समाज

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग आउने क्रम जारी, अष्ट्रेलियाबाट समेत सहयोग

वैशाख १८, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न पोखरा न्यूरोड हाल अष्ट्रेलिया निवासी सुजन कुमार सिल्पकारले २० हजार सहयोग गर्ने भएको हुन् । सिल्पकार अन्तर्राष्ट्रिस्तरका बडी बिल्डर हुन् । आई।सि।एन। बल्र्ड च्याम्पियनसिप–२०१९ मा एमच्योर वल्र्ड च्याम्पियन तथा सिड्नी डि।एफ।ए।सी। वल्र्ड च्याम्पियनसिप–२०२३ मा प्रो च्याम्पियन भइसकेको छन् भने अष्ट्रेलियासहित विभिन्न मुलुक… पुरा पढौ

लामाचौरमा वसन्त काव्य महोत्सव

पोखरा, १९ वैशाख, प्रतिविम्ब वाङ्मय प्रतिष्ठान, पोखरा–१९ को आयोजनामा वसन्त काव्य महोत्सव सुरु भएको छ । जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको सभाहलमा शुक्रबारदेखि सुरु महोत्सव २ दिनसम्म चल्नेछ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश नेपाली भाषा, साहित्य र संस्कृतिको उर्वरभूमि भएको बताए । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा आयोजित महोत्सवको सफलताको कामना गरे ।सो अवसरमा नेपाली भाषा, साहित्य, कला क्षेत्रमा पु¥याएको योगदानको… पुरा पढौ

जिल्ला एथलेटिक्स संघ कास्कीद्धारा पोखरा रंगशाला सरसफाइ

पोखरा, जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरा रंगशालामा सरसफाइ गरेको छ । जिल्ला खेलकुद बिकास समितिको समन्वयमा शुक्रबार पोखरा रंगशालाको सरसफाइ गरेको हो । पोखरा रंगशालाको फुट ट्रयाकमा झार तथा घाँसहरु उम्रिएर ट्रयाक दिन प्रतिदिन फोहोर र खराब हुने भएकाले एथलेटिक्स संघले रंगशालाको ट्रयाकको भाग सरसफाइ गरिएको जिल्ला एथलेटिक्स संघ कास्कीका अध्यक्ष गज बहादुर गुरुङले जानकारी दिए । संघले पोखरा रंगशालालाई सफाइ राख्ने उद्देश्यले वर्षेनी सरसफाइ गर्दै आइरहेको र त्यसकै निरन्तरता स्वरुप शुक्रबार रंगशाला परिसरमा सरसफाइ गरिएको र त्यसमा पश्चिम पृतनाको… पुरा पढौ

नैतिक हिसावमा ओली नेतृत्वको सरकार असफल भएको महासचिव गुरुङको दाबी (भिडियो सहित)

दीननाथ बराल, पोखरा १९, वैशाख, नेकपा माओबादी केन्द्रका महासचिव एवं पूर्व मन्त्री देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल कास्की शाखाले आज (शुक्रबार) पोखराको शिल्भर प्लेट पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव गुरुङले सामाजिक, आर्थिक सहित नैतिक हिसावले अहिलेको सरकार असफल भएको दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=Z2pn0UB8Ecs अहिलेको सरकार भ्रष्टचार र शुसासनको उल्टोबाटो हिड्दा राजाबादी सलवलाएको महासचिव गुरुङले जनाउनु भयो । दरवारी शक्तिले टाउको उठाउन लागेको… पुरा पढौ

पोखराको कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न

पोखरा, १९,वैशाख, पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार नयाँ शैक्षिक सत्रको पहिलो अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत तह इन्चार्ज सजनी मजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगी विद्यार्थीहरूले विज्ञान प्रविधिको महत्त्व र एक असल विद्यार्थी हुन मेरो कर्तव्य दुई छुट्टा छुट्टै शीर्षक मध्ये एकमा आ आफ्ना विचार व्यक्त गरेका थिए । प्रतियोगितामा कक्षा ७ (ग) की संस्कृति गैह्रे प्रथम, कक्षा ७ (ख) का श्रेयान्स द्विवेदी द्वितीय , कक्षा… पुरा पढौ

भरतपुरका ४ सय युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु

चितवन, बैशाख १९, भरतपुरका युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु भएको छ । एक कार्यक्रमका बीच भरतपुर महागनर प्रमुख रेनु दाहालले तालिमको उद्घाटन गर्नुभयो । भरतपुरका १८ देखि ४० मुनिका ४ सय जना युवाहरुलाई विभिन्न १० प्रकारका तालिम दिन लागिएको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वागतमी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र भरतपुर महानगरको समन्वयमा सीप परीक्षण सहित ३ महिना अर्थात ३९० घण्टा सञ्चालन हुनेछ । तालिमको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा भौतिक… पुरा पढौ

लायन्स कप भलिबल जारीः भारतीय टोलीले आर्मीलाई हरायो, इरानी टोली सेमिफाइनलमा

पोखरा, १९ वैशाख, पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको भारतीय टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्न सफल रह्यो । भारतीय टोलीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२१ र… पुरा पढौ

आगलागी नियन्त्रण सम्बन्धी अभिमुखीकरण

पोखरा, १९ बैशाख, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजना, वडा नं. ६ कार्यालयको सहकार्य तथा जिल्ला प्रहरी कास्कीको समन्वयमा आगलागी नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु वलियाले विपद् जुनसुकै बेला पनि आउनसक्ने हुँदा यस्ता कार्यक्रमले विपद् पर्दा नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा विशेष अतिथि वडा नं. ६ वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले यस्ता किसिमका कार्यक्रम व्यवहारिक र अति नै महत्वपूर्ण रहेकोले वडाले सधैं… पुरा पढौ

कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, भोलि रंक्तदान हुने

पोखरा, पोखरामा ऐतिहासिकश्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा आज १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ । आजको व्रतवन्धमा सहभागी सबैलाई सम्मान समेत गरिएको छ । यस्तै महायज्ञमा विधिपूर्वक हवन पनि आजैबाट शुरु गरिएको छ भने शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको एक सय हवन कुण्डमा हवन शुरु गरिएको हो । बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्निमा… पुरा पढौ

प्रो नेचुरल बडी बिल्डर वल्र्ड च्याम्पियन सुजन

पोखरा, १८ वैशाख, पोखराको न्यूरोड घर भई हाल अष्टे«लिया निवासी सुजन कुमार सिल्पकारले बडी बिल्डिङ च्याम्पियनमा तहल्का मच्चाएका छन् । ३९ वर्षीय यी प्रोफेसनल नेचुरल बडी बिल्डर अमेरिकामा हुने नेचुरल ओलम्पियामा भाग लिने तयारीमा छन् । ओलम्पियालाई बडी बिल्डिङतर्फ सबैभन्दा ठूलो प्रतियोगिता मानिन्छ । त्यसो त उनी आई.सि.एन. बल्र्ड च्याम्पियनसिप–२०१९ मा एमच्योर वल्र्ड च्याम्पियन तथा सिड्नी डि.एफ.ए.सी. वल्र्ड च्याम्पियनसिप–२०२३ मा प्रो च्याम्पियन हुन् । अष्ट्रेलियासहित विभिन्न मुलुक पुगेर नेचुरल बडी बिल्डिङ च्याम्पियनमा नेपालको झण्डा बोकेर प्रतिस्पर्धामा उत्रिनेक्रममा हालसम्म ९० भन्दा… पुरा पढौ