जया पौडेल
पोखरा ५, माघ,
शल्यकृया गर्न रकम अभाव भएर पिडामा रहेका बिरामीलाई पोखराका युवा व्यवसायी युवराज खतिवडाले आर्थिक सहयोग गरेका छन्। पोखराका विभिन्न स्थानमा सस्तो बजार संचालन गरी हजारौं जनालाई स्वरोजगार बनाउन सहयोग गरेका खतिवडाले विभिन्न कारणले तत्काल शल्यकृया गर्नुपर्ने तर रकम अभावले गर्दा पिडामा रहेका केही बिरामीलाई अस्पतालमै पुगेर सहयोग गरेका हुन्।
युवा व्यावसायी खतिवडाले पर्वत जलजला गाउँपालिकाकी रसिला दमाइलाई आर्थिक सहयोग गरेका छन्। पर्वतको जलजला गाउँपालिकाकी –४,लामाखेतमा घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाईते भएकी रसिलाको ढाँडमा हाल समस्या भएकोले गर्दा शल्यकृया नै गर्नुपर्ने भए पछि सहयोगको आचना गरेकी उनलाई विभिन्न दाताबाट सहयोग समेत प्राप्त भएको छ ।
श्रीमानको भारतमा सहयोग जुटाएर उपचार हुदै गरेको छ । रसिलालाई यूरोपबाट समेत आशिष परियार लगायतको टोलीले सहयोग जुटाउदै आएको छ । दु्ईसातादेखि अस्पतालको वेडबाट उपचारको याचाना गरिरहेकी उनलाई खतिवडाले २१ हजार सहयोग गरेका हुन्। खतिवडाले रकम अभावले गर्दा शल्यकृया रोकिन नदिने जति रकम लागे पनि त्यसको सम्पूर्ण आर्थिक व्ययभार आफैले व्यहोर्ने बताए । स्वास्थ्य बिमा समेत नरेकी बिरामीलाई अब नहात्तिन आग्रह गर्दै खथिवडाले पैसा अभाव भयर अब शल्यकृया नरोकिने दाबी गरे ।
भिरबाट लडेकी रसिलाको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । रसिलाको उपचारको लागि असी हजार संकलन भएको छ भने शल्यकृया गर्न मात्र १ लाख १३ हजार खर्च लाग्ने अस्पतालले माग गरेको बताइएको छ । त्यसै गरी अतिवडाले अन्य दुई जना बिरामीलाई जनही ५ हजार सहयोग गरेका छन्। त्यसै गरी हाल जर्मन बस्दै आएकी तल माया थापाले रसिलालाई दश हजार सहयोग गरेकी छन्।
गत पुस २० गते लामाखेत नजिकै भिरमा घाँस काटिरहेको बेला अचानक भिर बाट लडेर गम्भीर घाईते भएपछि उपचारमा आर्थिक अभाव भए पछि आर्थिक संकलन अभियान सुरु नै भएको छ । खतिवडाले आफु घडि बिक्रि गर्दै सुरु गरेको व्यवसाय आज यो स्थानसम्म आए पनि साना व्यवसायी र गरिब र असायको लागि केही न केही सहयोग गर्नुपर्ने मान्यताले सहयोग गर्दे आएको पोखराक्लिकलाई बताउनु भयो ।