पोखरा २, माघ
पोखरा महानगरपालिका वडा न. १५ को वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सव आज देखि सुरु भएको छ । यही माघ ४ गतेसम्म बन बिज्ञान अध्ययन संस्थानको खेल मैदानमा उक्त महोत्सव संचालन हुने भएको छ भने आज देखि विभिन्न खेलहरु विहानै देखि सुरु भएको वडाध्यक्ष तोरण बहादुर बानियाँले बताउनु भयो ।
टोल बिकास तथा क्लब फुटवलमा १४ टिम, विद्यालय स्तरिय फुटवलमा १० टिम, महिला भलिबलमा ९ टिम, पुरुश भलिबलमा १० टिम, पुरुष सडक दौडमा १६ टिम, रस्साकस्सीमा १२ टिम, व्याडमिन्टन पुरुष (डबल) मा १४ टिम, व्याडमिन्टन पुरुष (डबल) मा ८ टिम सहभागि हुने भएको अध्यक्ष बानियाले बताउनु भयो ।
महोत्सवमा पुरुष, महिला, विद्यालय तथा अपाङ्गता भएका व्यक्तिहरु विच फरक फरक इभेण्टहरुमा प्रतिस्पर्धा हुदै छ । पुरुषतर्फ टोल तथा क्लहरुविच फुटबल, भलिबल, ५० वर्ष माथिकाहरुको सडक दौड, डबल्स ब्याडमिण्टन हुने छ भने, महिलातर्फ भलिबल, रस्साकसी, ४० वर्ष माथिकाहरुको सडक दौड, डबल ब्याडमिण्टन र विद्यालय स्तरिय फुटबल तथा अपाङ्गता भएका व्यक्तिहरु विच बास्केट बल प्रतियोगिता हुने वडा सदस्य तथा खेलकुद कार्यक्रमका संयोजक आशिष भण्डारीले बताउनु भयो । यसैबिच उक्त प्रतियोगिताको उद्घाटन भने बिहान ११ः०० बजे पछि हुने भएको छ ।