समाज

स्टेप बाई स्टेप मा. बि. मा निर्वाचन

निर्वाचन प्रणालीका बारेमा सिक्ने सिकाउने उद्देश्यले प्रत्यक्ष निर्वाचन गरी स्टेप बाई स्टेप मा. बि.मासबार, पोखरामा क्रियाशील युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कलको प्रत्यक्ष निर्वाचन गरी कार्यसमिति चयन गरिएको छ । निर्वाचन आयोगले निर्वाचनमा प्रयोग गर्ने मतपेटिका लागाएतका सामाग्रीको प्रयोग गरीे तीनै सर्कलको निर्वाचन गरिएको थियो । पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा आयुषा थापा, उपाध्यक्ष मेलिना पुन, सचिवमा नुसी गुरुङ्ग, कोषाध्यक्ष सम्भव रेग्मी र सहसचिव अनुज बराल निर्वाचित भएका छन् । सदस्यहरुमा इमा थापा, समृद्धि खत्री, सदिक्षा पौडेल, आरोही… पुरा पढौ

लायन्स कप भलिबलःएपिएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने

पोखरा, २१ वैशाख, पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । दोेस्रो सेमिफाइनलमा पुलिसले एपिएफलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ को सोझो सेटमा पराजित गर्न सफल रह्यो । पुलिसले… पुरा पढौ

हिमालयन कम्प्युटरबाट हिकभिजन र इजिभिजका उत्पादन बिक्री वितरण गर्न सुरु, आइतबार सेमिनार सम्पन्न

दीननाथ बराल,पोखरा २१, वैशाख, पोखरा न्युरोडमा रहेको हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस) ले आइतबारदेखि विश्व प्रसिद्ध हिकभिजन र इजिभिजका उत्पादन बिक्री वितरण गर्न सुरु गरेको छ । चाइनाको हान्जाउ हिकभिजन डिजिटल टेक्नोलोजि लिमिटेडको उत्पादन नेपालको आधिकारीक बिक्रेता म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रा.लि.ले आइतबार एक कार्यक्रमका बिच पोखरा क्षेत्रको आधिकारीक बिक्रेताको रुपमा हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस) लाई सम्झौता गर्दै सो कम्पनीका सामानहरु बिक्रि वितरण गर्न सुरु गराएको हो । म्याक्सिमाका प्रवन्ध निर्देशक प्रमोद अधिकरी, निर्देशक कमल तामाङ र हिमालयनका अध्यक्ष जगन… पुरा पढौ

उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई

वैशाख २१, पोखरा, ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तरगत उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । प्रतिभा छनोट समितिको संयोजकमा मञ्चका पूर्व अध्यक्ष केशव पाठक र सदस्यहरुमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानित रोहितराज पराजुली एवं पदेश सदस्य मञ्चका अध्यक्ष एमबि आस्था… पुरा पढौ

जिसस कास्कीको बालगृह संचालकसंग अन्तरक्रिया

२१ बैशाख ,पोखरा, जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बालगृहका संचालकहरूसंग आइतबार अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। प्रमुख पौडेलले सम्पूर्ण बालगृहमा कार्यरत मजदुरहरूलाइ अनिवार्य नियुक्तिपत्र सहित सरकारले तोकेको न्युनतम पारिश्रमिक प्रदान गर्न र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने ब्यबस्था भए अनुसार सोही अनुसार कार्यगर्न आग्रह गर्नुभयो । पौडेलले बालश्रम रहित बालगृह बनाउन आग्रह गर्दै सुरक्षित र ब्यबस्थित बालगृह निर्माणका लागि आ आफ्नो क्षेत्रबाट कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । उहाँले… पुरा पढौ

तालवेसीमा रुखको ठुटोबाट पानी आएको दृश्यावलोकन सहित दर्शन गर्नेहरुको भिड (भिडियो सहित)

दीननाथ बराल,पोखरा २०, वैशाख, कास्कीको रुपा गाउँपालिकाको तालवेसीमा जामेनेको रुखको ठुटोबाट पानी आएको दृश्यावलोकन सहित दर्शन गर्नेहरुको हिजोआज भिड लाग्न थालेको छ । कास्कीको रुपा गाउँपालिकाको तालवेसीमा रुखको ठुटोबाट विगत दुई महिना देखि पानी आएकोले हाल उक्त स्थानलाई जलसिद्ध महादेवको रुपमा स्थानियले नामाङकरण गरिएको जलसिद्ध महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष विस्कुन गुरुङले बताउनु भयो । यसै सम्बन्धि एक भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=B8sYa_tByzg हिजोआज दैनिक जसो एक हजार भन्दा बढी दर्शनार्थीहरु आउने गरेको उहाँले पोखरा क्लिकलाई बताउनु भयो । यस बिषयलाई… पुरा पढौ

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबार मात्रै १५ हजार भक्तजन सहभागी भएको दाबी

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्त दान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोटीहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजनचुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजी मार्फत रामायण प्रवचन, वाचिका सुप्रिया मार्फत दैनिक कथा वाचन लगायतका कार्यक्रमजारी छ ।शनिबार १६औँ दिनको कोटीहोममा करिब १५ हजार भक्तजन सहभागी भएको आयोजकले जनाएको छ ।कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालका… पुरा पढौ

उत्कृष्ट खेलकुद संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई

वैशाख २०, पोखरा, ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै म्याग्दी जिल्ला भलिबल संघलाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । म्याग्दी जिल्ला भलिवल संघ विसं। २०६१ सालमा गठन भएको हो । हाल संघका अध्यक्ष तेजेन्द्र बाँनिया रहेका छन् । भलिबलका लागि उर्भर भूमि म्याग्दीमा जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा… पुरा पढौ

पोखरामा जारी लायन्स कप भलिबलमा पुलिस र आर्मी सेमिफाइनलमा, भारतीय र गण्डकीको टोली बाहिरिए

पोखरा, २० वैशाख, विभागीय टोलीहरू सबैले पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच शनिबारको दोस्रो खेलमा आर्मीसँग हारेपनि पुलिस पनि सँगै सेमिफाइनल प्रवेश गरेको हो । समूह बी मा रहेको अर्को भारतीय टीम भने बाहिरिएको छ । समूह ए बाट अर्को विभागी टीम एपीएफ पनि सेमिफाइनल पुगिसकेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड… पुरा पढौ

रत्न श्री जीमद्धारा श्री महर्षि गुरूकुल आश्रममा ट्रयाक सुट वितरण

पोखरा, २० बैसाख, पोखरा महानगर पालिका वडा नं.३ नारायण स्थान स्थित श्री महर्षि गुरुकुल विध्याश्रमका विध्यार्थीहरूलाई ४० थान ट्रयाक सुट सेट वितरण गरिएको छ । पोखरा नदीपुरमा रहेको रत्न श्री जीमका दिवंगत प्रोपाटर वकिलमान (शंकर) उदासको सुगति सहित मृतात्माको चिरशान्तिको कामना गर्दै छोरी सुभेच्छा , छोरा बुहारी सुबोध र अंशु उदासले उक्त ट्रयाक सुट सेट वितरण गरेका हुन् । सो अवसरमा पालिखे चोक स्थित पालिखे आईरनका प्रोपाईटर विक्रम पालिखेबाट सहयोगमा प्राप्त खेलकूदका सामानहरू पनि विद्यालयलाई ज्योति उदासबाट हस्तान्तरण गरियो ।… पुरा पढौ