मुख्यमन्त्री पाण्डेद्धारा मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन, कृषि तथा पर्यटन महोत्सवको पनि सुभारम्भ
पोखरा १८, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उनले भने ‘यो नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको छु ।’ गाउँपालिका भबनसँगै निर्माण भएको आपत्कालिन कार्य संचालन केन्द्र र बिहीवारदेखि मुस्ताङमा सुरु भएको कृषि तथा पर्यटन महोत्सवको पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । मुस्ताङ, मनाङ, उत्तरी गोरखा जस्ता गण्डकी प्रदेश भित्रका हिमाली क्षेत्रको बिकासकालागि…
पुरा पढौ
प्रदेशस्तरीय तेस्रो डान परिक्षामा छ जना खेलाडीहरु ग्रेडिङ पास गर्न सफल
पोखरा, असोज १८ गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा संचालित प्रदेशस्तरीय तेस्रो डान परिक्षामा छ जना खेलाडीहरु ग्रेडिङ पास गर्न सफल भएका छन् । बिहिबार भएको सो कार्यक्रमको उद्घाटन गर्नुहुदै गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष विष्णु गौतमले खेलाडीको सिप र ज्ञानलाई राष्ट्रले सम्मुचित रुपमा प्रयोग गर्न सके मात्र खेलाडीहरुमा खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्ने बताउनुभयो । प्रदेशका महासचिव रमेश पौडेलले तेक्वान्दो खेल नेपालका लागि सबै भन्दा बढी पदक ल्याउन सक्ने खेल भएकाले खेलाडीहरुले खेलमा नै भविष्य देखेर खेलेमा मात्र सफलता पाउने बताउनुभयो । …
पुरा पढौ
दशैं नजिक पोखरा क्षेत्रको व्यवसाय मन्द
दीननाथ बराल पोखरा १८ असोज नेपालीहरुको महान चार्ड पर्वहरु नजिकीदै गर्दा पोखरा क्षेत्रमा यस बर्ष भने खासै चहल पहल हुन सकेको छैन्। अघिल्ला बर्षको तुलनामा बजारमा प्रायः शुन्य जस्तो भएको व्यवसायिहरु बताउनु हुन्छ । बजारमा किनमेल गर्नेहरुको भिडघाट हुने गरेको पोखरा क्षेत्रको मुख्य बजार क्षेत्रमा हाल मन्द व्यापार भएको छ भने केही ठाँउहरुमा व्यवसायीक सटरहरु नै हटाए पछि घरनिहरुले सटर भाडामा भनी वोर्ड टाँस्न थालेका छन् । पोखरामा अझै भाडामा कोठा पाउने केही कठिन भए पनि व्यवसायीक प्रयोजनको लागि सटरहरु…
पुरा पढौ
पोखरा ९ को चण्डि मन्दिर परिसरमा नवदुर्गा पुजा गरिने
पोखरा १८, असोज पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको एतिहासिक चण्डि मन्दिरमा यस वर्ष पनि नवदुर्गा पुजा तथा चण्डी पाठ गरिने भएको छ ।चण्डिमाई सेवा समिति, चण्डिका आमा समुह र दरबारथोक टोल विकास संस्थाको सम्युक्त भेलाले विमला रानाभाटको संयोजकत्वमा २१ सदस्यीय नवदुर्गा पुजा तथा चण्डी पाठ मुल आयोजक समिति २०८० गठन गरेको छ । समितिको सहसंयोजकमा शोभा अधिकारी, सचिवमा शोभाकान्त सिग्देल, कोषाध्यक्षमा निलम खवास, सहसचिवमा शान्ति भुजेल, सहकोषाध्यक्षमा इन्द्रबहादुर खवास, सदस्यहरुमा बुद्धि बहादुर रानाभाट, विष्णु बहादुर खवास, सिता नेपाली,…
पुरा पढौ
उपभोक्ता ठगिनबाट जोगाउन बजार अनुगमन तीव्र
पोखरा, १८ असोज चाडवाडका बेला उपभोक्ता ठगिन नदिने भन्दै पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाईमा बजार अनुगमन समितिले पोखरामा अनुगमनलाई तीव्रता दिइएको छ । यसैक्रममा बिहीबार एउटा खाद्यान्न पसल र एउटा मासु पसलमा अनुगमन भएको छ । पोखराको सृजना चोक नजिक रहेको दाङ भ्याली फ्रेस हाउस र रत्नचोक नजिक रहेको निकी ट्रेडर्समा अनुगमन गरिएको होे । अनुगमन टोलीले अनगुमनको क्रममा केही म्याद गुज्रेका सामान पाइएपछि निकी ट्रेडर्सलाई सचेत गराएर छोडेको । म्याद नागेको मिति भेटिएको सगरमाथा चिल्ली…
पुरा पढौ
पोखरा बसपार्क व्यवस्थित गर्दै पोखरा महानगरपालिका
पोखरा, १८ असोज लामो समय देखी अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका काउन्टर तथा ग्यारेज र अटो पार्टसका पसलहरू हटाइएका छन् । बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ । बसपार्कलाई तत्काल अल्पकालीन र बिस्तारै दिगो रूपमा व्यवस्थापन गर्ने गरी…
पुरा पढौ
एट टु नाइन फुटबल प्रतियोगिता सुरु, ६ खेल सम्पन्न
पोखरा १८, असोज “युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी फुटबल मैदानमा सुरु भएको खेलको पहिलो दिन एक वाकओभर तथा पाँच खेल सम्पन्न भए । प्रतियोगिताको उद्घाटन तथा पहिलो दिनको चौथो खेलमा माछापुच्छ्रे त्रीशक्ती युनाइटेडले मिलनटोल एफसीलाई २–१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो दिन कुल ६ खेल सम्पन्न भए ।…
पुरा पढौ
कोरोला नाका पुगेपछि मुख्यमन्त्रीले भने स् ‘यहाँ सम्मको सडक र भौतीक संरचना छिटो निर्माण गर्नुपर्छ’
पोखरा १८, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने सरकारको तयारी भईरहेको बताउँदै त्यहाँ सम्म पुग्ने सडक स्तरोन्नती गर्नुपर्नेमा जोड दिएका छन् । तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं। २४ मा पुगेर स्थलगत निरीक्षण गरेपछि उनले भने ‘तिब्बत तर्फ भौतीक संरचनाहरु निर्माण भईसकेको देखिन्छ, हाम्रो तर्फ पनि आवश्यक भौतीक संरचना छिटो निर्माण गर्नुपर्छ ।’ नाका खोल्ने योजना भईरहँदा तिब्बततर्फ सबै तयारी हुनु र गण्डकी प्रदेशको मुस्ताङ तर्फ कुनैपनि संरचना नहुँदा भोली समस्या आउन सक्ने उनले बताए ।…
पुरा पढौ
सातौं संस्करणको अन्तर्राष्ट्रिय हेमजा गोल्डकप कार्तिक ११ गते देखि हुने
दीननाथ बराल पोखरा १७, असोज पोखराको हेमजामा यस बर्ष सातौं संस्करणको अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकाउट फूटबल प्रतियोगिता २०८० आउँदो कार्तिक ११ गते देखि हुने भएको छ । पोखरा २५ स्थित हेमजा युनाइटेडकोे आयोजनामा आउँदो कार्तिक ११ देखि १८ गतेसम्म हेमजाको गौरीशंकर खेल मैदानमा उक्त प्रतियोगिता हुने भएकोे संस्थाका अध्यक्ष राजेश त्रिपाठीले बताउनु भयो । प्रतियोगितामा एक विदेशी सहित नेपालका ए डिभिजका ८ टिमको सहभागिता हुने तयारी अनुमान गरिएको अध्यक्ष त्रिपाठीले बताउनु भयो । कम्तिमा एक विभागिय टोली समेत सहभागि…
पुरा पढौ
रोटरी क्लवको पदस्थापन गरे अध्यक्ष सिग्देलले
पोखरा १७, असोज रोटरी क्लब अफ पोखरा लेकसाइडको आठौ पदस्थापनबाट वर्ष २०२३र२४ अध्यक्ष शोभाकान्त सिग्देलले पदभार ग्रहण गरेका छन् । प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले सिग्देललाई शुक्रबार आयोजित समारोहमा पदभार ग्रहण गराएका हुन् । यस्तै रोटरी क्लव अफ पोखरा लेकसाइडका आइपिपि डा। वीरवहादुर कार्कीले चार्टर सर्टिफिकेट, कलर तथा पिन प्रदान गर्दै सफलताको कामना गरे । डिजिएन कोइरालाले आफू क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले विषम परिस्थितिमा पनि गरेका कार्यको उच्च प्रशंसा गरे ।…
पुरा पढौ

