समाज

पोखरामा असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने

गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत मिति दिएको हो । एन्फाले आज गण्डकी प्रदेश फुटबल संघको नाममा पत्र काट्दै असार २८ देखी साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको संघका महासचिव विनोद गुरुङले बताए । एन्फाको स्विकृत संगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारी समेत थालेको छ । उक्त… पुरा पढौ

कृषककै सुझाव अनुसार कार्यक्रम तय हुनेछन् ः कृषि मन्त्री श्रेष्ठ

पोखरा,२३ वैशाख, गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कृषककै सुझाव अनुरुप कार्यक्रम तय हुने बताएकी छिन् । प्रदेशका सबैजसोजिल्लाकाकृषकसँग प्रत्यक्ष साक्षात्कार गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले प्राप्त सुझाव अनुरुप नै आगामी आ.व.का लागि नीति तथा कार्यक्रमतय गरिने बताएकी हुन् । अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीद्धारा मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशमा कृषि क्षेत्रको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘प्रदेशका सबैजसो जिल्लाका कृषकसँग मैले प्रत्यक्ष संवाद गरेको छु… पुरा पढौ

स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पाठक र अधिकारीलाई

पोखरा २३ वैशाख, स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पोखरामा क्रियाशील पत्रकारद्वय केशव पाठक र दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ । पत्रकार पाठकले २०८१ र अधिकारीले २०८२ को पुरस्कार प्राप्त गर्ने भएका हुन् । पुरस्कारको राशि नगद रु। २५ हजार एक रुपैयाँ रहेको छ । पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित, नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित पुरस्कार यहि जेठ २ गते स्व।पत्रकार गजेन्द्र भण्डारीको जन्म जयन्तीको अवसरमा प्रदान गरिने भएको हो । पत्रकारद्वय पाठक र अधिकारीले पोखरामा रहेर… पुरा पढौ

श्रीमतीको हत्या पछि पोखरामा ऋषिराम बरालले गरे आत्महत्या

दीननाथ बराल, पोखरा २३, वैशाख, कान्छि श्रीमतीको हत्या पछि पोखरामा ऋषिराम बराल आफै आत्महत्या गरेका छन् । पोखरा पार्दीमा बस्दै आएका ऋषिरामले ३७ बर्षीया कान्छि श्रीमती देवि पराजुली बरालको धारिलो हतियार(चक्कु) प्रहार गरी हत्या गरे पछि आफ्नै घाँटीमा चक्कु प्रहार गरी आत्म हत्या गरेको कास्की प्रहरीले जनाएको छ । पोखराको मासवारमा पुरानो घर भएका ५७ बर्षीय ऋषिरामले सोमबार दिउँसो करिब १ः३० बजे कान्छि श्रीमतीसंग भनाभन भएसंगै चक्कु प्रहार गरी हत्या गरेको हुन सक्ने कास्कीका सूचना अधिकारी डिएसपी हरि बहादुर बस्नेतले… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग आउने क्रम जारी, हिमश्री फुडबाट ५० हजार सहयोग

वैशाख २३, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न पछिल्लो क्रममा हिमश्री फुडले सहयोग गरेको छ । हिमश्री फुडका कार्यकारी निर्देशक प्रकाश केसी र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ५० हजार सहयोग गर्ने समझदारी भएको हो । त्यस्तै जिल्ला खेलकुद विकास समितिले समेत सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष मिलन गुरुङ र मञ्चका… पुरा पढौ

६६ बर्षीया जानकी गुरुङको मौरी पालन र होमस्टे बुढेसकालको सहारा बन्दै

दीननाथ बराल, पोखरा २२, वैशाख, व्यक्तिमा दृर्ण इच्छा शक्ति भए काम गर्न उमेरले पछि छेक्दैन भनेको हो रैछ । उमेरले ६६ बर्ष पुग्नु भएको कास्की रुपा गाउँपालिका ६ स्थित भिरकोट गाउँकी जानकी गुरुङ गाउँकै प्रेरणाको श्रोत भएकी छन् । हसिलो मुहार, खाइलाग्दो शारीर मौरी जस्तै बिहान देखि बेलुकासम्म केही न केही काममा व्यस्त हुने स्वभाव सायद अन्य व्यक्तिहरुको लागि उनी प्रेरणाको श्रोत हुन सक्छिन् । दुई छोरीकी आमा विगत ३८ बर्ष अघि श्रीमान गुमाउनु पर्यो । भिरचोक सामुदायिक होमस्टे करिब… पुरा पढौ

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ । ज्येष्ठ नारिकलाई श्रीमद्भगवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण गरिने… पुरा पढौ

मादीको पिनिस्यो नदी माथि कल्भर्ट पुल निर्माण

पोखरा,२२ वैशाख, कास्कीको मादी गाउँपालिका–७ स्थित काउरेडाँडा–छाचोक–ज्याम्दु–ताङतिङ सडक खण्ड अन्तर्गत पिनिस्यो नदीमाथि सिमेन्ट कल्भर्ट पुल निर्माण गरिएको छ । मादी गाउँपालिका र मादी पावर प्रालिको संयुक्त लगानीमा निर्माण गरिएको सो पुलको आज गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । यसअघि यस क्षेत्रमा वर्षायाममा आवतजावतमा निकै कठिनाइ हुने गरेकामा कल्भर्ट पुल बनेपछि स्थानीयवासी समेत खुशी भएका छन् । पुल निर्माण सम्पन्न भएपछि मादीका कर्पुडाडा, ताङतिङ, सेती खोला, याङ्जाकोट, तप्राङ–सोदा र सिक्लेस लगायतका गाउँहरु तथा पर्यटकीय स्थलहरूमा सहज पहुँच पुग्ने… पुरा पढौ

पुलिसलाई हराउँदै इरानी टोलीले जित्यो प्रथम लायन्स कप भलिबलको उपाधि

पोखरा, नेपाल पुलिस क्लबलाई हराउँदै इरानी टोलीले पोखरामा भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि जितेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा ग¥यो । इरानले तेस्रो… पुरा पढौ

उदीयमान खेलाडीमा बादल, जितबहादुर र रचनाको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड !

वैशाख २२, पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौंै संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये उदीयमान खेलाडीतर्फको विधामा क्रिकेटकी रचना चौधरी, भलिबलका जितबहादुर सार्की र एथलेटिक्सका बादल कार्की उत्कृष्ट तीनमा परेका छन् । बादल कार्की [एथलेटिक्स}एथलेटिक्स खेलाडी बादल कार्की… पुरा पढौ