दीननाथ बराल
पोखरा २, माघ
शुन्दर नगरी पोखराको बेगनासताल क्षेत्रमा केही समय देखि संचालनमा आएको होटल मकाउले पुन आउने पर्यटक(आगन्तुक) लाई बिषेश छुट दिने भएको छ । उक्त होटलमा पुनः आउने पर्यटकलाई होटलले न्यूनतम १० प्रतिशत छुटको व्यबस्था गरिएको होटल संचालक रामप्रसाद गुरुङ ( किसान) ले बताउनु भयो ।
स्तर अनुसार २ हजार ५ सय देखि ७ हजार मुल्य सम्मका रूमहरू होटलमा रहेका छन भने होटलले नयाँ बर्ष, दशै, तिहार लगायतका विशेष अवसरमा पर्यटकहरुलार्ई १५ प्रतिशतसम्म छुट दिने गरेको छ त्यस्तै जन्मदिन बिशेष र म्यारिज एनिभर्सरी बिशेष रहेका आगन्तुक पाहुनाकोे लागि होटलले निःशुल्क केक उपहार प्रदान गर्दै आएको छ ।
ग्राहकको सेवा, सुरक्षा र सन्तुष्टी नै पहिलो लक्ष्य राखेर सञ्चालनमा रहेको मकाउले विदेशी सहित नेपालका चर्चित कलाकार, गायक, गायिका, सफल व्यवसायी, नेता लगायतका विशिष्ट व्यक्तिहरूलाई समेत आतिथ्यता प्रदान गरिसकेको छ । पृथ्वी राजमार्गको नजिकै तालचोकबाट बेगनासतालतर्फ आउने क्रममा बाटोमा पर्ने मकाउ यस क्षेत्रमा पर्यटकको रोजाईमा पर्ने किसानले अपेक्षा गर्नु भएको छ । होटलमा डिलक्स, सुपरडिलक्स र एक्ज्युकेटिभ स्विट गरी २६ वटा रुम छन् ।
देशको विसम परिस्थितीमा कोभिडबाट प्रभावि भएको अबस्थामा लगानी भई विगत दुई अघि देखि संचालनमा आएको उक्त होटलले आगन्तुक पाहुनालाई हालसम्म पुनः आउने गरी आतिथ्यता दिएको संचालक किसानले बताउनु भयो । सात तालको बाटिका शहर लेखनाथ क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न किसानको एकल लगानीमा संचालन आएको हो । उर्जाशिल उमेरमा चाईवान, कोरिया र हङकङमा बसेर प्राप्त गरेको ज्ञान, सिपको साथै आर्जन गरेको केही पैसा समेत उक्त होटलमा लगानी गर्नु भएको हो । श्रीमती पानकुमारी गुरुङको साथमा किसानले करिब १२ करोडको लागनीमा उक्त होटल संचालन गरेसंगै स्थानिय १२ जनालाई रोजगारको अवसर समेत दिनु भएको छ ।
करीब तिन रोपनी क्षेत्रफलमा संचालन भएको होटलमा होटलमा आर्कषक रेष्टुरेन्ट र बारको पनि व्यवस्था गरिएको छ भने ग्राहकहरूको अर्डर अनुसारका स्वादिष्ट, फ्रेस र ताजा खाना, खाजा र ग्रिल फिसको समेत व्यवस्था गरिएको छ । लेखनाथको बेगनासताल, रूपाताल क्षेत्रमा आउने पर्यटकहरूलाई लक्षित गरी २६ वटा रुम संचालनमा ल्याईएको मकाउ पोखरा महानगर पालिका वडा नं ३१ बेगनास ताल नजिकै नहरचोकमा रहेको छ । होटलका सबै कोठामा चिसोतातोपानी, सहितका डिलक्स, सुपर डिलक्स, कोरियन, बाथटप र ज्याकुजी सहितको सुविधा रहेको किसानले दाबी गर्नु भयो । पोखरा क्षेत्रमा भएका पर्यटकीय स्तरका होटलको भन्दा कुनै कमी नहुने गरी सेवा सुविधा उपलब्ध गराएको किसानले दाबी गर्नु भयो ।
ग्राउण्डफ्लोर रेष्टुरेन्ट एण्ड बार तथा रुफटपमा ओपन स्काई रेष्टुरेन्ट एण्ड बारको सुविधा रहेको होटलबाट हिमश्रृखला, बेगनास ताल र वरपरको दृश्यावलोकन गर्न सकिने जनरल म्यानेजर विरेन्द्र पौडेलले बताउनु भयो । अधिकांश रुमबाटै हिमश्रृखला अवलोकन गर्न सकिने उहाँले बताउनु भयो । होटलमा आगन्तुक पाहुनालाई नेपाली टिपिकल खानाको साथमा नेपाली, इण्डियन, चाइनिज र कन्टिनेन्टल खानाको स्वाद पर्यटकले लिन पाउनेछन् ।
धेरै साथीहरुले पोखराको लेकसाइड क्षेत्रमा लगानी गर्न सुझाव दिदादिदै आफुले आफ्नो गाँउ ठाँउको पहिचान सहित आफ्नै क्षेत्रमा केही गरौं भनेर विदेशमा कमाएको कमाई बेगनासमा लगानी गरेको किसानले जनाउनु भयो । दुई बर्षको प्रारम्भिक चरणमा आफ्नो पेशा प्रति सन्तुष्टि रहेको उहाँले सुनाउनु भयो । लेखनाथ उद्योग बाणिज्य संघको सदस्य समेत रहनु भएको किसानले सामाजिक क्षेत्रमा केही न केही गर्ने योजना समेत रहेको उल्लेख गर्नु भयो ।