अष्ट्रेलियन फुटवल (फुटी) पोखरामा पहिलो पटक मैत्रिपूर्ण खेल सम्पन्न
दीननाथ बराल पोखरा २०, असोज अष्ट्रेलियन फुटवल (फुटी) औपचारिक रुपमा नेपाल भित्रिएसंगै शनिबार यस खेलको पहिलो मैत्रिपूर्ण खेल समेत आयोजना भएको छ । हिमालयन लियो पाट्र्स र नेपाल अष्ट्रेलिया आल्मुनाई संघको संयुक्त आयोजनामा पोखराको कोमागाने पार्कको खेल मैदानमा शनिबार औपचारिक रुपमा उक्त खेल भित्रिएसंगै सो खेलको मैत्रिपूर्ण फुटी आयोजना भएको पाट्र्सका सल्लाहकार नारायण पहारीले बताउनु भयो । शनिबार भएको मैत्रिपूर्ण खेलमा ताल वराही माविले लेकसाइड लायन्सलाई ६८–११ को बिशाल गोल अन्तरले पराजित गरेको छ । संघका संस्थापक समेत रहनु भएका…
पुरा पढौ
पोखरामा कत्थक नृत्य प्रस्तुत
असोज २०, पोखरा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र,काठमाडौं र गण्डकी प्रज्ञा–प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा पोखरामा कत्थक नृत्य प्रस्तुती गरिएको छ । कार्यक्रमको मुख्य आर्कषणको रुपमा भारतकी स्थापित कत्थक नृत्य कलाकार तथा प्रशिक्षक रञ्जना फड्के रहेकी थिइन् । ३० वर्ष भन्दा बढी समयदेखि कत्थक नृत्यको क्षेत्रमा सक्रिय फड्केलाई नृत्य प्रस्तुत गर्न विगत १० वर्षदेखि कत्थक नृत्यमा सक्रिय बनिरहेका रसिला गांगल र सुरवीले साथ दिएका थिए । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जित प्रकाश आले मगरको…
पुरा पढौ
पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात
असोज २०,पोखरा पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा शुरु प्रतियोगिताको पहिलो दिन साँग्रिला क्रिकेट क्लवले लेकसाइड क्रिकेट क्वलमाथि १ सय ६१ रनको फराकिलो जित निकाल्यो । सिब्रिन श्रेष्ठको धुवाँदार व्याटिङमा साँग्रिलाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेका थियो । शतकिय पारी खेलेका सिब्रिनले ५० बलमा १ सय ३ रन बनाए । बिपिन खत्रीले ११ बलमा…
पुरा पढौ
मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ स् मुख्यमन्त्री पाण्डे
पोखरा २०, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन् । ‘गण्डकी प्रदेश समृद्धीको मुख्य क्षेत्र पर्यटन हो, यसमापनि जिल्लागत विविधता छ’ उनले भने ‘मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ ।’ मुक्तिनाथ मन्दिर, कागवेनी धार्मिक क्षेत्र, कोरोला नाका र उच्च हिमाली मैदानमा खेल अभ्यास गर्ने पर्यटकलाई लक्षित बजेट सहित कार्यक्रममा प्रदेश सरकारको प्राथमिकता रहेको उनले बताए । ‘पर्यटन सँगै कृषिलाईपनि प्राथमिकता दिनुपर्छ, यहाँ उत्पादन हुने…
पुरा पढौ
आइतबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
पोखरा २० असोज । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस्ता पसलबाट…
पुरा पढौ
दसैँका लागि टिकटको अग्रिम बुकिङ असोज २२ बाट
पोखरा २० असोज । दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफल पश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको…
पुरा पढौ
आजको मौसम पूर्वानुमान ः चार प्रदेशमा पानी पर्ने
पोखरा २० असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती…
पुरा पढौ
बझाङका भूकम्प प्रभावितलाई तत्काल प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौँ २० असोज। प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङका भूकम्प प्रभावितहरुलाई तत्काल ५० हजार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री दाहालले अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । मंगलबारको भूकम्पबाट भएको क्षतिको स्थलगत अवलोकन गर्न शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गरेका छन् । त्यसक्रममा प्रधानमन्त्री दाहालले घर पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे ।…
पुरा पढौ
एक सातामा पोखरामा भेंडा–च्यांग्रा आउने , मुल्य बढ्ने संकेत !
दीननाथ बराल पोखरा १९, असोज अबको करिब एक सातामा हिमालपारीको जिल्ला मुस्ताङ क्षेत्रमा हुर्काइएका भेंडा—च्यांग्रा पोखरा क्षेत्रमा ल्याउने तयारी गरिएको छ । माथिल्लो मुस्ताङ (लोमन्थाङ) बाट यस बर्षको लागि बिक्रि गर्ने भेंगा च्यांग्रा पोखराको लागि हिडी सकेको एक भेंडा च्यांग्रा व्यवसायी आङग्याल गुरुङले बताउनु भयो । उपल्लो मुस्ताङ (लोमन्थाङ) का गुरुङले यस बर्ष करिब ६ सय वटा भेंगा च्याङग्रा पालना गरे पनि दशैं पर्व लक्षित गरी २ सय ५० वटा मात्र बिक्रि गर्ने योजना बनाउनु भएको छ । लोमान्थाङ गाउँपालिका…
पुरा पढौ
एसियाली खेलकुदमा नेपाललाई कबड्डीले दिलायो पहिलो पदक
पोखरा १९, असोज चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपाललाई कबड्डी खेलले पहिलो पदक दिलाएको छ । नेपालले महिला तर्फ उक्त खेलबाट कास्य पदक प्राप्त गर्न सफल भएको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसंग पराजित भएको छ । भारतसंग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित हुदा पनि पहिलो कास्य पदक प्राप्त गर्न सफल भएको हो । भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो । नेपाल समूह ‘बी’को उपविजेता हुदै सेमिफाइनल प्रवेश गर्दा भारत समूह ‘ए’ को विजेता हुदै सेमिफाइनलमा…
पुरा पढौ

