दीननाथ बराल
पोखरा ६, माघ,
विभागिय टोली शसस्त्र प्रहरी वलको एपिएफ क्लवले पोखरामा संचालन भएको टाइगर कप भलिवल प्रतियोगितामा आफ्नो ह्याट्रिक पुरा गर्न सफल भएको छ । पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० अन्र्तगत महिला तर्फको खेलमा दोश्रो तथा डिफेन्डिङ च्याम्पियन एपिएफ क्लबले आज (शनिबार) भएको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड एकेडेमीलाई सोझो तीन सेटमा पन्छाउदै ह्याट्रिक पुरा गर्न सफल भएको हो ।
दोश्रो र तेश्रो उपाधि जितेको एपिएफले यसपालीको चौथो संस्करणको उपाधि रक्षा गरेसंगै ह्याट्रिक पूरा गर्ने पहिलो टिम भएको छ । शनिबार हजारौं दर्शक माझ भएको फाइनल खेलमा एपिएफले २५—२०, २५—१८ र तेश्रो सेट २५—२१ मा डाइमण्डलाई पराजित गरेको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना पोखरामा जारी उक्त प्रतियोगिता अन्र्तगत पुरुष तर्फ भने साविक विजेता गण्डकी भलिवल संघ बिरुद्ध काठमाण्डौंको हेल्प नेपाल स्पोट्र्स क्लव बिच हुदै छ । फाइनल खेलमा गण्डकीको टिममा ३ भारतीय खेलाडी र हेल्प नेपालको टिममा ३ पाकिस्तानका खेलाडीहरु संलग्न भएका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताउनु भयो । विजयी खेलाडीहरुलाई आज नै पुरस्कार वितरण गरिने भएको संस्थाका अध्यक्ष नारायण शर्माले बताउनु भयो । प्रतियोगितामा महिला तथा पुरुष तर्फ ६÷६ टिमको सहभागिता रहेको थियो भने प्रतियोगिता माघ १ देखि सुरु भएको थियो ।