‘एक्सिस’ले करिब एक दशक पछि पोखरामा पुनः प्रस्तुतीः राख्ने भएको छ । यही असोज २५ गते (विहिबार) लेकसाइड स्थित किङस लाउन्ज पोखरामा एक्सिस व्याण्डको बिषेश प्रस्तुती हुने तयारी गरिएको छ । पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा एक्सिसको प्रस्तुतीःले पोखरेलीहरुलाई भरपूर्ण मनोरन्जन दिलाउने भएको पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकका निर्देशक विकेस कायस्थले बताउनु भयो । उहाँले भन्नुभयो“ हामीलाई विश्वास छ, पोखरा यस्तो शहर हो जहाँ प्राकृतिक, सांस्कृतिक सहित साङ्गीतिक व्याण्डहरुलाई उत्तिकै साथ… पुरा पढौ

मुस्ताङमा भेंडा–च्यांग्राको स्वास्थ्य परिक्षण गरी पोखरा तर्फ आउदै

पोखरा २२, असोज हिमालपारीको जिल्ला मुस्ताङमा हुर्काइएका भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण गरी पोखरा तर्फ ल्याईदै छ । मुस्ताङमा हुर्काइएका भेंडा च्यांग्राको बिक्रि वितरणको लागि दशैं पर्व लक्षित गरी पोखरा तर्फ भेंडा च्यांग्रा ल्याउन सुरु भएको व्यवसायीहरु बताउनु हुन्छ । स्थानिय किसानहरुले हुर्काएका भेंगा च्यांग्रा यस बर्षको लागि बिक्रि गर्ने उद्धेश्यले मुस्ताङबाट बाहिरिने भेंगा च्यांग्राको स्वास्थ्य परिक्षण गरेर मात्र पठाउन सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले एटुजेडलाई बताउनु भयो । भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण हालसम्म करिब… पुरा पढौ

चाडपर्वको बेला सरकार उपभोक्ता हित संरक्षणका सवालमा सचेत छ स् मुख्यसचिव डा। अर्याल

काठमाडौ २२, असोज नेपाल सरकारका मुख्यसचिव डा। वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा मासु, लत्ताकपडाको मूल्यमा अस्वाभाविक मूल्य बृद्धि हुनुका साथै कृत्रिम अभाव सिर्जना भईरहेको अवस्थालाई मध्यनजर गर्दै आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित एक कार्यक्रमको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले सो कुरा बताएका हुन् । उनले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य… पुरा पढौ

इजरायलमा १० नेपालीको मृत्यु, अलपत्र परेका नेपालीले सम्पर्क गर्न परराष्ट्र मन्त्रालयको आग्रह

पोखरा २२, असोज इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ । इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको एजेन्सिहरुले जनाएका छन्। इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका बताइएको छ भने आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । त्यसै गरी लामिखाल–८ डोटीका पदम… पुरा पढौ