समाज

नगरप्रमुख आचार्य र जापानका राजदूत किकुता बिच भेटवार्ता

पोखरा, २४ असोज नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षिय मित्रवत् सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयहरुमा छलफल भएको छ । छलफलका क्रममा प्रमुख आचार्यले महामहिम राजदूत किकुताको पोखरा भ्रमण दुई देशहरु जापान र नेपालबिचको चिरस्थायी मित्रताको लागि महत्वपूर्ण पक्षका रूपमा लिएको बताउनुभयो । “हाम्रा राष्ट्रहरू वर्षौँ देखि मित्रता र सहयोगको बन्धनमा एकाकार हुँदै आएका छन्, जुन पारस्परिक सम्मान र भलाइका लागि सँगै काम गर्ने… पुरा पढौ

मणिपाल शिक्षण अस्पताल र माछापुच्छ«े बैंकबीच सम्झौता

असोज २३,पोखरा पोखराको मणिपाल शिक्षण अस्पताल पोखरा र माछापुच्छ«े बैक लिमिटेडबीच सम्झौता भएको छ । कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना अन्तर्गत दुई संस्थाबीच सम्झौता भएको हो । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र बैकबीच सहमति भएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल ओड्विल र माछापुच्छ«े बैक बैक लिमिटेडका गण्डकी प्रदेश प्रमुख निलम गौतमले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग… पुरा पढौ

कास्की क्रिकेटलाई पोखरा महानगरस्तरि अन्तर क्लव क्रिकेट उपाधी

असोज २३,पोखरा कास्की क्रिकेट क्लवले पोखरा महानगरस्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा मंगलबार भएको फाइनल खेलमा साँग्रिला क्रिकेट क्लवलाई ५७ रनले पराजित गर्दै कास्की क्लवले सो उपाधी रक्षा गरेको हो । टस जितेर व्याटिङ गरेको कास्कीले पुरा २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको थियो । कास्कीका लागि रिजन प्रजुले ३५ तथा आयुष सैंजुले ३४ रन जोडे । साँग्रिलाका बलरहरु… पुरा पढौ

इजरायल घटनाप्रति होटल संघद्वारा दुःख व्यक्त

पोखरा २३, असोज पोखरा, हालै हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको निधन भएको घटनाप्रति होटल संघ पोखरा नेपालले गहिरो दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार एक शोक विज्ञप्ति जारी गरी मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । साथै इजरायमा रहेका नेपालीको उद्धार यथाशीघ्र गर्न र घाइतेहरुको उपचारका लागि कुटनीतिक पहल गर्न समेत संघले सरकारसँग आग्रह गरेको छ । मृतकहरुको शव नेपाल ल्याउने व्यवस्थाका लागि आबश्यक कदम चाल्न समेत संघले सरकारको ध्यानाकर्षण… पुरा पढौ

मन्त्री सिंंखडा सम्मानित

पोखरा २३, असोज गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिमखडा सम्मानति भएकी छन् । स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेकोमा मन्त्री सिमखडालाइ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले प्रशंसा पत्रले सम्मान गरेको छ । संविधान दिएको जनताको मौलिक हक सुनिश्चित गरी जनतालाइ सर्वसुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालहरुमा निशुल्क बेड व्यवस्थापन लगायतका उल्लेखनीय कार्यगरेकोमा कदर स्वरुप सम्मान गरिएको प्रशंसा पत्रमा उल्लेख छ । प्रसंशा पत्र प्रदा गदै प्रधानमन्त्री पुष्पकमल प्रचण्डले मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यलाई प्राथमिकता दिन आवश्यक… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूत विच भेटवार्ता

पोखरा २३, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो समयदेखि मित्रवत सम्बन्ध रहेको बताए । गोरखा केन्द्रविन्दु भएर २०७२ सालमा गएको भुकम्पपछिको पुन निर्माण, विद्यालय निर्माण लगायतका काममा जापान सरकारले गरेको सहयोग स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले भने ‘स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रमा सहकार्यको अपेक्षा छ ।’ जापान सरकार र मातहतका दातृसंस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै… पुरा पढौ

विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने

पोखरा, २३ असोज विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार नवदुर्गा अवधिभर बिहानभरि संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुनेछ । त्यस्तै दिउँसादेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुनेछ । घटस्थापनाको दिन असोज २८ गते नवदुर्गा… पुरा पढौ

एशियाली खेलकुदमा पदक प्राप्त खेलाडीलाई भब्य स्वागत

पोखरा २३, असोज मित्र राष्ट्र चीनको हाङ्गझाउ सहरमा आयोजना भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आज मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । विजयी कराते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेकपा माओवादीका नेता, नेपाली काँग्रेसका नेतो, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य सचिव… पुरा पढौ

पोखराबाट यात्रु बाहक बसको अग्रिम टिकट बुकिङ खुल्ला

दीननाथ बराल पोखरा २३, असोज पोखरा क्षेत्रबाट पनि यातयात व्यवसायिहरुले नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ–दिपावलीको अवसरमा यात्रु बाहक बसको अग्रिम टिकट बुकिङ खुल्ला गर्नु भएको छ । विभिन्न ठाँउबाट कामको शिलशिलामा विभिन्न जिल्ला पुगेकाहरु आफ्नो घर फर्किने दशैंको दिन नजिकीदै जादा यातयात व्यवसायिहरुले सुविधा दिने उद्धेश्यले अग्रिम टिकट बुकिङ खुल्ला गर्नु भएको हो । पृथ्बीराजमार्ग बस संचालक कम्पनी प्रा.लि.ले आइतबार देखि नै पोखरा देखि देशका विभिन्न स्थानमा जानको लागि तथा पोखरा तर्फ आउनको लागि अग्रिम टिकट बुकिङ खुल्ला… पुरा पढौ

हेमजाले प्रकाशन ग¥यो संस्थागत परिचय कृति

२२ असोज, पोखरा हेमजा साहित्य प्रतिष्ठान नेपालले प्रकाशन गरेको पोखरामा क्रियाशील वाङ्मयिक संस्थाको संस्थागत परिचय कृति चिनारी एक समारोह बीच पोखरामा लोकार्पण गरिएको छ । प्रतिष्ठानले रजतजयन्ती वर्ष २०८० को अवसर पारेर २४१ औं शुभप्रभात काव्यमाला, हेमजाका धरतीपुत्र मुकुन्दशरण उपाध्यायलाई रजतजयन्ती विशेषसम्मान उक्त परिचयकोष लोकार्पण कार्यक्रम एक साथ आयोजना गरेको हो । कृतिको लोकार्पण गर्दै भाषाविद् प्राज्ञ मुकुन्दशरण उपाध्यायले नेपाली भाषा बिग्रेकोमा चिन्ता व्यक्त गरे । उनले प्रतिष्ठान स्थापनाको २५ वर्ष पारेर प्रकाशन गरेको चिनारी कृतिलाई आफूँद्वारा प्रतिपादित व्याकरण अनुसार… पुरा पढौ