श्रीलंका जाने भलिबल टोलीलाई बिदाई
पोखरा १९, असोज श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्न जाने नेपाली पुरष भलिबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकास कुमार कुसारीले शुक्रबार विदाई गरे । च्याम्पियनसिप अशोज २२ देखि २८ गते सम्म आयोजना हुने छ । नक्सालस्थित क्राउन प्लाजामा आयोजित कार्यक्रममा निमित्त सदस्य सचिव कुसारीले नेपाली खेलाडीहरुको खेलस्तर उच्च स्तरको रहेको भन्दै प्रतियोगिता जितेर आउनका लागि शुभकामना दिए । उनले खेलाडीहरुको खेलस्तरमा निकैनै बृद्धि भएको भन्दै प्रतियोगितामा सफलता हात पार्नेमा आफु बिश्वस्त रहेको…
पुरा पढौ
खुल्ला सेभेन ए साइड फुटबल जारी, दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न
पोखरा १९, असोज एट टु नाइन गाइजको आयोजनामा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न भएका छन । पोखरा १३ माछापोखरी खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा नेभरमिट एफसीले मसिना एफसीलाई २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा रामघाट गुम्बा ‘ए’ ले मन्थन एफसीलाई १–० गोले हरायो । तेस्रो खेलमा नमस्ते एफसीले वाकओभर पायो । प्रतिद्वन्द्वी एसएनएस बि–१३ ले खेलमा सहभागिता नजनाएपछि वाकओभर पाएको हो । चौथो खेलमा…
पुरा पढौ
पोखरा आर्दशको आयोजनामा लायन्सको अन्र्तराष्ट्रिय वैठक पोखरामा
पोखरा १९, असोज लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ आई नेपालको दोस्रो क्याविनेट वैठक पर्यटकीय नगरी पोखरामा हुने भएको छ । लायन्स क्लव अफ पोखरा आर्दशको आयोजनामा यही असोज २६ र २७ गते विभिन्न जिल्लाका लायन्स क्लवको सहभागितामा वैठक हुन लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । काठमाण्डौं, पर्वत, म्याग्दी,लमजुङ, गोर्खा लगायतका क्षेत्रवाट करिव १ हजार लायन सदस्यको सहभागिता रहने क्लवका संस्थापक अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक नविन भण्डारीले जानकारी दिनुभयो । दुई दिनसम्म हुने कार्यक्रममा २६ गते क्याविनेट…
पुरा पढौ
मापदण्ड नपुगेका बालगृहहरूलाइ कानुनी दायरामा आउन निर्देशन
असोज १९, पोखरा जिल्ला समन्वय समिति कास्कीले बालगृहहरूसंग बार्षिक समिक्षा सहित अन्तर्क्रीया कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार कास्कीका विभिन्न गैर सरकारी संस्थाहरूद्वारा संचालित बालगृहको अबस्था संचालित परियोजनाको बार्षिक समिक्षा सहित कठिनाइ र निराकरणका उपाय सम्बन्धमा अन्तर्क्रीया गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले यशअघि आफुहरूले बालगृहहरूको स्थलगत अनुगमन गरेको र सो क्रममा देखिएका कमिकमजोरी सुधारका प्रदान गरेका सुझाव कार्यान्वयनको निम्ति ध्यानाकर्षण गराउदै पूर्ण कार्यन्वयन गराउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो। पौडेलले कास्कीका अधिकाम्स बाल…
पुरा पढौ
पोखरा–२५ का चार पसलमा महानगरको अनुुगमन, ५ हजार जरिवाना
पोखरा, असोज १९ पोखरा महानगरपालिकाले शुक्रबार पनि अनुगमन गरेको छ । महानगरपालिकाले वडा नम्बर २५ हेमजाका चार खाद्य पसलमा अनुगमन गरेको हो । मासुु, खाद्य र पुजा सामाग्रीका पसलमा अनुुगमन गरिएको महानगर सहकारी तथा उद्योग शाखा प्रमुुख भरतराज पौडेलले जानकारी दिए । अनुगमनका क्रममा पोखरा २५ मा सञ्चालनमा रहेको कृषब टे«डस र न्यु अधिकारी ट्रेड्सलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । फरक नामबाट दुुई पसल सञ्चालन गरेको तर वाणिज्य विभागमा नविकरण नगरेको, मुल्यसुची नटाँसेको चिनीको खरिद बिल देखाउन नसकेको…
पुरा पढौ
पोखरा म्याराथनको सह–प्रायोजकमा कृषि विकास बैंक
पोखरा÷असोज÷१९ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक लिमिटेडले सहयोग गर्ने भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते शनिबार आयोजना हुने १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कृषि बिकास बैंक सह–प्रायोजकको रुपमा रहने भएको हो । सह–पायोजक संगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बैकिङ्ग पार्टनरको भूमिकामा समेत कृषि विकास बैंक रहने मञ्चले जनाएको छ । “सम्पूर्ण बैकिङ्ग सुविधासहितको तपाँई हाम्रो घर आङ्गनको बैंक” भन्ने मुल नारा लिएर अघि बढेको कृषि बिकास…
पुरा पढौ
पोखरामा शनिबारदेखि अन्तर क्लव टी–ट्वान्टी क्रिकेट प्रतियोगिता
पोखरा , १९ असोज पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पोखरामा शनिबार देखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा ८ वटा क्लवहरुको सहभागिता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा हुने सो प्रतियोगितामा पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लव, राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, कास्की क्रिकेट क्लव, आर के भिक्टोरी क्रिकेट क्लव, आदर्श युवा क्लव र लेकसाइड…
पुरा पढौ
मनाङमा भीरबाट लडेर अमेरिकी पर्यटकको ज्यान गयो
दीननाथ बराल पोखरा १९, असोज हिमालपारीको जिल्ला मनाङमा भिरबाट लडेर एक अमेरिकी पर्यटकको ज्यान गएको छ । लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै गर्दा बिचमा पहिरो आएका कारण पहिरो पन्छाउने क्रममा गाडी रोकिएको अबस्थामा एक्कासी गाडीबाट झर्नु भएका अमेरिकी पर्यटक ६९ बर्षिय चार्ल्स केथ डेभिजको भिरबाट खस्न पुग्दा ज्यान गएको प्रहरीले जनाएको छ । श्रीमती वेथ एन फोड्रियत, गाईड, चालक र पोटर सहित बा ६ च ७५६ नम्बरको ल्याण्ड क्रुजर गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै गर्नु भएको डेभिजको अमेरिकी राहदानी…
पुरा पढौ
एमाले गण्डकी अध्यक्षमा म्याग्दीका शर्मा १ सय ६६ मतान्तरले विजयी
पोखरा १९, असोज नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा विजयी हुनुभएको छ । विहिबार बेलुका सार्वजनिक भएको मत परिणाम अनुसार शर्माले आफ्ना प्रतिद्धन्दी लमजुङका मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले पराजित गर्दै विजयी हुनु भएको हो । शर्माले ५ सय ३१ मत ल्याउँदा अधिकारीले ३ सय ६५ प्राप्त गर्नु भएको निर्वाचन कमिटिले जनाएको छ । त्यसै गरी उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी हुनुभयो । उहाँले ५ सय ३४ मत प्राप्त गर्नु भयो । उपाध्यक्षका अर्का उम्मेदवार…
पुरा पढौ
आइएसएसआरद्वारा पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम
पोखरा १८, असार इन्स्टिच्युड फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिर्सच (आइएसएसआर) र खबरहबले पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जापानका पूर्वगर्भनर एवम् एसियाली विकास बैंकका पूर्वप्रमुख प्रो.हारुहिको कुरुडाले नेपालमा आर्थिक विकासका धेरै सम्भावनाहरु भएको उल्लेख गरे । “नेपालले छिमेकी मुलुक चीन र भारतबाट सहयोग लिन सक्छ । प्राकृतिक सम्भावनाहरु पनि थुप्रै छन् । जसले अर्थतन्त्र विकासका लागि ठूलो भूमिका निर्वाह गर्नसक्छ ।”, उनले भने । हिमाल, खोलानालालाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।…
पुरा पढौ

