समाज

नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा, सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण शनिबार पोखरामा सम्पन्न भएको छ । संघको ११ वार्षिक साधारण सभाको उद्घाटन नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष किसान सुनारले गरे । संघको वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै केन्द्रिय अध्यक्ष सुनारले सुनचाँदी रत्न तथा आभुषण व्यवसायीले देशको आर्थिक समृद्धिमा योगदान गरेको बताए । ‘हामी सबैलाई थाहा छ, यो व्यवसाय विस्तारै परम्परागतबाट उद्यम तर्फ उन्मुख भइरहेका छ, सुनचाँदीका क्षेत्रमा व्यवसाय गर्ने हामीहरु अझै पनि परम्परागत हिसाबाट… पुरा पढौ

पोखरामा बृहत् मोटरसाइकल र्‍याली सम्पन्न, महायज्ञको उत्साह थपियो

पोखरा, बैशाख १३, मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं मोटरसाइकल चालकहरू सहभागी भए। र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको थियो। र्‍यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक,… पुरा पढौ

शनिबार पोखरामा प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श हुने

पोखरा १२, वैशाख, पोखरामा भोलि (शनिबार) प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा उक्त कार्यक्रम हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा नयाँबजारमा (बृहस्पति पेट्रोल पम्प ठीक अगाडि) सञ्चालनमा आउँदै रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राङ्गणमा सञ्चालन हुने उक्त शिविरको तयारी पूरा भएको प्रा.लि.ले जनाएको छ ।… पुरा पढौ

व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै अनलाइन सेवा डटकम

पोखरा, ११ वैशाख, व्यवसाय, सेवा र सूचना प्रवाहलाई एकटै माध्यमबाट एकीकृत गर्दै नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकमले आफ्नो सेवा सुरु गरेको छ । पोखरामा आज पत्रकार सम्मेलन गर्दै अनलाइनसेवा डटकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम अधिकारीले यसले नेपाललाई डिजिटल युगतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुुभयो । पोखरामा स्थायी घर भई हाल अमेरिका बसोवास गर्दै आउनुुभएका अधिकारीले नेपाली सेवा र उत्पादनलाई अनलाइनको माध्यमबाट स्वदेश एवम् विश्व बजारमा पु¥याउनका लागि यो अभियानमा आकर्षित बनिएको बताउनुुभयो ।… पुरा पढौ

मानवसेवा फाउण्डेशनको आयोजनामा पोखरामा भोलि बृहत् ट्याक्सी र्‍याली आयोजना हुँदै

पोखरा, बैशाख ११, मानवसेवा फाउण्डेशनको आयोजनामा यही बैशाख १२ गते शुक्रबार बिहान ७ बजे बृहत् ट्याक्सी र्‍याली आयोजना हुने भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले यो र्‍याली आयोजना गरिएको हो।महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजका अनुसार ट्याक्सी र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा,… पुरा पढौ

थुमाको डाडा खानेपानी आयोजनाको जिल्ला समन्वय समितिमा समन्वय बैठक

११ बैशाख ,पोखरा, कास्कीको मादी गाउँपालिका वडा न ३ र ४ का ३७२ घरधुरी बासिन्दालाई लक्षित गरि निर्माण हुदै गरेको थुमाको डाडा खाने पानी आयोजनाको निर्माण प्रगतिको सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीले बिहिबार एक समन्वय बैठक आयोजना गरेको छ । आयोजनाका सम्बन्धमा देखिएका ढिला सुस्ती र समयमा सम्पन्न गर्न देखिएका बिबाद समाधान गर्न सो समन्वय बैठक आयोजना गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनुभयो। ४ करोड ६१ लाख १० हजार ८ सय २८ रुपैयाँमा सम्झौता भएको सो खानेपानी… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई टेल्जीको साथ

वैशाख ११, पोखरा, योमामाई मोर्टस् प्रालिले नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सहयोग गर्ने भएको छ । यही वैशाख २६ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’लाई सफल पार्न टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोटर्स प्रालिले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मञ्चले वर्ष खेलाडी महिला तथा पुरुष विधाका विजेतालाई उक्त ब्राण्डको स्कुटरको पुरस्कार स्वरुप प्रदान गर्ने भएको छ । प्रालिका प्रबन्ध निर्देशक सञ्जिव शिल्पकारले विगत ९ वर्षदेखि… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थललाई चलाएमान बनाउन र यसको बदनाम नगर्न पर्यटन व्यवसायीको माग

दीननाथ बराल,पोखरा १०, वैशाख, पोखरा अन्तराष्ट्रिय विमानस्थललाई नियमित रुपमा चलाएमान बनाउन पोखराका पर्यटन व्यवसायीहरुले माग गर्नुु भएको छ । पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले आज (बुधबार) प्रेस विज्ञेप्ति जारी गर्दै अन्तराष्ट्रिय विमानस्थललाई चलाएमान हुनबाट रोक्ने काम नगर्न चेतावनी दिदै नियमित रुपमा चलाएमान बनाउन माग गरेको हो । पोखराको बदनाम नगर्न माग गर्दै यदि पोखरा अन्तराष्ट्रिय विमानस्थलमा कहि कतै भष्ट्राचार भएको छ भने यथाशिघ्र निश्पक्ष रुपमा छानविन गर्न समेत परिषदले सवै पक्षसंँग माग गरेको परिषदका अध्यक्ष तारानाथ पहारीले… पुरा पढौ

ऐतिहासिक कोटिहोम महायज्ञको प्रचारका लागि पोखराको बिरौटामा साइकल र्याली

पोखरा, बैशाख १०, पोखरा महानगरपालिका वडा नं। १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार–प्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले बैशाख ११ गते बिहान ७ बजे साइकल र्याली आयोजना गर्ने भएको छ। बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने यो र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन हुनेछ। महायज्ञका संकल्पकर्ता… पुरा पढौ

र्‍यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

पोखरा, वैशाख १०, र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा। ईश्वरमणि अधिकारी, साहित्यकार तीर्थ गुरुङ, शिव त्रिपाठी, त्रिवेणी, अनुराग अधिकारी, विष्णु सुवेदी, ढाकामोहन बराल, अनुपमणि अधिकारी, नेपालप्रकाश अधिकारी, अनिता अधिकारी, विष्णु सुवेदी, ध्रुव केसी, कमला श्रेष्ठ, हसिना बस्नेत, जमुना कायस्थ, विजय भण्डारी, कमला सुवेदी, लक्ष्मण थापा, माधव खतिवडा,… पुरा पढौ