खेलकुद र खेलाडी उत्पादनमा लगानी आवश्यकः सांसद भट्टराई, साडीमा मार्च पास

-


     पोखरा क्लिक     
     माघ २ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा २, माघ,

प्रतिनिधि सभा सदस्य (सांसद) बिद्या भट्टराई (अधिकारी) ले नेपालको खेलकुद र खेलाडी उत्पादनमा लगानी गर्नुपर्ने बताउनु भयो । पोखरा महानगरपालिका वडा न. १५ को वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सवको मंगलबार पोखरामा उद्घाटन गर्दै सांसद भट्टराईले नेपालमा खेलकुदको राम्रो सम्भावना रहेकोले विश्वका कुनै पनि मुलुकसंग खेलाडीहरुले मात्र प्रतिष्प्रर्धा गर्न सक्ने भएकोले खेलकुद क्षेत्र र खेलाडी उत्पादनमा लगानी गर्नुपर्ने बताउनु भएको हो ।

देशलाई परिचित गराउने सजिलो माध्य खेलाडी भएको दाबी गर्दै सांसद भट्टराइले खेलाडीको विकासको लागि राज्यले उचित ढंगले लगानी गर्न नसकेको गुनासो गर्नु भयो । शिक्षा ऐन बनाउने क्रममा रहेको बताउदै उहाँले हरेक बिद्यालयमा एक खेल मैदान हुनै पर्ने कानूनि व्यवस्था गर्न लागिएको जनाउनु भयो । खेल मैदानसंगसंगै खेलकुद क्षेत्रलाई प्रोत्साहन गरी खेलाडी उत्पादनमा राज्यले लगानी गर्नु पर्ने सांसद भट्टराइको भनाई छ ।

जनस्तरको तल्लो सरकार भनेकै वडा भएकोले वडा र पालिकाहरुमा यस्ता प्रकृतिका खेलकुदका गतिविधि निरन्तर हुन आवश्यक भएको बताउदै उहाँले राज्यले खेलकुद क्षेत्रमा प्रयाप्त मात्रमा लगानी गर्न नसकेको जनाउनु भयो । भोलिको दिनमा खेलाडी उत्पादनमा लगानी गर्नु पर्ने सांसद भट्टराइले बताउनु भयो ।

शहरको निर्माण भई रहदा एक्लीदै जाने अबस्था हुने बताउदै सांसद भट्टराइले यस्ता खेल गतिविधिले एक आपसमा चिनजान र सहकार्य गर्ने राम्रो माध्यम तथा प्रतिभा प्रस्फुटन गर्न सहज हुने उल्लेख गर्नु भयो । उद्घाटनको अवसरमा साडीमै आमा समुह तथा टोल विकास विकास संस्थाबाट महिलाहरुले मार्च पास गर्नु भएको थियो । उक्त खेलकुद महोत्सवमा एक हजार भन्दा बढी महिला तथा पुरुष खेलाडीहरु सहभागि भएको सदस्य मन्दिरा परियारले बताउनु भयो ।

पोखरा महानगरपालिका वडा न. १५ को वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सव यही माघ ४ गतेसम्म बन बिज्ञान अध्ययन संस्थानको खेल मैदानमा उक्त महोत्सव संचालन हुने भएको पोखरा १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले बताउनु भयो । खेलकुद र खेलाडी उत्पादन गर्ने उद्धेश्यले गत बर्ष देखि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले जनाउनु भयो । उक्त प्रतियोगितामा ९ वटा विधामा प्रतिष्प्रर्धा भएको पोखरा १५ का वडा सदस्य तथा खेलकुद कार्यक्रमका संयोजक आशिष भण्डारीले बताउनु भयो ।

टोल बिकास तथा क्लब फुटवलमा १४ टिम, विद्यालय स्तरिय फुटवलमा १० टिम, महिला भलिबलमा ९ टिम, पुरुष भलिबलमा १० टिम, पुरुष सडक दौडमा १६ टिम, रस्साकस्सीमा १२ टिम, व्याडमिन्टन पुरुष (डबल) मा १४ टिम, व्याडमिन्टन पुरुष (डबल) मा ८ टिम सहभागि भएको अध्यक्ष बानियाँले बताउनु भयो ।

महोत्सवमा पुरुष, महिला, विद्यालय तथा अपाङ्गता भएका व्यक्तिहरु विच फरक फरक इभेण्टहरुमा प्रतिस्पर्धा हुदै छ । पुरुषतर्फ टोल तथा क्लवहरुविच फुटबल, भलिबल, ५० वर्ष माथिकाहरुको सडक दौड, डबल्स ब्याडमिण्टन हुने छ भने, महिलातर्फ भलिबल, रस्साकसी, ४० वर्ष माथिकाहरुको सडक दौड, डबल ब्याडमिण्टन र विद्यालय स्तरिय फुटबल तथा अपाङ्गता भएका व्यक्तिहरु विच बास्केट बल प्रतियोगिता हुने वडा सदस्य तथा खेलकुद कार्यक्रमका संयोजक आशिष भण्डारीले बताउनु भयो ।