
पोखरा ६, माघ
प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२४ को उपाधी एपिएफका क्षितिज खनाल र कस्तुरी कलेजकी सिमा राजबंशीले जितेका छन् । फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल तर्फ क्षिजितले एपिएफकै देवराज रानालाई २१–१९, २१–१४ ले पराजित गर्दै उपाधी हात पारेका हुन् ।
यस्तै सिमाले महिला एकलको फाईनलमा नेपाल पुलिस क्लबकी निता लम्साललाई २१–१०, १५–२१, २१–१६ ले पराजित गर्दै उपाधी हात पारेकी हुन् । पुरुष तर्फ तेश्रो स्थानमा नखिपोटका बिवेक चौधरी र एपिएफका अमन महर्जन तथा महिला तर्फ एपिएफका शोभा गौचन र रिना तामाङ्ग रहे । बिजयी खेलाडीहरुले नगद ५० हजार, उपबिजयीले नगद २५ हजार र तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद १० हजार प्राप्त गरे । यसका साथै विजयी खेलाडीहरुले मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
एकेडेमीको बशुन्धरास्थित आफ्नै कोर्टमा भएको प्रतियोगिताको पुरुष युगल तर्फ एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीले आफ्नै क्लबका सुजन थापा र राजु थापाको जोडीलाई १४–२१, २४–२२, २१–१४ ले पराजित गर्दै उपाधी उचाले । तेश्रो स्थानमा नेपाल पुलिस क्लबका पुर्ण थापा र गौरव दाहालको जोडी तथा सुनिल जोशी र दीपक बोहराको जोडी रहे ।
शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ५० हजार, २५ हजार र १० हजारका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
तीन दिन सम्म संचालन भएको प्रतियोगितामा ब्वाईज यु – १३ तर्फको प्रतिस्पर्धामा एपिएफका आरुष सिमखडाले जित हात पारे । उनले कैलालीका रियांस चौधरीलाई २३–२१, २१–१६ ले पराजित गरे । आरुषले नगद १५ हजार र रियांसले नगद १० हजार प्राप्त गरे । यस्तै तेश्रो स्थान प्राप्त गर्ने कास्कीका आदित्य चौधरी र तनहुँका सफल भुजेलले नगद ५÷५ हजार प्राप्त गरे । साथै विजयी खेलाडीहरुले मेडल, प्रमाण पत्र र ट्रफी पनि प्राप्त गरे ।
गल्र्स तर्फ मोहन भुगोल फाउन्डेशन, कास्कीकी निभा राईले दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्रीलाई २१–१३, २१–११ ले पराजित गर्दै उपाधी उचालिन् । तेश्रो स्थानमा सिन्धुपाल्चोककी आश्ना श्रेष्ठ र ग्यालेक्सी स्कुलकी अप्सरा यादव रहे । शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
यु – १९ तर्फको ब्वाईज एकलमा एपिएफका रोशन साउदले आफ्नै क्लबका अरुण अधिकारीलाई २१–१९, २१–१५ ले पराजित गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भए । तेश्रो स्थानमा एपिएफका अनिल मल्ल र युनिटीका सुनिल कार्की रहे । यस्तै गल्र्स तर्फ दीपक ब्याडमिन्टनकी अश्मिता खत्रीले जित हात पारिन् ।
एपिएफकी रिना तामाङ्ग संग पहिलो सेट १५–२१ ले गुमाएकी अश्मिताले दोश्रो सेटमा पनि १३–१६ ले पछि परेको अवस्थामा रिनाले घुँडामा चोट बोक्न पुगे पछि खेल विचैमा छोडे पश्चात जित हात पारेकी थिईन् । तेश्रो स्थानमा इमाडोलकी टिशा रानी शाक्य र मोहन भुगोल फाउन्डेशनकी निभा राई रहे । शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २५ हजार, १५ हजार र ५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । प्रतियोगिताको भेट्रान ४५ बर्ष माथिको स्पर्धामा कास्कीका शम्भु श्रेष्ठ र राजेश गुरुङ्गको जोडीले जित हात पारे । शम्भु र राजेशको जोडीले चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाइृ १९–२१, २१–११, २१–११ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा टोखाका टिका थापा र रामशरण के।सी।को जोडी तथा आयोजक फिटनेश पार्कका सुभाष श्रेष्ठ र प्रेम घलेको जोडी रहे ।
बिजयी शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ३० हजार, २० हजार र १० हजारका साथ मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । भेट्रान ५५ बर्ष माथिको स्पर्धामा धादिङ्गका बिष्णु लाल श्रेष्ठ र चितवनका बुद्धि चौधरीले जित हात पारे । श्रेष्ठ र चौधरीको जोडीले कास्कीका मनोज कुमार श्रेष्ठ र दिल पुनको जोडीलाई १८–२१, २१–११, २१–१३ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा आयोजक फिटनेश पार्कका उमेश के।सी। र पुर्ण चन्द्र जोशी तथा धन्यन्तरीका गणेश थापा र गंगा बहादुर राईको जोडी रहे ।
शिर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २० हजार १० हजार र ५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी कोशी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव हंशराज वाग्ले, बिशेष अतिथी बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र कुमार थिङ्ग, कोशी प्रदेश ब्याडमिन्टन संघका संयोजक योगश्वर श्रेष्ठ, सदस्य भवानी आङ्गदम्बे, सहआयोजक बट्टार युथ क्लबका अध्यक्ष एवं बागमती प्रदेश फुटवल संघका सहमहासचिव सुरज श्रेष्ठ, ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल सुदिना गुरुङ्ग, समाजसेवी निराजन सिमखडा लगायतले पुरस्कार वितरण गरेका थिए ।