२३ औं आहा रारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा र्थी स्टार र आयोजक सहारा क्लव भिड्ने

-


     पोखरा क्लिक     
     माघ ८ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा ८, माघ

२३ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप २०८० को उद्घाटन खेलमा आयोजक सहारा क्लव बिरुद्ध थ्री स्टार क्लव बिच प्रतिष्प्रर्धा हुने भएको छ । पोखरा रंगशालामा भोलि(मंगलबार) देखि सुरु हुने दुबै टिममा युवा तथा केही अनुभवी खेलाडीहरु संलग्न भएकोले दुबै टिमले उद्घाटन खेल जित्ने दाबी गर्नु भएको छ ।

थ्री स्टारका प्रशिक्षक बिक्रम लामाले आफुहरु छोटो समयको तयारीमा पनि भोलि हुने उद्घाटन खेल जित्ने गरी खेल्ने रणनितीमा रहेको दाबी गर्नु भयो । आफुहरुसंग राष्ट्रिय, पूर्व राष्ट्रिय र यु—१९ तथा यु—२१ का युवा खेलाडीहरुको सहभागिता रहेको उहाँले दाबी गर्नु भयो । थ्री स्टारमा राष्ट्रिय खेलाडी योगेश गुरुङ, प्रशान्त अवस्ती, रोसन राना मगर, यन्जन महर्जन, अविसेक बराल, पूर्व राष्ट्रिय खेलाडी विराट महर्जन, यु—१९ का कुसल देउजा, खेमराज श्रेष्ठ, दीपेश आले मगर, निरज चौधरी यु—२१ का अदित्य शाक्य लगायतका खेलाडीहरु सहभागि हुने भएका छन्।

सहारा क्लवले यसपाली सहारा एकेडेमीका युवा देखि एडिभिजनका खेलाडीहरुलाई समेट्दै युवा टिम तयार पारेको छ । किरण श्रेष्ठको प्रशिक्षणमा गोलरक्षकमा सुदुर पश्चिमका टेकेन्द्र थापा रहनु हुने भएको छ भने अन्य खेलाडीहरुमा अमृत तामाङ, पासाङ (काठमाडौं), आशिष गुरुङ(बुटवल) सहित मुकुन्द निउरे, भागवत चौधरी, अनिष लिम्बु, लक्ष्मण रुचाल(वालिङ), सन्तोष शाही, अभिषेक रानामगर तथा विशाल नेपालीलाई समावेश गर्दै सहारा क्लबले टोली तयार गरेको छ । यसपाली आफुहरुले युवा खेलाडीहरुलाई प्रथामिकता दिने भन्दै सहारा एकेडेमीका खेलाडीहरुलाई समेत अवसर दिने गरी आन्तरिक तयारी गरिएको सहाराका सुनिल रानाले बताउनु भयो । सुशिल लामाको कप्तानीमा सहाराको टिम मैदानमा उत्र्रिने तयारी गरेको छ भने थ्री स्टारले हाल कप्तानीको जिम्मा तोकेको छैन् ।

एक विदेशी सहित प्रतियोगितामा १२ टिमको सहभागिता रहेको सहारा क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । प्रतियोगितामा विजेताले १२ लाख १ हजार रुपैयाँ नगद पाउने छ भने उपविजेता क्लबले ६ लाख १ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउले मुख्य प्रायोजनमा यही माघ २० गतेसम्म उक्त प्रतियोगिता पोखरामा संचालन हुने भएको छ ।

पोखरा रंगशालाको फुटवल मैदानमा विगत ६ महिना देखि पानी नराखेका कारण दुवो मर्न लागेर मैदान धुलाम्मे भए पछि हाल केही दिन देखि पानी हाल्न थालिएको छ । सहारा क्लवले सामाजिक क्षेत्रमा काम गर्दै आएकोले रंगशालाको फुटवल मैदान मर्मत संहार तथा दुवो रोप्ने लगायतको लागी सहयोग गर्ने गरी यस बर्ष पनि निशुल्क मैदान उपलब्ध गराएको राखेप सदस्य राजेश गुरुङले पोखराक्लिकलाई बताउनु भयो । कोभिडका वेलामा पनि राखेपले क्लवलाई उक्त फुटवल मैदान निशुल्क उपलब्ध गराएको थियो । यद्यपी सहारा क्लवले भने हरेक बर्ष मैदान संरक्षण सहित सरसफाई लगायतका शिर्षकमा न्यूनतम एक लाख ५० हजार देखि ४ लाख ५० हजारसम्म खर्च गर्ने गरेको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो ।

पोखरामा १६ हजार ५ सय सिट क्षमताको प्यारापिट सहितको निर्माण भएको फुटवल रंगशाला निर्माण भए पछि क्लवले हरेक बर्ष सहज रुपमा आहा रारा पोखरा गोल्ड कप गर्न पाएको छ । उक्त हालको पोखा फुटवल स्टेडिएम निर्माण हुनु पूर्व क्लवले तारवार, अस्थायी प्यारापिट, रंगशालामा रंगरोगन सहितको सरसफाई र ब्याबस्थापनमा करिब ७ लाख खर्च गर्ने गरेको थियो ।



This will close in 20 seconds