पोखरा,१ माघ
नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३७ औँ स्थापना दिवस आइतवार रक्तदान कार्यक्रम गरी मनाइएको छ । संघले बाषिर्कोत्सवको उपलक्षमा रक्तदान कार्यक्रमका साथै मानव सेवा आश्रमलाई नगद सहयोग समेत गरेको छ ।
संघको ३७ औँ वार्षिक उत्सव मनाइरहदा मानवताका नाताले बजारमा देखिएको रगतको कमी पुरा गर्न आफूहरुले रक्तदान कार्यक्रम गरेको प्रमुख अथिति तथा नेपाल निर्माण व्यवसायी माहासङ्घका उपाध्यक्ष खिमप्रकाश मल्लले बताए । त्यस्तै नेपाल निर्माण व्यवसायी सङ्घ गण्डकीका अध्यक्ष टंकराज बरालले संघ सदैव समाज सेवामा रहेकोे बताउँदै स्थापना दिवसको अवसरमा रक्तदान गरेर जीवन बचाउँने जस्तो कार्य गर्न पाउँदा सन्तुष्टि समेत मिलेको बताए ।
कार्यक्रम्मा विशेष अतिथी शिवशंकर गौचन, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य श्री सुरेश श्रेष्ठ संघका सल्लाहाकार एवं महासंघ पूर्व उपाध्यक्ष श्री राजेन्द्र पहारी, सल्लाहाकार मुक्ति प्रसाद तिमिल्सीना, सल्लाहाकार श्री चिरञ्जिवी पोखेल, सल्लाकार, बासुदेव गौचन लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा ४२ युनिट रगत सङ्कलन भएको संघका सदस्य ई दिपक सुवेदीले जानकारी दिए । संघका सदस्य तथा व्यवसायी मित्रमणी तिमिल्सीनाले ज्येष्ठ रक्तदाताका रुपमा रक्तदान गरि रक्तदान कार्यक्रमको उद्घाटन गरें । यससँगै तिमिल्सीनाले ३७ औँ पटक रक्तदान गरेका हुन् । यस्तै ज्येष्ठ सदस्य झपिन्द्रराज रेग्मीले ५१ ओँ पटक रक्तदान गरें । संघका कास्की जिल्ला अध्यक्ष गुरुङले समेत रक्तदान गरें । यससँगै अध्यक्ष गुरुङले १७ औँ पटक रक्तदान गरेका छन् ।
रक्तदान गरेका रक्तदाहरुलाई प्रशंसा पत्र संघका संस्थापक तथा सल्लाहाकारबाट बितरण गरिएको थियो । ५१ ओँ पटक रक्तदान गर्ने निर्माण व्यवसायी झपिन्द्रराज रेग्मीलाई प्रमुख अतिथीबाट खादा माला लगाई सम्मान गरिएको थियो ।
स्थापना दिवसका अवसरमा संघले पोखरा–७ टुरिष्टबसपार्कमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
संघले गत वर्षदेखि नै पोखरा–७ टुरिष्टबसपार्कमा रहेको आफ्नो कार्य