एसिसी प्रिमियर कप क्रिकेटमा नेपालद्धारा इरान माथि शान्दार जित
पोखरा २५, असोज १९ वर्षमुनिका खेलाडीहरु सहभागि खेल एसिसी यू(१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरान माथि शान्दार जित निकालेको छ । मलेसियाको बान्गीमा आज भएको खेलमा नेपालले इरानलाई २ सय ७४ रनको बिशाल अन्तरले पराजित गरेको हो । जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटिन पुगेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ३ सय ५३…
पुरा पढौ
डेंगु संक्रमण भएपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना
पोखरा २५ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए पनि उपराष्ट्रपति यादव बुधबार साँझ सिभिल अस्पतालमा भर्ना भएका हुन् । निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ ।
पुरा पढौ
इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने
पोखरा २५ असोज । आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमताको विमान इजरायल गएको हो । उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने ६ जना…
पुरा पढौ
इजरायलमा ज्यान गुमाएका नेपालीहरुलाई श्रदाञ्जली सगै सम्झनामा दिप प्रज्वलन
पोखरा, २४ असोज इजरायलमा ज्यान गुमाएका नेपालीहरु प्रति श्रदाञ्जली सगै उनीहरुको सम्झनामा पोखरा महानगरपालिका वडा नम्बर १ स्थित सिम्पानी चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । त्रि–शक्ति समाज सेवा क्लव, पोखरा १ सिम्पानीको आयोजनामा इजरायल र हमास विचको युद्धमा ज्यान गुमाएका सम्पुर्ण नेपालीहरुमा भावपुर्ण श्रदाञ्जली अर्पण सगै उनीहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो । दिवंगत नेपालीहरुको सम्झनामा आयोजना गरिएको कार्यक्रममा क्लबका अध्यक्ष सगै कार्यसमिति र साधारण सदस्यहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । शोकलाई शक्तिमा परिणत गर्नुपर्छ भन्दै कार्यक्रम…
पुरा पढौ
अम्मरसिंह माविमा जोण्टा क्लवको मनोसामाजिक सुरक्षा कार्यक्रम
असोज २४,पोखरा ‘इन्टरनेशनल गल्र्स चाइल्ड डे’ का अवसरमा जोण्टा क्लव अफ पोखराले मेण्टल हेल्थ सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पोखराको अम्मरसिंह माविमा कक्षा ९ मा अध्यायनर छात्रछात्राहरुमाझ उनीहरुले यो कार्यक्रम गरेका हुन् । कार्यक्रममा बोल्दै आयोजक क्लवका अध्यक्ष मोनिका थापाले नेपालमा पनि किशोरावस्थाका बालबालिकाहरुका लागि मनोसामाजिक सुरक्षा कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो । कार्यक्रममा बोल्दै कोपिला नेपालका बिना सिल्वालले नेपालमा १३ देखि १९ वर्ष सम्मका किशोर किशोरीहरुमा मनोसामाजिक शिक्षाको खाँचो रहेको औंल्याउनुभयो । यो उमेरमा नकारात्मक सोंचको विकास…
पुरा पढौ
पत्रकार अधिकारी माथि दुव्र्यवहार
पोखरा २४, असोज पोखराका क्रियाशील पत्रकार एवं गोरखापत्र तथा समाधान दैनिकका संवाददाता फडिन्द्र अधिकारी माथी दुव्र्यवहार भएको छ । बुधबार पोखरा सभागृहमा समाचार संकलनको क्रममा क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले दुव्र्यवहार गरेका हुन । पोखरा सभागृहमा भएको एक कार्यक्रममा समाचार संकलन प्रयोजनका लागि केही जिज्ञासा राख्ने क्रममा कार्यक्रम आयोजक समेत रहेका क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको पत्रकार अधिकारीले बताए । पूर्व राष्ट्रपति पूर्व मुख्यमन्त्री, मेयर आफ्नो साथमा रहेको भन्दै अप शब्द…
पुरा पढौ
किङस लाउन्ज पोखरामा ‘एक्सिस’ ब्याण्डको बिहिबार बिषेश प्रस्तुती हुने
पोखरा २४, असोज नेपालकै चर्चीत ब्याण्ड ‘एक्सिस’ले करिब एक दशक पछि पोखरामा भोलि(बिहिबार) बिषेश प्रस्तुतीः राख्ने भएको छ । बिहिबार बेलुका लेकसाइड स्थित किङस लाउन्ज पोखरामा एक्सिस व्याण्डको बिषेश प्रस्तुती हुने भएको हो । पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा एक्सिसको प्रस्तुतीःले पोखरेलीहरुलाई भरपूर्ण मनोरन्जन दिने भएको पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकका निर्देशक विकेस कायस्थले बताउनु भयो । एक्सिसको टोली बिहिबार बिहान पोखरामा आउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको अन्तिम तयारी पूरा भएको निर्देशक कायस्थले…
पुरा पढौ
विश्व शान्तीको कामना गर्दै कास्कीकोटमा नवदुर्गा महोत्सव हुने, फुलपातीमा सैन्य अभ्यास प्रर्दशन
कास्की २४, असोज कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतीक प्रकोप वाट मानवीय तथा भौतीक क्षती नहोस् भन्दै शान्तीको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरिने धार्मीक क्षेत्रविकास समितिका अध्क्षय दिलिप विक्रम शाहीले बताए । घटस्थापनाको…
पुरा पढौ
पोखरामा तोरीपानीबाट पुनःप्याराग्लाईडिङ गर्ने अन्तिम तयारी
दीननाथ बराल पोखरा २४ ,असोज दुरीका हिसावले केही टाडा र अभ्यस्त नएको स्थानमा स्थान्तरण भएको पोखराको प्याराग्लाईडिङलाई पहिलाकै अबस्थामा फर्काउन पहिलाकै स्थान पोखरा १८ स्थित तोरीपानी बाहकोटबाट पुनः साहसिक खेल प्याराग्लाईडिङ संचालन हुने भएको छ । पोखरा अन्तरास्ट्रिय विमानस्थल संचालन भएसंगै पहिलाको प्याराग्लाईडिङ गर्ने स्थान तोरीपानीको विकल्पमा हाल पोखरा २४ को मान्द्रेढुंगाबाट हुदै आएकोे प्याराग्लाईडिङ पहिलाकै ठाँउ तोरीपानीबाट हुने अन्तिम तयारी भएको नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षा प्रमुख राजु श्रेष्ठले शुधबार पोखरामा आयोजित एक कार्यक्रममा बताउनु भयो । नेपाल हवाई…
पुरा पढौ
कास्की पनि डेंगु संक्रमण बढ्दो, सचेत रहन सुझाव
डि.एन.बी. पोखरा २४, असोज कास्कीमा पनि डेंगु संक्रमण दर बढ्दो रुपमा रहेको छ । कास्कीमा हाल १ हजार ४ सय भन्दा बढी जनामा डेंगु संक्रमण देखा परेको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले बताए । कास्कीमा डेंगु संक्रमण दर बढ्दो रुपमा रहेकोले अझै केही समय यस रोगबाट बच्न र बचाउन सचेतना आवश्यक भएको उनको भनाई छ । कास्कीमा हालसम्म १ हजार ४ सय ८१ जनामा डेंगु संक्रमण देखा परेको गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । गण्डकी…
पुरा पढौ

