समाज

कास्की जिल्ला खेलकुद संघलाई प्लाष्टिक बोतल विन सहयोग

पोखरा, पोखरामा रिसाइक्लि र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनाले कास्की जिल्ला खेलकुद विकास समितिलाई प्लाष्टिक बोतल संकलन विन प्रदान गरेको छ । पोखरा रंगशालाभित्र प्लाष्टिकका बोतलहरु संकलनका लागि कोइकाको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाको समन्वयमा रंगशालामा बोतल विन हस्तान्तरण गरिएको हो । हिमालयन लाइफ प्लाष्टिक प्रा.लिको तर्फबाट पोखरा रंगशाला फोहोर संकलनका लागि एक थान प्लाष्टिक बोतल संकलन विन हस्तान्तरण गरिएको छ । अन्य विन बन्ने क्रममा रहेकाले त्यो पनि छिट्टै प्रदान हुनेछ । हिमालयनको तर्फबाट सोर्सिङ म्यानेजर दिपशन श्रीमल र… पुरा पढौ

जिसस कास्कीको बित्तिय सुशासन जोखिम मुल्यांकनमा रूपा गाउँपालिका कास्कीमा प्रथम

दीननाथ बराल, पोखरा १६, वैशाख, जिल्ला समन्वय समिति (जिसस) कास्कीको बित्तिय सुशासन जोखिम मुल्यांकनमा रूपा गाउँपालिका प्रथम भएको छ । जिससले मंगलबार पोखरामा एक कार्यक्रम मार्फत सार्बजनिक गरेको नतिजा अनुसार एक सय अंक भारमा रूपा गाउँपालिकाले अन्य पालिकाहरु भन्दा बढी ६८ अंक ल्याउदै प्रथम भएको मंगलबार पोखरामा आयोजित सार्वजनिक कार्यकममा उल्लेख गरिएको हो । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन तर्फ १६.५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन तर्फ १७.५, लेखाङ्कन तथा प्रतिवेदन तर्फ १३, अनुगमन मुल्यांकन तथा लेखापरीक्षण तर्फ ८.५ र राजस्व… पुरा पढौ

बुमर्याङ रेष्टुरेष्ट लगाएत विभिन्न संस्थाले पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने

वैशाख १६, पोखरा, नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई भव्य बनाउन विभिन्न संघ–संस्थाले नगद तथा प्रयोजन सहयोगको घोषणा गरिरहेको अवस्थामा पोखरा ६ लेकसाइडको बुमर्याङ रेष्टुरेष्टले सहयोगको घोषणा गरेको हो । मंगलबार रेष्टुरेष्टका सञ्चालक गणेश बहादुर भट्टराई र मञ्चका अध्यक्ष एमबि आस्था मगर बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै मंगलबारनै अवार्डलाई सफल बनाउन… पुरा पढौ

जन्मदिनमा पोखरा वृद्धाश्रमलाई सहयोग

गण्डकी, १६ बैशाख, पछिल्लो दिनमा सय जन्मदिन तड्कभड्क भन्दा सामाजिक संघसंस्थालाई आर्थिक सहयोग गरेर मनाउने प्रचलन बढेको छ । स्वदेशमा होस वा विदेशमा रहेका नेपालीले आप्mनो परिवारका सदस्यको जन्मदिनका अवसरमा फजुल खर्च कटाएर असहाय एवम् विपन्न आश्रित संस्थालाई सहयोग गर्ने भावना बढेको हो । पोखरा महानगरपालिका वडा नं. १५ स्थायी घर भई रोजगारीका सिलसिलामा हङकङमा रहनु भएका इन्द्रबहादुर र सुमिता थापामगरले आप्mनो छोरी आरुमा थापामगरको जन्मदिनको अवसर पारेर पोखरा बृद्धाश्रमलाई १८ हजार नगद आर्थिक सहयोग गर्नुभएको छ । पोखरा बृद्धाश्रममा… पुरा पढौ

धर्म विना राजनीति हुदैनस् राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहि

पोखरा १६ बैशाख,पोखरा महानगरपालिका वडा नं। १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै आएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपश्चात् चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचनको शुभारम्भसँगै दैनिक कथा वाचन शुरु भएको हो। हाल अन्तरराष्ट्रिय कथा वाचिका देवी प्रतिभाले बैशाख १८ गतेसम्म कथा वाचन गर्ने समय तालिका तय भएको छ, जसले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाएको छ। कार्यक्रममा आज राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०… पुरा पढौ

विहिबार देखि पोखरामा हुने प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा २ विदेशी सहित ६ टिम सहभागि हुने

पोखरा, १६ वैशाख, पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगितामा २ विदेशी सहित ६ टिमको सहभागिता हुने भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गतेदेखि हुने उक्त प्रतियोगितामा भारत र इरानको टिम २ विदेशी सहित ६ टिमको सहभागिता हुने मंगलबार पोखरा रंगशालामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । स्वदेशी टिमको रुपमा… पुरा पढौ

पोखरामा कलश सहितको विशाल शोभा कलश यात्रा सम्पन्न

पोखरा, १६ वैशाख, पोखरा महानगरपालिका वडा नं। १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ। कोटिहोम परिसरबाट सुरु भएको यो यात्रा पोखराका बिभिन्न मुख्य सडक हुदै अगाडि बढेको थियो । गंगाको जलसहित ११ हजार कलश बोकेर देशभरबाट आएका भक्तजन, साधु–सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको उत्साहपूर्ण सहभागिताले पोखराको वातावरण भक्तिमय बनेको थियो।कलश यात्रामा चर्चित कथा बाचिका… पुरा पढौ

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा श्रेष्ठ

पोखरा, नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा डा. रुपेश श्रेष्ठ निर्वाचित भएका छन । एशोसिएसनको चौंथो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । एशोसिएसनको उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिवमा डा. आशिष गौतम, सह सचिवमा डा. अशेष राज विक र कोषाध्यक्षमा डा. सन्तोष बास्तोला निर्वाचित भए । त्यसैगरी कार्यसमिति सदस्यहरुमा डा. प्रियंका भण्डारी, डा. समिक्षा फुँयाल, डा. आशिष बसौला, डा. विश्व गैरे, डा. शुवाष बेलवासे र डा. सुजन थापा मगर निर्वाचित भएका छन । यस अघि अधिवेशनको उद्घाटन… पुरा पढौ

नेवा खलः कास्की र तमु प्ये ल्हुँ संघ कास्की नगद ५० हजार सहित पुरस्कृत

पोखरा, नेवा खलः कास्की र तमु प्ये ल्हुँ संघ कास्की पोखरामा नगद ५० हजार सहित पुरस्कृत भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना दिवसको अवसरमा हालै आयोजित एक समारोहका बिच जातीय संस्कृति संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै दुई संस्थालाई नगद ५०–५० हजार रुपैयाँ राशिसहित पुरस्कृृत गरिएको हो । दुबै संस्थाले आ–आफ्नो जातीय भाषा, संस्कृति, र परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । उक्त अवसरमा प्रतिष्ठानले प्रज्ञा साहित्य सम्मानबाट मुकुन्द शरण उपाध्याय र डा.जगनाथ रेग्मीलाई, प्रज्ञा कला सम्मानबाट सम्मान… पुरा पढौ

पोखरामा रहेका खाल्डा खुल्डी तत्काल मर्मत संहार गर्न स्थानियको माग

दीननाथ बराल, पोखरा १५, वैशाख, पोखरा क्षेत्रका सडकमा रहेका खाल्डा खुल्डी तत्काल मर्मत संहार गर्न स्थानियले माग गर्नुृ भएको छ । पोखरा भ्रमण बर्ष मनाई रहदा पोखराको सडकै भरी खाल्डा खुल्डी हुनुले सडक दुर्घटना हुने उच्च जोखिम भएको भन्दै स्थानियले तत्काल मर्मत संहार एवं टालटुल गर्न आग्रह गर्नु भएको हो । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडसंगै पोखराका अधिकांश सडकमा खाल्डा खुल्डी परे पछि बर्षादको समय अघि नै मर्मत संहार गर्न पोखरेलीले पोखरा महानगर समक्ष माग गर्नु भएको हो । पोखरामा… पुरा पढौ