
दीननाथ बराल,
पोखरा, १८ भदौ,
पोखरामा पहिलोे पटक आयोजना हुने आर्म रेस्लिङ्ग प्रतियोगिताको विजेताले एक लाख पुरस्कार प्राप्त गर्ने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागेको प्रतियोगिताका संयोजक खली थापाले पोखराक्लिकलाई बताउनु भयो ।
पोखरा लेकसाइडमा रहेको आइभिवाई क्लवमा यही भदौं २० र २१ गते उक्त प्रतियोगिता संचालन हुने उहाँले बताउनु भयो । चार वटा तौल समुहमा प्रतिष्प्रर्धा गराइने भएको छ । ६० केजी तौल समुह मुनि, ७० केजी मुनि, ८० केजी मुनि र ८० केजी माथी तौल समूहमा प्रतिष्प्रधा हुने भएको छ भने विजेताहरुबाट समग्र बिजेता घोषणा गरिने भएको छ ।
विधागत बिजेतालाई ५० हजार, उपविजेतालाई २५ हजार र तेश्रो हुनेलाई १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ भने समग्रमा च्याम्पिन हुनेलाई नगद एक लाख पुरस्कार प्रदान गरिने भएको छ । उक्त खेलले पोखराको खेल पर्यटनमा टेवा पुग्ने आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो । उक्त प्रतियोगिताको पुरस्कार राषि अहिलेसम्मको सबैभन्दा धेरै रहेको उहाँले दाबी गर्नुभयो ।
पुरस्कार राशीमा मात्रै ४ लाख ५० हजार माथि खर्च हुने अध्यक्ष गुरुङले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न २३ लाख १९ हजार खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुन देशभरबाट करिब एक सय ५० बढि खेलाडी पोखरा आउने संयोजक थापाले जनाउनु भयो ।






