प्रधान सेनापति ट्रफी–२०८२ अन्तरगत पोखरामा बक्सिड्ग प्रतियोगिता सम्पन्न

-


     पोखरा क्लिक     
     भाद्र १८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १८, भदौं,

नेपाली सेनाले आयोजना गर्दै आएको प्रधान सेनापति ट्रफी–२०८२ अन्तरगत पोखरामा बक्सिड्ग प्रतियोगिता सम्पन्न भएको छ ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा मंगलबार सम्पन्न भएको प्रतियोगितबाट ४ स्वर्ण १ रजत र ३ कास्य पदक प्राप्त गरी नं १६ बाहिनीले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

त्यसै गरी प्रतियोगितामा २ स्वर्ण ४ रजत र ३ कास्य पदक प्राप्त गरी नं उपत्यका पृतनाले दोश्रो स्थान हासिल गर्न सफल भयो भने २ स्वर्ण ३ रजत र ४ कास्य पदक प्राप्त गरी नं पुर्वी पृतना हेडक्वाटरले तेश्रो स्थान हासिल गर्न सफल भयो ।प्रतियोगितामा ८ पृतना, ५ बाहिनी र १ विशेष फौज बाहिनीका खेलाडीहरू सहभागी हुनु भएको थियो । प्रतियोगितामा २ सय २४ जना खेलाडीहरूले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्नु भएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ ६ तौल समूहमा प्रतिस्पर्धा भएको पश्चिम पृतनाका सेनानी (बक्सिङ खेलका समन्वय अधिकृत) हुमन सिंह कुवरले पोखराक्लिकलाई बताउनु भयो । अन्तराट्रिय स्तरको बयावस्थापन रहेको उक्त प्रतियोगिता यही भदौ ११ गतेदेखि पोखरामा पहिलो पटक सञ्चालन भएको हो । विजयी खेलाडीहरुलाई पश्चिम पृतना हेड क्वाटरका पृतनापती उपरथी मधुकर सिंह कार्की, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, परिषदका निवर्तमान उपाध्यक्ष धोज कुमार गुरुङ, नेपाल ओलम्पिक कमिटीका निवर्तमान उपाध्यक्ष तेज गुरूड, नपाल बक्सिड महासंघका अध्यक्षय राम अवाले, वरिष्ट उपाध्यक्ष अर्जुन बहादुर के सी, उपाध्यक्ष गणेश भट्टराई, महासचिव मान बहादुर भण्डारी लगायतले शुभकामना सहित बधाई ज्ञापन गर्नु भएको थियो ।